उपभोक्ता सचेत नहुँदा उद्योगीले बाँकेमा मापदण्ड विपरीत ग्यास सिलिण्डर बिक्री गरिरहेका छन्। यहाँका अधिकांश उपभोक्ताको घरमा अहिले मापदण्ड विपरीतका सिलिण्डर भेटिने गरेका छन्।
बाँकेका ग्यास उद्योगमा ठुलो परिमाणको म्याद नाघेका सिलिण्डर फेला परेपछि यसलाई झनै पुष्टि गरेको उपभोक्ता अधिकारकर्मी बताउँछन्। उपभोक्ताको गुनासोका आधारमा जिल्लास्थित संयुक्त अनुगमन टोलीले उद्योगमै पुगेर अनुगमन गर्दा यस्तो फेला पारिएको हो।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका सूचना अधिकारी देवीलाल चौलागाईंका अनुसार बाँकेस्थित भेरी र मनकामना ग्यास उद्योगबाट मापदण्ड विपरीतका करिब ६ हजार ग्यास सिलिण्डर फेला पारिएको थियो।
भेरी ग्यास उद्योगबाट मात्रै म्याद सकिएका करिब ३ हजार ग्यास सिलिण्डर फेला पारिएको छ। यस्तै लिकेज भएका, कुच्चिएका र बिग्रेका करिब २ हजार ५ सय वटा तथा म्याद सकिन लागेका २ सय वटा ग्यास सिलिण्डर फेला पारिएको छ।
यसै गरी मनकामना ग्यास उद्योगमा म्याद नाघेका १ सय ६० वटा ग्यास सिलिण्डर फेला पारिएको छ। जोखिमयुक्त ५० वटा र तत्काल म्याद सकिन लागेका करिब ५० वटा ग्यास सिलिण्डर फेला पारिएको चौलागाईले बताए।
उक्त टोलीले बाँकेस्थित मनकामना ग्यास उद्योग र भेरी ग्यास उद्योगको अनुगमन गरेको थियो। ‘लिकेज भएका, कुच्चिएका, बिग्रेका, म्याद सकिएका र म्याद सकिन लागेका ग्यास सिलिण्डरलाई बिक्री वितरण गर्न निर्देशन दिएका छौँ,’ उनले भने।
दुवै उद्योगमा फेला परेका सिलिण्डरलाई बिक्री वितरण नगर्न निर्देशन दिइएको सूचना अधिकारी चौलागाईको भनाइ छ।
सरकारी निकायको चरम बेवास्ता र उद्योगीको मनपरीका कारण उपभोक्ता जोखिममा परेको अधिकारकर्मी बताउँछन्।
‘अनुगमनका क्रममा सिलिण्डर ठुलो मात्रामा फेला परेको कुरा सार्वजनिक भएको छ, फेला पारिएका ती सबै सिलिण्डरलाई नष्ट गरिनुपर्छ,’ उनले भने। यसबाट संविधानले ग्यारेन्टी गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई हनन् गरेको तिवारीले बताए। मापदण्ड विपरीतका कार्य गर्ने ग्यास उद्योगीलाई कारबाही गर्नुपर्ने र आम उपभोक्ताका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने अधिकारकर्मी तिवारीको माग छ।

‘अहिले हामी सबैका भान्सामा मापदण्ड विपरीतका ग्यास सिलिण्डर छन्, हाम्रो जिउ ज्यान जोखिममा छ, जति बेला जे पनि हुन सक्ने अवस्था छ,’ अधिवक्ता तिवारीले भने।सरकारी निकायबाट अनुगमन तीव्र नहुँदा यस्तो स्थिति आएको उनले बताए।