भौतिक सुख र आध्यात्मिक चिन्तन दुवैको गठजोडबाट मात्रै मनमा शान्ति मिल्ने उद्घोषसहित ताप्लेजुङमा बजग्रुरु मन्त्रजप गरिने भएको छ।
बजग्रुरु मन्त्रजपको यो चौथो संस्करण हो। फागुन १५ देखि १७ सम्म फुङलिङ सुकेटारस्थित सिरेटो हिल रिर्सोटको प्रांगणमा यो मन्त्रजप गरिने आयोजक संस्थाका अध्यक्ष थुप्तेन जिग्डोल लामाले जानकारी दिए। मन्त्रजपमा करिब ५० हजार जनाको उपस्थिति हुने अनुमान गरिएको छ। लमाका अनुसार बुद्धज्ञानबाट सोभित लामा जोपा रिम्पोछेको उपस्थितिमा यस्तो मन्त्रजप गरिने भएको छ।
ताप्लेजुङ,पाँचथर,ईलाम,संखुवासभा,भोजपुर,खोटाङसहितका पूर्वी जिल्लाका अलवा लमजुङ,स्याङ्जा,कास्की सहितका अन्य जिल्लाहरुबाट समेत मन्त्रजपमा सहभागी हुने लामाले जानकारी दिए। यसका लागि करिव २ महिना देखि नै तयारी थालिएको र मन्त्रजप कार्यक्रमको तयारी पूरा भएको उनले बताए। मन्त्रजपमा एकैपटक १ हजार ५ बढीले एकैसाथ सहभागिता जनाउन सक्ने गरी व्यवस्था गरिएको आयोजकले बताएको छ।
उनका अनुसार बौद्धमार्गीहरुको कार्यक्रम जस्तो देखिएपनि बज्रगुरु मन्त्रजपमा सबै धार्मिक आस्था भएका नरनारीले सहभागिता जनाउँदै आएका छन्। यो मन्त्रजप धार्मिक सद्भावका लागि आकर्षणको केन्द्र भएको लामाले जानकारी दिए। ‘सबै धर्मको सार भनेको मानिसलाई नैतिकवान बनाउने र दया,माया र करुणा भाव प्रदर्शन गर्ने हो’,उनले भने, ‘त्यहिँ भएर सबैले एकसाथ यसलाई सफल पार्न सहयोग गर्नुभएको छ’। खर्च र आयोजनाका हिसाबले निकै महत्वपूर्ण मानिने बज्रगुरु मन्त्रजप लगातार तीनपटक सम्पन्न भईसकेको छ। मन्त्रजपको पहिलो दिन सोमबार औपचारिक पूजापाठ सुरु भई मध्यान्नको १२ बजेदेखि मन्त्रजप कार्यक्रम सुरु हुने छ।
सोही दिन माने तारा मन्त्र, गुरु पद्य्मसम्भव अवलिकितेश्वर आर्यताराको आगम प्रदान हुने छ। दोस्रो दिन मन्त्रजपका साथै आर्य अवलोकितेश्वको पूर्वसूचक अभिषेक प्रदान हुने छ। कार्यक्रमको अन्तिम दिन १७ गते मन्त्रजपकासाथैै वौद्धप्रवचन, आर्य अवलोकितेश्वरको मूल अभिषेक (वाङ) प्रदान हुने आयोजक संस्थाले जनाएको छ।