बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन्।
मोरङको सुनवर्षी नगरपालिकाका एक पुरुषलाई बुहारी बलात्कार गरेको आरोपमा मोरङ प्रहरीले पक्राउ गरेको हो।
सुनवर्षीकी २५ वर्षीया बुहारीले मंगलबार ५८ वर्षीय ससुराविरुद्ध इलाका प्रहरी कार्यालय रंगेलीमा बलात्कार गरेको भनेर किटानी जाहेरी दिएकी थिइन्। जाहेरी दर्ता भएसँगै ससुरालाई प्रहरी चौकी अमरदहको टोलीले घरैबाट पक्राउ गरेको मोरङ प्रहरीका डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए।
डर त्रास देखाएर घरमै ससुराले २०७८ फागुन १० गते बलात्कार गरेको भनेर ससुराविरुद्ध बुहारीले इप्रका रंगेलीमा जाहेरी दिएकी प्रहरीले जनाएको छ। जबरजस्ती करणी मुद्दा चलाउन बुधवार अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान थालेको र पीडित महिलाको विराटनगरमा स्वास्थ्य परीक्षण गराइएको डिएसपी कार्कीले बताए।