महाशिवरात्री तथा सेना दिवसको अवसरमा ताप्लेजुङस्थित भीमकाली गुल्मले प्रभातफेरी तथा सलामी अर्पण गरेको छ।
भीमकाली गुल्मको प्रांगणबाट निस्किएको नेपाली सेना,नेपाल प्रहरी,शसस्त्र प्रहरी र राष्ट्रिय सेवा दल(एनसिसी)मा आवद्ध विद्यार्थी सहित सुरक्षा निकायका प्रमुखरु सहभागी टोली सिद्धिडाँडास्थित चण्डेश्वर महादेव धाममा पुगेका थिए। चण्डेश्वर महादेव धाममा नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको हो। एनसिसीको तालिम लिएका फुङलिङस्थित लिटलबुद्ध ईङलिस बोर्डिङ स्कुल,जना मावि हाङ्देवा र युवा बर्ष मावि कैंजलेका एनसिसी तालिमप्राप्त बिद्यार्थी सहभागी भएका थिए। साविकका बर्षहरुमा यो बेला पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव हुने गरेको थियो।
यसबर्ष असोज ११ गतेबाट यहाँ ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव सम्पन्न भईसकेकोले यो बर्ष नेपाली सेनाको औपचारिक कार्यक्रम मात्र रहेको भीमकाली गुल्मका सहसेनानी गणेशबहादुर पराजुलीले जानकारी दिए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ,जिल्ला प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक राजन लिम्बू,सशस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका सशस्त्र प्रहरी नायव उपरीक्षक बिनोद थापा,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुङका प्रमुख अनुसन्धान अधिकृत दुर्गा चापागाँई सहितको सहभागिता रहेको थियो।
ताप्लेजुङका तीन सहित सात वटा संस्थालाई नेपाली सेनाको सम्मान
महाशिवरात्री तथा सेना दिवसको अवसरमा प्रदान गरिने प्रधानसेनापति सम्मान अन्तरगत यसबर्ष ७ वटा संस्थालाई प्रदान गरिने सम्मानमा ताप्लेजुङमा ३ वटा संस्था परेका छन्। यसर्ष संस्थागत बिधातर्फ ७ वटा संस्थालाई पुरस्कृत गर्न लागिएकोमा ताप्लेजुङका पाथीभरा क्षेत्र विकास समिति,पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति र कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् रहेको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार महाशिवरात्री तथा सेना दिवस २०७९ को अवसरमा प्रधानसेनापति सम्मान अन्तरगत गोरखा नगरपालिका,भोटेकोशी गाउँपालिका,कोशी टप्पु आरक्ष अन्तरगत मध्यवर्ती क्षेत्र र राष्ट्रिय आबिष्कार केन्द्रलाई सम्मान गरिएको हो। उल्लेखित संस्थाहरुले सामाजिक क्षेत्रमा पुर्याएको बिशिष्ट योगदानको कदर स्वरुप महाशिवरात्री तथा सेना दिवस २०७९ को सम्मान गर्ने निर्णय भएको सेनाका प्रवक्ता भण्डारीले जानकारी दिए।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...