उदयपुरमा दुर्घटना बढ्दै, मासिक सरदर ३ जनाको मृत्यु
१५ फागुन २०७९
•
४ मिनेट पाठ
उदयपुरमा दुर्घटना बढ्दै, मासिक सरदर ३ जनाको मृत्यु
यही फागुन ६ गते आफ्नै स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका सदरमुकाम त्रियुगा नगरपालिका १२ का वडाध्यक्ष चुडाराज काफ्लेको उपचारको क्रममा निधन भयो। शिवरात्रिको दिन भएकाले वडाकै एक कार्यक्रममा सहभागी भएर फर्कँदै गर्दा घरछेउमै साइकलसँग सामान्य ठोकिनु नै उनको निधनको मुख्य कारण बन्न पुग्यो।




भोलिपल्ट ७ गतेका दिन त्रियुगाकै ७ नं. वडाको चुहाडेमा प्रदेश ०१–०२५ च ५००२ नं. को कारले ठक्कर दिँदा कटारी नगरपालिकाका चालक अजय श्रेष्ठ गम्भीर घाइते भएका छन्।

गाईघाटदेखि प्रदेश ०१–०५–००१ प ७०४४ नं. को मोटरसाईकलमा कटारीतर्फ फर्कँदै गर्दा दुर्घटनामा परेर घाइते भई विराटनगरमा उपचार गराईरहेका उनको अवस्था पनि गम्भीर रहेको पारिवारिक स्रोतले जनाएको छ। सवारी दुर्घटनासँग सम्बन्धित यी दुई प्रतिनिधि घटना मात्र हुन्। पछिल्लो समय सवारी दुर्घटनाले ज्यान गुमाउनेको संख्या उदयपुरमा बढ्दै गएको पाइएको छ। जिल्ला ट्राफिक कार्यालय उदयपुरले सार्वजनिक गरेको तथ्यांक अनुसार सवारी दुर्घटनाका कारण मासिक सरदर ३ जनाले ज्यान गुमाईरहेको पाइएको छ।

ट्राफिक प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार विगत ६ महिनायता जिल्लाका विभिन्न ठाउँमा दुर्घटनामा परी १८ जनाको ज्यान गइसकेको छ भने १ सय २० वटा दुर्घटना भएको छ। विगत ६ महिनामा उदयपुरमा १ सय १९ वटा सवारी दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएको र १ सय ९९ जना घाइते भएको ट्राफिक प्रहरी प्रमुख वरिष्ठ नायव निरीक्षक (वसई) लोकबहादुर दियालीले बताए। ६ महिनाको अवधिमा भएका १ सय १९ वटा दुर्घटनामा १ सय ५४ पुरुष, ४३ महिला तथा २० जना बालबालिका रहेको उनले बताए।

तथ्यांक अनुसार दुर्घटना हुनेमा अधिकतर मोटरसाइकल र स्कुटर रहेका छन् भने कार, भ्यान, जिप, अटो, ट्याम्पो, ट्याक्टर, बस र टिफर छन्। सो अवधिमा मोटरसाइकल मात्र ७६ वटा दुर्घटनामा परेका छन् भने जिप, कार १४ ओटा, टेम्पु १३ वटा, बस ५, ट्याक्टर ३, टिफर ४ र अन्य ४ रहेका छन्। प्रहरी अनुसन्धानबाट खुले अनुसार दुर्घटनाको प्रमुख कारणहरूमा तीव्र गतिमा गाडी चलाउनु, बिग्रे भत्केर खाल्डाखुल्डी भएका सडक, सवारी अनुमति पत्र नलिई गाडी हाँक्ने आदि कारणहरू छन्। ४६ वटा सवारी दुर्घटना हुनुको मुख्य कारण तीव्र गति भएको पाउनुले पनि यो कुराको पुष्टि गर्छ।

६ महिना अवधिमा ८ वटा दुर्घटनाको कारण भने सडक समस्या रहेको पाइएको छ। तयसैगरी यात्रुको लापरबाहीका कारण २ वटा दुर्घटना हुँदा सवारीमा यान्त्रिक गडबडी र उछिन्ने (ओभरटेक) पनि सहायक कारण रहेका छन्। यान्त्रिक गडबडीका काराण ६ महिनाको अवधिमा ५ वटा ओभरटेकबाट दुर्घटना भएको पाइएको ओभरटेककै कारण गर्दा एउटा दुर्घटना भएको तथ्यांकले देखाएको छ।

सवारी दुर्घटना न्यूनीकरण अभियानको नेतृत्व गर्दै आएका जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले ट्राफिक सचेतना जतिसुकै बढाउँदा पनि दुर्घटना नघटेको बताए। दुर्घटना नहोस् भनेर प्रहरीले ट्राफिक, युवा पंती, स्थानीयतहहरु र अन्य विभिन्न क्षेत्रमा सचेतना अभियान चलाइरहे पनि रोक्न नसकिएको उनले बताए।

खास गरी तीव्र गतिमा सवारी चलाउनु दुर्घटना बढ्नुकाे अर्को मुख्य कारण भएको पनि उनले बताए। ‘तीव्र गति, जीवन क्षेति’ भन्ने नाराका साथ सीमित गतिमा सवारी हाँक्न टाईमकार्ड लागु गर्नेदेखि विभिन्न खाले सचेतना अभियान चलाइरहेको पनि फुयालको भनाई छ।

उदयपुर जिल्ल भौगोलिक हिसाबले बिकट, सडकहरूको अवस्था खराब र ट्राफिक चेतना अभावले पनि दुर्घटना न्यूनीकरण गर्न चुनौती रहेको प्रहरीको निष्कर्ष छ। सदरमुकाम त्रियुगा नगरपालिकामा मात्रै ६ महिना अवधिमा ४१ वटा सवारी दुर्घटना भएको पाइएको छ। अर्को छिमेकी नगरपालिका चौदण्डीगढीमा १८ दुर्घटना हुँदा कटारी र बेलका नगरपालिकामा समान १४–१४ दुर्घटना भएका छन्। त्यस्तै, उदयपुरगढी गाउँपालिकामा ३ वटा दुर्घटनाको अभिलेख भएको जिल्लामा अन्य स्थानीयतहहरु रौतामाई, लिमचुङबु्ङ र ताप्लीमा दुर्घटना भएको अभिलेख प्रहरीसँग छैन।

गएको साउनदेखि पुससम्मको तथ्यांक अनुसार सबभन्दा बढी दुर्घटना मदन भण्डारी लोक मार्गमा भएको पाइएको छ। पूर्वमा सुनसरीसँगको सिमाना चतारादेखि रामपुर, बसाहा, बेलटार, गाईघाट, रौतामाई, उदयपुरगढी हुँदै कटारीसम्म छोएको यो लोक मार्गमा दुर्घटना संख्या बढ्दै गएको छ। सो लोक मार्ग अन्तर्गत त्रियुगामा मात्र ६ महिने अवधिमा ११ वटा दुर्घटना भएको अभिलेख प्रहरीसँग छ।

उदयपुरलाई मदन भण्डारीबाहेक गाईघाट–दिक्तेल जोड्ने सगरमाथा लोक मार्ग तथा मिर्चया–कटारी–ओखलढुङ्गा जोड्ने सिद्धिचरण लोक मार्ग र तीसँग जोडिएका विभिन्न शाखा र उपशाखा सडक तथा स्थानीयतहहरुलाई सदरमुकाम केन्द्रसँग जोड्ने ग्रामीण तथा कृषि सडकहरू सञ्चालनमा छन्। चतारादेखि कटारीसम्म छोएको मदन भण्डारी लोक मार्ग ६ वटा पुलको एप्रोच बाहेक ‘अस्फाल्ट’ प्रविधिको कालोपत्रे भइसकेको छ भने सगरमाथा लोक मार्गको गाईघाटदेखि खाँबु रानीबाससम्म २६ किलोमिटर दुरीमा ‘सर्फेस ड्रेसिङ’ प्रविधिका कालोपत्रे भएको छ।

०५८ सालमै तत्कालीन नेपाली सेनाले सर्फेस ड्रेसिङ प्रविधिमै कालोपत्रे गरेको सिद्धिचरण लोक मार्ग भने अहिले बिग्रेर भत्केर कच्चीसरह धुलाम्य हुन पुगेको छ। सदरमुकामदेखि विभिन्न स्थानीयत केन्द्रसम्म जोडिएका सडकहरू भने स्थानीय तहहरूकै प्रयासमा १० प्रतिशत हाराहारी कालोपत्रे भए पनि ९० प्रतिशतभन्दा बढी हिस्सा कच्ची नै छ। सडकको दुरावस्था, ट्राफिक चेतनाको कमी र सवारी अनुमति पत्र (लाइसेन्स) नलिई सवारी हाँक्ने हुँदा दुर्घटना घट्नुको साटो दिनदिनै बढ्दै गएको ट्राफिक प्रहरीको निष्कर्ष छ। ट्राफिकको मात्रै प्रयासले दुर्घटना न्यूनीकरण नहुने भन्दै सवारी चालक, पैदल यात्री, यातायात व्यवसायी र स्थानीयवासी सबैको सामूहिक प्रयास खाँचो भएको सम्बद्ध पक्षहरूको राय छ।
अर्को समाचार
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
१९ मिनेट अघि
•
१ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
तनहुँ। निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ।




आयोजना निर्माणका क्रममा रूख कटान तथा अन्य गतिविधिबाट चमेराको प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने भएपछि वैकल्पिक आश्रयस्थल तयार गर्न लागिएको हो।

आयोजनाका प्रमुख श्यामजी भण्डारीले वन्यजन्तु संरक्षण तथा बासस्थान व्यवस्थापन योजनाअन्तर्गत चमेराका लागि काठबाट बनाइने आवासको ‘डिजाइन’ तयार गरी निर्माण कार्य सुरु गरिएको जानकारी दिए। 

राष्ट्रिय वन्यजन्तु विशेषज्ञले चमेराको बासस्थानका लागि काठको घरको डिजाइन तयार गरेका हुन्। सोही डिजाइनअनुसार आयोजना क्षेत्रभित्र तीनवटा आवास निर्माण गरिने आयोजना प्रमुख भण्डारीले बताए। 

भण्डारीले भने, 'विशेषगरी आयोजना निर्माणका क्रममा हुने गतिविधि तथा रूख हटाउने कार्यबाट प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने स्थानलाई ध्यानमा राखेर चमेराका लागि वैकल्पिक आश्रयस्थल निर्माण गर्न लागिएको हो। निर्माण सम्पन्न भएपछि आयोजना क्षेत्रभित्र चमेराका लागि उपयुक्त स्थान पहिचान गरी ती आवास स्थापना गरिनेछ।'

चमेराले प्राकृतिक पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको संरक्षणलाई आयोजनाको वातावरणीय व्यवस्थापन योजनामा समेटिएको छ। प्राकृतिक बासस्थानमा निर्माण कार्यबाट पर्न सक्ने सम्भावित असर न्यूनीकरण र स्थानीय चमेरा प्रजातिलाई सुरक्षित आश्रय उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो।

आयोजनाले निर्माण गर्ने वैकल्पिक आवासबाट चमेराको बासस्थान संरक्षण, आश्रयस्थलको उपलब्धता र वन्यजन्तुमाथि आयोजनाका गतिविधिले पार्न सक्ने सम्भावित प्रभाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरेको भण्डारीले उल्लेख गरे।

उक्त आयोजना ऋषिङ गाउँपालिका क्षेत्रमा निर्माणाधीन छ। १४० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको आयोजनाले भौतिक संरचना निर्माणसँगै वातावरणीय तथा सामाजिक व्यवस्थापनका कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको छ। रासस
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
यो पनि पढौँ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस