भारतको जोगबनीबाट चोरी तस्करी गरेर ल्याउँदै गरेको सर्जिकलका सामान र लत्ताकपडा प्रहरीले विराटनगरको अलग अलग स्थानबाट बरामद गरेको छ।
विराटनगर–१३ स्थित जतुवा नहर छेउ हुँदै को २ ह १६३६ नम्बरको अटोमा चोरी तस्करी गरेर ल्याउँदै गरेको लत्ताकपडा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार अटो चालक सुनसरी बर्जु गाउँपालिका वडा–३ का ४१ वर्षीय प्रेम गुरुङलाई अटो र त्यसमा रहेको लत्ताकपडासहित नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिएको अटोबाट करिब ५ लाख ३३ हजार ५ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरिएको छ। बरामद गरिएको लत्ताकपडा, अटो र पक्राउ परेको चालकलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।
त्यसैगरी, विराटनगर–४ कोचाखालबाट को १ ह १३२५ नम्बरको सिटीफारीमा रहेको सर्जिकल (मेडिकल) का सामान शंका लागि चेक गर्दा चोरी तस्करी गरेर ल्याइएको खुल्न आएको डिएसपी कार्कीले बताए।
तस्करी गरेर ल्याउँदै गरेको करिब १ लाख ५० हजार रुपैयाँ बराबरको सर्जिकका सामान बरामद भएको छ।
सिटी सफारी र सिटीसफारी चलाक मोरङ विराटनगर–१२ का ५६ वर्षीय शिवशंकर मण्डललाई बरामद गरिएको सर्जिकलका सामानसहित आवश्यक कारबाहीका लागि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।