समृद्धिको मार्ग ओझेलमा
०९ फागुन २०७९
•
५ मिनेट पाठ
समृद्धिको मार्ग ओझेलमा
२०७४ चैतको अन्तिम साता कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठक मुगुको राराताल किनारमा बस्यो। सो बैठकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित थिए। प्रधानमन्त्रीलाई रारामा बोलाएर गरिएको मन्त्रिपरिषद् बैठकले कर्णाली करिडोरको नाम परिवर्तन गरेर ‘प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रुतमार्ग’ राख्यो। नाम परिवर्तनको एउटै उद्देश्य थियो, कर्णाली करिडोरलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने। प्रदेश सरकारको अपेक्षाअनुसार संघले कर्णाली करिडोरलाई आवश्यक बजेट छुट्याएन। कर्णालीले भन्ने गरेको ‘समृद्धिको मार्ग’ कहिले सञ्चालनमा आउने हो, कुनै टुंगो छैन।




दक्षिणी छिमेकी भारतसँग कर्णाली जोडिएको छैन। उत्तरी छिमेकी चीनसम्म पुग्ने कर्णाली र भेरी करिडोर निर्माण सम्पन्न भएका छैनन्। संघीय सरकार हरेक वर्षको बजेट भाषणमा हुम्लालाई ‘एक वर्षभित्र’ राष्ट्रिय सडक सञ्जालसँग जोड्ने घोषणा गर्छ। त्यस्तो घोषणा गर्न थालेको पनि ११ वर्ष भइसक्यो। रारामा तत्कालीन प्रधानमन्त्रीकै अगाडि गरिएको घोषणालाई कर्णाली प्रदेश सरकारले पटकपटक संघीय सरकारलाई स्मरण गराएको छ। तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा चीन सरकारले कर्णाली करिडोरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ। २०७५ असोजमा तत्कालीन मुख्यमन्त्री शाहीले कर्णालीसँग सीमा जोडिएको चीनको सिचुवान प्रान्तको भ्रमण गरेका थिए। उक्त भ्रमणका क्रममा चीन सरकारले जमुनाह–हिल्सा सडकको डिपिआर गर्ने सहमति भएको थियो। उक्त सहमतिअनुसार चीन सरकारको स्वामित्वमा रहेको चाइना रेलवे इरवान इन्जिनियरिङ कम्पनीले सडकको डिपिआर गरेर प्रदेश सरकारलाई बुझाएको थियो। चीनले कर्णाली करिडोरको जिम्मा आफूलाई दिए तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने बताएको छ।

‘कर्णालीको समृद्धिसँग जोडिएको कर्णाली करिडोरको द्रुत निर्माणका लागि मेरो नेतृत्वको सरकारले प्रधानमन्त्रीकै उपस्थितिमा प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रुतमार्ग नामकरण गरेको थियो,’तत्कालीन मुख्यमन्त्री एवं हालका संघीय सांसद शाहीले भने, ‘संघीय सरकारले कर्णाली करिडोरलाई कहिल्यै प्राथमिकतामा राखेन।’ शाही मुख्यमन्त्री हुँदा चीन सरकारले बनाइदिएको डिपिआरसहित पटकपटक संघीय सरकारलाई पत्राचार गरिएको छ। प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेरै अहिलेसम्म आठपटक संघ सरकारलाई पत्राचार गरिसकेको छ।

‘हामीले सुरुदेखि नै फुटकर काम गरेर कर्णालीको समृद्धि हुँदैन, दीर्घकालीन असर पार्ने योजनाहरू निर्माण गर्नुपर्छ भन्ने उद्देश्य राखेका थियौं,’शाहीले भने,‘समृद्धिका लागि कनेक्टिभिटी मुख्य कुरा हो, कर्णालीको प्राथमिकता र आवश्यकतालाई संघ  

सरकारले नबुझ्दा समस्या हुँदो रहेछ।’ उनले आफू मुख्यमन्त्री हुँदा तत्कालीन प्रधानमन्त्रीदेखि विषयगत मन्त्रीसँग कर्णालीसँगै भेरी करिडोरको आवश्यकता, यसले पार्ने दीर्घकालीन प्रभाव र कर्णालीको समृद्धिका विषयमा पटकपटक छलफल गरेको स्मरण गरे।

जमुनाह–हिल्सा सडक लुम्बिनी प्रदेशको बाँकेको जमुनाहदेखि सुरु हुन्छ। कर्णाली प्रदेशको राजधानी सुर्खेत हुँदै दैलेख, कालिकोट, सुदूरपश्चिम प्रदेशको बाजुरा भएर चीनसँगको सिमाना हुम्लाको हिल्सासम्म पुग्छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको धुलियाबिटलाई आधार बनाएर चीनले तयार पारेको विस्तृत परियोजना प्रतिवेदनमा त्यहाँदेखि हिल्सा नाकासम्मको दुरी ४०३.५२ किलोमिटर छ।

महेन्द्रबहादुर शाहीपछि मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले पनि कर्णाली र भेरी करिडोर निर्माणका लागि संघीय सरकारसँग पटकपटक छलफल गरे। चीनले बनाइदिएको डिपिआरसहित कर्णाली र भेरी करिडोरलाई राष्ट्रिय गौरवको योजनामा समावेश गरिदिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्राचार गरे। कर्णाली प्रदेश सरकारले पठाएको डिपिआर अहिले प्रधानमन्त्री कार्यालय हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेको छ।

चीनले बनाएको डिपिआरमा सुर्खेत खण्ड २४.१, दैलेख खण्ड १०४.६, कालिकोट खण्ड ३९.१४, सुदूरपश्चिमको बाजुरा खण्ड ४३.४९ र हुम्ला खण्ड १९२.१९ किलोमिटरको हुने उल्लेख छ। प्रधानमन्त्री द्रुतमार्ग कर्णालीका लागि चीनसँगको व्यापारिक नाका मात्रै नभएर मानासरोवर पुग्ने पर्यटकीय मार्ग पनि हो।

ट्र्याक खुल्न ६ किलोमिटर बाँकी कर्णाली करिडोरका कडा चट्टान फोर्ने जिम्मा नेपाली सेनालाई दिइएको छ। कर्णाली करिडोरको १२२ किलोमिटर सडक निर्माण सम्पन्न गरेर सेनाले सडक विभागलाई हस्तान्तरण गरिसकेको छ। २०७१ चैतदेखि नेपाली सेनाले कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको १२२.७५ किलोमिटर सडक निर्माणको जिम्मा लिएको थियो। सेनाले अहिले लालीबगरदेखि लेप्चे सडकखण्डमा काम गरिरहेको छ। साढे आठ किलोमिटर खण्डमध्ये साढे दुई किलोमिटर सडक सेनाले निर्माण सम्पन्न गरेको छ। अझै ६ किलोमिटर सडकको ट्र्याक खुल्न बाँकी छ।‘नेपाली सेनाले २०८० फागुनसम्ममा सडकको ट््याक खोल्ने काम सम्पन्न गर्ने कार्ययोजना बनाएको छ,’कर्णाली करिडोर सडक आयोजना प्रमुख वीरेन्द्र यादवले भने, ‘त्यसपछि हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिन्छ।’

सडक विभागले ट्र्याक खुलेको ठाउँमा सडकको स्तरवृद्धिको काम गरिरहेको छ।‘सिमकोट–हिल्सा सडकखण्डमा सडकको स्तरोन्नतिका लागि दुईवटा प्याकेज बनाएर ठेक्का आह्वान गर्दैछौं,’उनले भने,‘अहिले सडकमा हिउँ जमेकाले काम गर्न सकिरहेका छैनौं।’यस्तै खुलालुदेखि सल्लीसल्लासम्म मोड सुधार, ग्राभेल र कल्भर्ट निर्माणका लागि दुईवटा प्याकेज बनाएर ठेक्का आह्वान गर्ने तयारी भइरहेको उनले बताए।‘खुलालुदेखि–सल्लीसल्लासम्म १६ वटा कल्भर्ट बनाउँदैछौं, आठ–आठवटा कल्भर्टको दुई प्याकेज बनाएर ठेक्का आह्वान गर्ने तयारी गरिरहेका छौं,’उनले भने,‘योसँगै मोडहरू सुधार गर्ने र केही ठाउँमा ग्राभेलको काम पनि सँगसँगै हुन्छ।’
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
३ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस