प्रहरीले पूर्वी सुर्खेतको लेकवेशीमा एक साताको अवधिमा १३ थान भरुवा बन्दूक फेला पारेको छ। गत माघ १७ गते लेवकेशी–५ का ४५ वर्षीय लालबहादुर बुढामगरको शिकार खेल्ने क्रममा भरुवा बन्दूकको गोली लागेर मृत्यु भएपछि प्रहरीले गाउँमा शर्च अभियान सञ्चालन गरेको थियो।
सर्च अभियानका अनुसार १२ नाल भरुवा बन्दुक र एक थान बन्दुकको खाली नाल फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय लेकवेशीका प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर देउवाका अनुसार सिकार खेल्ने क्रममा एक स्थानीयको मृत्यु भएपछि शर्च अभियान सुरु गरिएको थियो।
उक्त अभियानका क्रममा अघिल्लो साता लेकवेशी नगरपालिका–५ स्थित तल्लो कफलेनीस्थित ओढारमुखि बेवारिसे अवस्थामा लुकाईको सात नाल भरुवा र एक थान बन्दुकको खाली नाल फेला परेको थियो। यस्तै बुधबार लेकवेशी–५ कै राष्ट्रिय चौफारी डाँडाको ढुंगाको ओढारमामा थप पाँच नाल भरुवा बन्दुक फेला परेको छ। ‘सिकार खेल्ने क्रममा एक स्थानीयको मृत्यु भएपछि गाउँ र नजिकैको जंगलमा सर्च अभियान सुरु गरेका थियौं’, उनले भने, ‘सो क्रममा हालसम्म १७ नाल भरुवा बन्दूक फेला परेको छ।’ उनले अझै पनि जंगलमा अवैद्य हतियार हुन सक्ने आशंका रहेकाले खोजी अभियानलाई तीब्रता दिइएको बताए।
अवैद्य हतियार फेला परेको ठाउँ नजिकै तत्कालीन विद्रोही माओवादीको छैठौं डिभिजन कार्यालय अन्तर्गतको सव–डिभिजन कार्यालय थियो। माओवादी शान्ति प्रक्रियामा आएपछि बसेका छ डिभिजन र १८ ब्रिगेड मध्ये खोल्टेपानीमा जीत स्मृति ब्रिगेड कार्यालय थियो। अहिले हतियार फेला परेको क्षेत्र त्यसैको आसपास हो।