गौरवको योजनामा सरकारकै अवरोध
१३ फागुन २०७९
•
३ मिनेट पाठ
गौरवको योजनामा सरकारकै अवरोध
प्रदेश राजधानी वीरेन्द्रनगरमा बन्दै गरेको कर्णाली प्रदेशको गौरवको योजनाका रुपमा रहेको प्रदेश रंगशाला।
दुई वर्ष अघि कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी वीरेन्द्रनगरमा रंगशाला निर्माणको घोषणा गर्‍यो। खेलकुदको शून्य पूर्वाधार रहेको कर्णालीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने उद्देश्यले प्रदेश रंगशालालाई सरकारले प्रदेश गौरवको योजनामा समावेश गर्‍यो।




२०७८ मंसिर २० गते तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश गौरवको रंगशाला शिलान्यास गरे। २०८१ वैशाखमा निर्माण सम्पन्न गर्ने गरेर एमएसीजीले एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँमा ठेक्का लियो। आफैले गौरवको योजना घोषणा गरेको रंगशालामा अहिले प्रदेश सरकारले अवरोध सृजना गरेको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत नगरेरै रंगशाला निर्माण गरेको भन्दै कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई जरिवानाको निर्णय गरेपछि रंगशाला निर्माणमा अवरोध हुने देखिएको छ।

मन्त्री मल्लले माघ २९ गते प्रदेश वातावरण संरक्षण ऐन, २०७७ अनुसार परिषद्लाई १० हजार जरिवानाको निर्णय गरेका छन्। ‘प्रदेश रंगशालाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गराई सोही अनुसार कार्यान्वयन गर्नुपर्नेमा सो नगरी कार्य सुरु गरेको देखिएकाले प्रदेश वातावरण संरक्षण ऐन, २०७७ को दफा ३४ (ग) बमोजिम प्रस्तावकलाई १० हजार जरिवाना गरी प्रदेश वातावरण संरक्षण नियमावली २०७७ को नियम ९(८)ग बमोजिम स्वीकृत हुने भनी यस मन्त्रालयको माननीय मन्त्रिस्तरीय निर्णय भएको छ,’ मन्त्रालयले परिषद्लाई पठाएको पत्रमा भनिएको छ, ‘जरिवानाबापतको रकम उल्लेखित खाता नम्बरमा जम्मा गरेर सक्कलै भौचर मन्त्रालयमा पेस गर्नुहुन आदेश अनुसार अनुरोध छ।’

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मल्लले प्रक्रिया पूरा नगरेर रंगशाला निर्माण गरिएकाले जरिवानाको निर्णय गरिएको बताए।

‘अझ कर्मचारीले ५० हजार जरिवाना गरौं भन्नु भएको थियो,’ उनले भने, ‘मैले नै १० हजार जरिवाना गराएको हो।’ 
उनले प्रदेश आफैले बनाएको कानुन प्रदेशकै निकायहरूले कार्यान्वयन गर्नुपर्ने बताए। मन्त्री मल्लले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन मन्त्रालयमा आएको विषयमा आफूलाई जानकारी नभएको बताए। ‘समयमै आएको भए त जरिवाना हुन्थेन्,’ उनले भने, ‘ढिलो गरिएका कारण जरिवानाको निर्णय गरिएको हो।’ उनले यसलाई जरिवाना भन्दा पनि प्रदेशको राजस्व वृद्धिसँग जोडेर हेर्नुपर्ने बताए। मन्त्री मल्लले आफूहरूले रंगशाला निर्माणको काममा अवरोध नगरेको बताउँदै जरिवाना तिरेर वातावरणीय प्रभाव मूल्याङ्कनको रिपोर्ट पारित गर्न आग्रह गरे।

सामाजिक विकास मन्त्री टेकराज पछाईले परिषद्लाई जरिवाना तिराउने निर्णयले रंगशाला निर्माणमा अवरोध सृजना हुने बताए। ‘परिषद् र सामाजिक विकास मन्त्रालयमार्फत समयमै वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पठाएका हौँ,’ उनले भने, ‘त्यहाँका कर्मचारीको ढिलाइ गर्ने अनि परिषद्लाई जरिवाना तिराउने गर्नु राम्रो होइन।’

मन्त्री पछाईले प्रदेश सरकारको स्वामित्वको आयोजनामा प्रदेशकै मन्त्रालयबाट अवरोध हुनु दुःखद भएको बताए।

‘प्रदेश सरकारको स्वामित्वको आयोजनमा यस्तो हुनु दुःखद हो,’ उनले भने, ‘जरिवाना तिराउनु भनेको कर्णालीमा खेलकुद पूर्वाधार निर्माणमा असहयोग गर्नु हो।’
खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले मन्त्रालयको निर्णयविरुद्ध आफूहरू अदालत जाने बताए।

 ‘स्पष्टीकरणको मौकासमेत नदिएर मन्त्रिस्तरीय निर्णयबाट जरिवानाको फैसला गरिएको छ,’ उनले भने, ‘यसका विरुद्ध हामी अदालत जान्छौँ।’ 
उनले कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन नदिनका लागि खेल सुरु भएको बताए। ‘काम गर्ने मानिसलाई हतोत्साहित गर्ने र १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुन नदिने खेलमा रूपमा हामीले बुझेका छौँ,’ उनले भने, ‘मन्त्रालयको निर्णयलाई अवज्ञा गर्दै कानुनी प्रक्रियामा अघि बढ्छौँ।’
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
३ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस