पूर्व नगर प्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२३ माघ २०७९
•
१ मिनेट पाठ
पूर्व नगर प्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
धनुषाको सहिद नगर नगरपालिकाका पूर्व नगर प्रमुखसहित १२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।




पूर्व प्रमुख उदयकुमार बर बरिया, उपप्रमुख शिलादेवी कापर, प्रमुख प्रशासकीय अधिकृत राम किशोर महतो, आर्थिक प्रशासन प्रमुख नन्दकुमार झा, लेखा समितिका संयोजक जैसीलाल भिनावारसहित १२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो।

कृषि सडक निर्माण गर्दा फिल्डमा भएको कामभन्दा बढी काम गरेको भनी गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार पारी उपभोक्ता समितिलाई २ लाख १२ हजार ८१६ रुपैयाँ बढी भुक्तानी गरेको अभियोग पत्रमा उल्लेख छ।

दायर मुद्दामा सुशासन समितिका संयोजक कन्हैया मुखिया, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राम किशोर महतो, इन्जिनियर सञ्जय यादव, ८ नम्बर वडाका तत्कालीन वडाध्यक्ष तनुकलाल कुसियैत, योजना शाखा प्रमुख बिन्देश्वर यादव, समितिका अध्यक्ष कारी चमार, कोषाध्यक्ष रेखा कुमारी, सचिव मुकेह लखनडेलाई विपक्षी बनाइएको छ।

सहिद नगरपालिका ८ स्थित विसरभोरा नहरदेखि गोठ कोयालपुर सीमासम्म कृषि सडक निर्माण गर्दा लागत बढाउन लगाई, बढी काम गरेको भन्दै गलत प्रतिवेदन तयार गरी रकम भुक्तानी गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
अर्को समाचार
निवर्तमान नगर प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२१ चैत्र २०७९
•
३ मिनेट पाठ
निवर्तमान नगर प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गैरसरकारी संस्थासँग मिलेर सरकारी रकम दुरुपयोग गरेको आरोपमा पञ्चपुरी नगरपालिकाका तत्कालीन मेयरसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 




अख्तियारका अनुसार पञ्चपुरी नगरपालिकाका निवर्तमान नगर प्रमुख उपेन्द्रबहादुर थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय पितृभक्त गिरी र हरिप्रसाद देवकोटा, लेखा अधिकृत मोहनबहादुर बुढा, लेखापाल लक्ष्मीप्रसाद अधिकारी, नमूना समाज सुर्खेतका कार्यकारी निर्देशक लालबहादुर जिएम र समाजका अध्यक्ष भूमिसरा पुलामीविरुद्ध अख्तियारमा मुद्दा दायर गरिएको हो।
तत्कालीन नगर प्रमुख थापाले प्रचलित कानुनसमेतलाई बेवास्ता गरी संस्थाले प्रतिबद्धता जनाएअनुसारको रकम ल्याई खर्च गर्नसक्ने क्षमता र विश्वसनीयता रहे नरहेको आधार बिनै हचुवाको भरमा कार्यसम्पन्न भएको भनी रकम भुक्तानीका लागि निर्देशन दिएको उल्लेख छ। थापाविरुद्ध ५० लाख विगो रकम सोही अनुसारको जरिवाना र कैद सजाय माग दाबी गरिएको छ।

अर्कैको होटेलको नाम र प्यान नम्बर चोरी गरेर नमूना समाजले नगरपालिकामा पेस गरेको फर्जी बिलहरू ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गिरीले बिल भरपाई बिना नै भुक्तानी दिने कार्यमा संलग्न रहेको, आधिकारिकता र बिश्वासनीयताको जाँचै नगरी ३० लाख रुपैयाँ भुक्तानी दिएकोले सोही बमोजिमको विगो जरिवाना र कैद सजाय माग दाबी गरिएको छ।

अर्का प्रमुख प्रशासकीय अधिकृत देवकोटाले नमुना समाज सुर्खेतले कार्यक्रम सञ्चालन गरेको नगरेको सम्बन्धमा अनुगमन मूल्याङ्कनसमेतको कार्य नगरी २० लाख रुपैयाँ भुक्तानी दिएकाले सोही अनुसारको बिगो जरिवाना र कैद सजाय माग दाबी गरिएको छ।

लेखा अधिकृत बुढाले प्रचलित प्रावधान विपरीत नमुना समाजसँग सम्झौता गर्ने कार्यमा सहभागी भएको, नमुना समाजलाई पहिलो र दोश्रो किस्ता दिएकोले ५० लाख बिगो जरिवाना र कैद सजायको माग दाबी गरिएको छ। बुढा यसअघिनै भ्रष्टाचार मुद्दामा निलम्वनमा छन्।
लेखापाल अधिकारीले पेस हुन आएका बिल भरपाई र कागजातहरू आधिकारिक तथा वास्तविक हुन होइनन् पेस भए बमोजिमका कागजातको आधारमा रकम भुक्तानी दिनुपर्ने हो होइन भन्ने समेतका कुरा बेवास्ता गरी नमुना समाजलाई २० लाख रुपैयाँ भुक्तानी दिएकोले सोही बमोजिमको बिगो जरिवाना र कैद सजाय माग दाबी गरिएको छ।

नमुना समाज, सुर्खेतका कार्यकारी निर्देशक घर्ती मगर, अध्यक्ष पुलामीले गैर कानुनी लाभ पुर्‍याउने बदनियतले कार्य गरेकाले उनीहरुविरुद्ध ५० लाख बिगो जरिवाना र कैद सजायको माग दाबी गरिएको छ।

नमूना समाज नामको गैरसरकारी संस्थालाई ‘नमूना गाउँ’ निर्माणका लागि नगरपालिकाले दुई आर्थिक वर्षमा गरेर ५० लाख रुपैयाँ भुक्तानी दिएको थियो । तीन वर्षीय कार्यक्रमका लागि नगरपालिकाले ९० लाख र नमूना समाजले दुई करोड १० लाख रुपैयाँ खर्चेर नमूना गाउँ निर्माण गर्ने गरेर सम्झौता भएको थियो। 
साझेदारी कार्यक्रमको उद्देश्यविपरित जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा फर्जी विल भपाईहरु बनाएर रकम निकासा गरेको विषयमा नागरिक दैनिकले निरन्तर समाचार प्रकाशित गरेपछि अख्तियारले छानबिन थालेको थियो। अख्तियारले सक्कल फाइलहरू नगरपालिकाबाट तानेपछि अन्तिम किस्ताबापतको ४० लाख रुपैयाँ भुक्तानी भएको थिएन्।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस