कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत एक जवानले आत्महत्या गरेका छन्। बिहीबार बिहान करिब तीन बजेतिर प्रहरी जवान कविन्द्रराम विकले आफूले प्रयोग गरिरहेको एसएलआर बन्दूकले कन्चटमा गोली हानेर आत्महत्या गरेका हुन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार दार्चुलाको अपी नगरपालिका–६ घर भई कालिकोटको सुकाटिया प्रहरी चौकीमा दरवन्दी भएका विक केही महिनादेखि गणमा कार्यरत थिए।
गणको ४ नम्बर प्रहरी पोष्टमा विकको बिहीबार विहान एक बजेदेखि तीन बजेसम्मको ड्युटी थियो। ड्युटीमै खटिएको बेला उनले आफंैलाई गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको छ। उनको दायाँ कन्चटमा गोली लागेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको अनुसन्धान गरिरहेको छ। प्रहरी निरीक्षक मिलन पाण्डेको नेतृत्वमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। ‘अनुसन्धानपछि मात्रै घटनाको विस्तृत विवरण आउला,’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता श्रेष्ठले भने, ‘अहिले हामी अनुसन्धानकै क्रममा छौं।’