काठमाडौं नयाँ बानेश्वरमा आत्मदाह गरेका इलाम सूर्योदय नगरपालिका–११ का प्रेमप्रसाद आचार्यको परिवारलाई आदर्श बहुउद्देश्यीय सहकारी संस्थाले ५० हजार रूपैयाँ ‘सहानुभूति रकम’ उपलब्ध गराएको छ। सहकारी कार्यालयमा बुधबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष महेशकुमार श्रेष्ठले प्रेमप्रसादकी पत्नी नानुका अधिकारीलाई सो रकमबराबरको चेक हस्तान्तरण गरेका हुन्।
आचार्य सो सहकारीका सेयर सदस्यसमेत थिए। सहकारीले उनको नामको सेयर पत्नी नानुकाकै नाममा स्थानान्तरणसमेत गरेको छ। आफ्ना सेयर सदस्यको मृत्यु हुँदा सहकारीले मृतकका परिवारलाई नगद ५० हजार रूपैयाँ उपलब्ध गराउने गरेको छ। प्रेमप्रसादको परिवारले उनको जीवन बिमाबापत्को रकम पनि भुक्तानी पाएको छ। सन लाइफ इन्स्योरेन्समा गरिएको बिमाको ५० लाख रूपैयाँ मृत्यु दाबी भुक्तानी पत्नी नानुकालाई उपलब्ध गराइएको हो।
राज्यले व्यवसायीलाई लगानीको वातावरण बनाउन नसक्दा आफू असफल भएको भन्दै आचार्यले माघ १० मा सरकारलाई २५ बुँदे मागसमेत राखेर आत्मदाह गरेका थिए। आचार्यको मृत्युपछि उनको परिवारलाई देश–विदेशका दाताले समेत रकम संकलन गरी पठाएका छन्। आचार्यको गृहनगर सूर्याेदय उद्योग वाणिज्य संघले उनले राखेका उचित माग पूरा गराउन माग गरेको छ। संघ सचिव तोयानाथ भट्टराईले आचार्यले राखेका मागबारे अन्तरक्रिया आयोजना गरिएको जानकारी दिए। ‘प्रत्यक्ष र भर्चुअल रूपमा आयोजना गरिएको अन्तरक्रियामा व्यवसायी र सरोकारवालाले आचार्यले राखेका उचित माग पूरा गराउन सरकारको ध्यानाकर्षण गरेका छन्,’ भट्टराईले भने, ‘प्रेमप्रसादले राखेका माग लाखौं युवाका साझा समस्या हुन् भन्ने हाम्रो निष्कर्ष छ।’
इलाम क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेतदेखि जिल्लाका उद्योगी–व्यवसायीले समेत प्रेमप्रसादले उठाएका माग पूरा गर्न र उनले उल्लेख गरेजस्तो कहालीलाग्दो अवस्था अन्त्य गर्न सरकारसमक्ष माग गरेका थिए।