दुई दिन यता कटारी नगरपालिकामा खागो (बारुला प्रजातिको किरा)ले आतंक मच्चाएको पीडितहरुले गुनासाे गरेका छन्। खागोको टोकाईबाट ५ जना स्थानीय घाइते हुनुका साथै हाँस बाख्रा र सुँगर मरेको पनि उनीहरुले बताए।
हुलका हुल घर र गोठभित्र पसेको खागोको समूहले टोकदा कटारी ४ गबुवाका ५ जना ईच्छाकुमार राई, प्रतिमा सुनुवार, तानबहादुर दनुवार र हस्तबहादुर मगर तथा कमल राई घाइते भएका छन्।
उनीहरु सबैको कटारी अस्पतालमा उपचार गराई खतरामुक्त भएपछि घर फर्काइएको अस्पताल प्रमुख (मेडिकल सुपरीटेण्डेन्ड) डा. गौरव साहले बताए। उनका अनुसार अस्पताल ल्याउँदा उनीहरुमा ज्वरो आउने, शरिरमा डाबर आएको तथा वान्ता हुने लक्षण देखिएको थियो।
सबै बिरामीलाई उपचार ५–६ घण्टा उपचार गर्दा ठिक हुँदै गएपछि डिस्चार्ज गरिएको डा. साहले बताए। डा. साहका अनुसार यस्ताखाले किराले टोक्दा ‘एनाफाईलासिस एलर्जी’ हुने हुँदा मानिसको ज्यानसमेत जाने खतरा हुन्छ। खागो अरिङ्गाल, मौरी र बारुलाजस्तै विषालु प्रकारको किरा भएकाले यसले टोक्दा कडा खालको विष निस्कने र त्यसले हाम्रो शरिरमा बिभिन्न किसिमको घाउ खटिरा र एलर्जी आउने उनले बताए। त्यसैले यसले टोकेको १ घण्टाभित्र उपचार गर्न नसके ज्यानसम्म जाने खतरा हुने उनको भनाइ छ।
उपचारार्थ अस्पताल आएका बिरामीहरुलाई भने कम विष लागेकाले ५–६ घण्टा उपचार गर्दा निको हुनेजस्तो देखिएपछि घर पठाइएको उनले बताए। यस्ता किराले टोकेमा डाबर आउने, ज्वरो आउने, वान्ता हुने, पेट दुख्ने र रिङ्टा चल्नुका साथै मृगौलामा असर पर्ने खतरा हुने भएकाले सचेत रहन उनले सुझाएका छन्।
कटारी ४ का वडाध्यक्ष भुपेन्द्र तामाङले खागो आतंकले स्थानीयबासी घाइते हुनुका साथै पशुपंक्षी समेत मरेपछि नगरपालिका र पशु् विकास शाखालाई जानकारी गराएको बताए। उनका अनुसार केहिदिनअघि सिम्ले, मरुवा क्षेत्रमा देखिएको यो किरा अहिले भगवानपुर, गवुवा, जुरेलीडाँडालगायत अन्यत्र गाउँतिर पनि संक्रमण गर्न थालेको छ। ४–५ जनालाई घाइते बनाउनुका साथै ४ वटा हाँस, एउटा सुँगुर र एउटा बाख्रा मारिसकेको यसको आतंक बन्द गर्न नगरपालिकाबाट तत्काल पहल हुनुपर्ने माग गरेको उनले बताए।
नियन्त्रण गर्न ढिला गरे धेरै पशु चौपाया र पंक्षी तथा मान्छेलाई नै क्षति गर्ने खतरा बढेको वडाध्यक्ष तामाङले बताए। ४ नं. वडामा पस्नुभन्दा केहीदिनअघि ८ नं. वडाको सिरिसेस्थित बर्मी गंगल आसपास पनि यो किरा देखिएको स्थानीय दिपक राईले बताए।
स्थानीयका अनुसार किराले आफ्नो अगाडि जे भेट्यो त्यसैलाई टोक्ने तथा भाग्दा पनि लखेट्दै आएर टोक्दे गरेको छ। सयौँको संख्यामा हुल बाँधेर आउने यो किराले घर बाहिर, भित्र जसलाई जहाँ भेट्यो टोक्ने भएकाले अत्यन्त खतरनाक भएको उनीहरुको भनाइ छ। गवुवाका ६ जना उपचार गर्न अस्पताल आएकाले मात्र जानकारीमा आएको हुनसक्ने भन्दै स्थानीयले अन्यत्र कतिलाई यसले पिरोलेको हुनसक्ने उनीहरुको अनुमान छ।
वडाध्यक्ष तामाङले यसबारे पशुविज्ञ, स्वास्थ्यकर्मी तथा नगरपालिकालाई जानकारी गराउँदा गुँडमा कसैले नचलाउन सुझाव दिएको बताए। नचलाउँदा यसले केही नगर्ने तर, कसैले चलाईदिए हजारौँ, लाखौँ संख्यामा हुने आक्रामक किरा भएकाले मान्छेलगायत पशुपक्षीलाई खतरा हुने भन्दै नचलाउन, गुँडनजिक नजान सुझाव पाएको वडाध्यक्ष्ँ तामाङले बताए। नगरपालिकाले यसको रोकथामको विषयमा छिट्टै कदम चाल्ने तयारी गरिहेको जनाएको छ।