पछिल्लो समय विभिन्न किसिमका लागू औषध र त्यसमध्येको महँगो मूल्यमा किनबेच हुने खैरो हिरोईन (ब्राउन सुगर) को ओसारपसार र किनबेचमा बढोत्तरी आइरहेको छ।
यसैबीच उदयपुरसहित प्रदेश १ का विभिन्न जिल्लामा यसको कारोबारीहरू पक्राउ पर्ने क्रम पनि बढेको छ।
प्रदेश प्रहरी कार्यालय विराटनगरले खैरो हिरोईनको प्रयोग, ओसारपसार र किनबेच गर्ने गरेको अभियोगमा उदयपुर, झापा र मोरङका छुट्टाछुट्टै ठाउँबाट खैरो हिरोईन र अन्य विभिन्न लागू औषधसहित ६ जना पक्राउ परेका प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटेको टोलीले सोमबार राति झापाको भद्रपुर नगरपालिका ४ मा चेकजाँच गर्ने क्रममा सोही ठाउँका २० वर्षीय सुदिप चेमजोङ र ज्ञानेन्द्र केरुङलाई ३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
त्यस्तै भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा चेकजाँचकै क्रममा उदयपुर घर बताउने २४ वर्षीय रोशन परियार पनि विभिन्न किसिमका लागू औषधसहित पक्राउ परेका छन्। विराटनगर महानगरपालिका १५ बाट पक्राउ परेका परियारको साथबाट लुपिजेसिक, ऐभिल, डाईजेपाम र फनारगत गरी २० एम्पुल (थान) लागू औषध बरामद भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
यता सोमबारै उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्ता प्रहरी चौकीबाट खटेको टोलीले मधेस प्रदेश, सिराहा जिल्लाको राहानबाट सदरमुकाम गाईघाटतर्फ आइरहेको मे १ ख ३०५४ नं. को यात्रुवाहक बसमा सवार १९ वर्षीय पासर राईलाई ४८ एम्पुल लागू औषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।
त्रियुगा नगरपालिका १३ घर भएका राईले बसको सिटमुनि लुकाई राखेको अवस्थामा प्रतिबन्धित लागू औषध डाईजेपाम, फेनारगन र लुपिजेसिक बरामद भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नविनराज राईले बताएका छन्।
त्यस्तै मोरङको पथरीशनिश्चिरे नगरपालिका ६ बाट सोमबारै गाँजासहित २ जनालाई पनि नियन्त्रणमा लिइएको छ। प्रवक्ता राईका अनुसार प्रहरीले सोही ठाउँका ३४ वर्षीय बज्रमोहन यादवको घरमा खानतलासी लिने क्रममा लुकाई राखेको अवस्थामा ८ किलो गाँजा बरामद भएको हो। घरधनी यादवसँगै प्रहरीले अर्का स्थानीय ४१ वर्षीय सुरेन यादव पनि ५ सय ग्राम गाँजासहित सोही टोलीबाट पक्राउ परेको एसपी राईले बताएका छन्।
पक्राउ परेकाहरूलाई प्रहरी हिरासतमा राखेर लागू औषध अपराध सम्बन्धी कारबाही गर्ने गरी अनुसन्धान अघि बढाइएको एसपी राईले बताए।