जिल्ला सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको जाहेरी दर्ता गर्नु नपर्ने भएको बताएको छ।
बुधबार नागरिक न्युजसँग कुरा गर्दै जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता लक्ष्मण उपाध्य घिमिरेले जिल्ला प्रहरी परिसर काठमाडौँमा छानबिन गरिरहेको सूचना आएको हुनाले जाहेरी दर्ता गर्नु नपरेको बताएका हुन्।
उनले भने, ‘हामीले अनुसन्धान गर्नु अघि नै यस विषयमा जिल्ला प्रहरी परिसर, काठमाडौँमा परेको जाहेरीमाथि अनुसन्धान सुरु भएको बताएपछि यहाँ आएको उजुरीमाथि थप केही गर्नु नेपर्ने भएको हो। हामीले जाहेरी दर्ता गर्ने व्यक्तिलाई उतै गएर विवरण बुझनुस भनेका छौँ।’
घिमिरेले अनुसन्धान भई रहेको विषयमा पुनः जाहेरी दर्ता गर्न नमिल्ने बताए।
उनले यसअघि पनि लामिछानेको नागरिकता विवादबारे सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए। जिल्ला प्रहरी परिसर, काठमाडौँले लामिछानेले झुटो विवरण दिएर राहदानी लिएको भनी परेको जाहेरी दर्ता लिन नमानेपछि सफलले सरकारी वकिलको कार्यालय, काठमाडौँमा जाहेरी दिएका हुन्।
त्यसपछि २४ गते मंगलबार उनले प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन दिएका थिए।
निवेदन परेपछि सरकारी वकिल कार्यालयले जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग र राहदानी विभागसँग रवी लामिछानेको सम्पूर्ण विवरण माग गरेको थियो।
‘नागरिकता, राहदानी र विदेश भ्रमणबारे छानबिन गर्न कागजात मगाइएको हो। तीन वटै निकायबाट प्रमाण संकलन भएर पुष्टि भएपछि बल्ल जाहेरी दर्ताका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँमा पठाउने योजना छ।’, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय प्रमुख अच्युत मणि न्यौपानेले नागरिक न्युजसँग भनेका थिए।
नागरिकतासम्बन्धि विवादमा परेको रिटमा सर्वोच्चले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता दिने प्रक्रियानै सुरु नगरेको र लामिछानेसँग नेपाल नागरिकता नभएको फैसला सुनाएको थियो।
सर्वोच्चको फैसलासँगै उनको पार्टी सभापति, सांसद र उपप्रधान तथा गृहमन्त्रीको पद खारेज भएको थियो। यसपछि लामिछानेले काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता कायम गराएपछि पार्टी सभापतिमा बहाली त भए तर उनको सांसद र मन्त्रीको पदमा बस्न पाएनन्।
आफू मन्त्रीको पदमा बस्न नपाएपछि उनले आफ्नो पार्टीलाई नै सरकारबाट बाहिर ल्याएका छन्। तर सरकारप्रतिको समर्थन यथावत् राखेका छन्।