ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले पालिकाका अति विपन्न परिवारलाई आवास निर्माण गरिदिन थालेको छ।
वडास्तरबाट सबैभन्दा निम्न आर्थिक अवस्था भएका परिवारलाई छनौट गरी जनआवास निर्माण पछि सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न थालिएको पाथीभरा याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जर्नादन निरौलाले जानकारी दिए। उनका अनुसार अहिले सम्म पालिकाका ३ वटा वडाका ३ विपन्न घर परिवारलाई जनआवास निर्माण गरी हस्तान्तरण गरिएको छ।
एक विपन्न परिवारको घर निर्माणको क्रममा रहेको छ। निरौलाका अनुसार पाथीभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङ्खोल्याङका मदनकुमार कामी,वडा नं ५ चाक्सिबोटेका मनबहादुर राई र वडा नं ३ तिरिङ्गेका बिर्खबहादुर लिम्बुको परिवारका लागि जनआवास निर्माण गरी हस्तान्तरण गरिएको छ। वडा नं ५ चाक्सिबोटेका कमला सेनेहाङको लागि आवास निर्माणको कार्य जारी रहेको निमार्ण सम्पन्न भएपछि उनको परिवारलाई हस्तान्तरण गरिने पालिकाले जनाएको छ।
जनआवास निर्माणका लागि बढीमा ४ र कम्तिमा २ लाख रुपैयाँ खर्चिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए। ‘कोहि बस्ने घर नभएर कटेरामा जीवन गुजारी रहेको र कोहि आगलागीले घर ध्वस्त भएर फेरि आवास बनाउन नसक्ने र पूरै घरवारविहिन हुने अवस्था देखेपछि पालिकाले जनआवास निर्माण अघि बढाएको हो’,प्रमुख प्रशासकीय अधिकृत निरौलाले भने। उनले पालिकाका केहि वडामा घरवार विपन्न परिवार रहेको विषय पहिचान भएको र उनीहरुको अवस्था यकिन गरी जनआवास निर्माण कार्य अघि बढाउने पालिकाको योजना रहेको उनले जानकारी दिए। यो अभियान कार्यपालिकाको निर्णय र योजना अनुसार अघि बढेको समेत निरौलाले जानकारी दिए।
घरको अभावमा खुल्ला आकाशमा रात कटाउनुपर्ने अवस्था भएका,घर बनाउन सक्ने अवस्था नभएका र आर्थिक हिसाबले अति विपन्न परिवारलाई छनौट गरी जनआवास निर्माण गरिदिएको पालिकाले जनाएको छ।