२०७५ फागुन ३० गतेभित्र दश किलोमिटर सडक कालोपत्रे सकेर सरकारलाई हस्तान्तरण गर्ने गरी २०७२ चैत २ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले खोटाङको साकेला गाउँपालिका खण्डको काम ७ वर्ष नाघी सक्दासम्म पुरा नगपछि स्थानीय आक्रोशित हुँदै ठेक्का तोड्न माग गरे।
‘पुष्पलाल मध्ये पहाडी लोकमार्ग’ अन्तर्गत साकेला १ बाँझेच्यान्डाँडा बेखुवा–चखेवाभन्ज्याङ खण्डको सडक, म्याद नाघेको वर्षौँसम्म पुरा नगरेपछि नियमन निकाय लोक मार्ग आयोजना कार्यालय धुलिखेलले पनि मंसिर दोस्रो साता नै ठेक्का तोड्न सडक विभागसमक्ष सिफारिस गरिसकेको थियो।
आयोजना कार्यालय र स्थानीयको दोहोरो दबाब परेपछि भने काम अलपत्र छाडेर बसेको भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिशाही जेवीका रौँ ठडिए।
माघ पहिलो सातादेखि काम सुरु गरी अन्तिम सातासम्ममा सबबेसको काम सक्ने ८ बुँदे कायलनामापत्र अनुसार सडक निर्माण कार्य सुचारु भयो। चखेवा भन्ज्याङबाट ‘सबबेस लेईङ’ को काम सुरु गरेको महिना दिनको नतिजा अहिले देखिन थालेको स्थानीय बताउँछन्। माघ २५ गतेभित्र सबबेस लेइङ सकेर २६ गतेदेखि ‘बेस लेईङ’ कार्य सुरु गर्ने ‘डेडलाइन’ कायलनामापत्रको २ नं. बुँदामा उल्लेख भए अनुसार यो समाचार तयार पार्दासम्म सबबेस लेईङको काम अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष राईले बताए।
ठेक्का तोडेर नयाँ प्रक्रिया थाल्दा ७ वर्षमा नसकिएको काम अरु ५/६ वर्ष नलाग्ला भन्ने कुनै ग्यारेन्टी नभएकाले मध्यमार्गी उपाय अपनाउँदै ठेकेदारलाई कायलनामा गराएर काम सुचारु गर्दा ७ वर्षमा नभएको काम महिना दिनमै भएको अध्यक्ष राईको भनाई छ।
यही बीचमा निर्माण कम्पनी प्रतिनिधि मदन अधिकारीलाई मातृ शोक परेकाले कार्यपालिका अनुसार कामले गति लिन नसके पनि पहिलेको तुलनामा धेरै प्रगति भएकोमा अध्यक्ष राई खुसी देखिन्छन्। कायलनामको बुँदा नं. ८ मा ‘कार्यपालिका अनुसार काम नगरे पुष्पलाल मध्ये पहाडी लोक मार्गले जुनसुकै बेला ठेक्का तोड्न सक्ने र त्यसमा मन्जुरी रहेको’ उल्लेख रहेकाले पनि काम हुने कुरामा अध्यक्ष राई विश्वस्त छन्।
निर्माण स्थलमा रहेका आयोजना कार्यालयका सव इन्जिनियर केशव पौडेलका अनुसार उल्लेख्य प्रगति नभए पनि सामान्य रफ्तारमा काम भइरहेको छ। उनले २ वटा पाइप कल्भर्ट, एउटा कजवे र ग्यावियन वाल भर्ने काम सम्पन्न भएको जानकारी दिए। आयोजना प्रमुख पाण्डेले भने कायलनामा पत्रमा उल्लेखित कार्यपालिका अनुसार काम नभएको बताएका छन्। उनले माघ २५ भित्र सवबेस लेईङको काम सकेर २६ गतेदेखि बेस लेईङ थाल्ने भनेता पनि माघ २३ गतेसम्मको प्रगतिले सबबेस लेईङ सकिने नदेखिएको बताए। डिई पाण्डेले पहिलाजस्तै ढिलासुस्ती नगर्न पनि सचेत गराएका छन्।
‘पहिला धेरै ढिला गरेको यो ठेकेदार कम्पनीले यसपटक पनि त्यस्तै गरेमा कार्यालय सहन सक्दैन’ डिई पाण्डेले चेतावनीको शैलीमा भने ‘पर्याप्त जनशक्ति र औजार उपकरण परिचालन गरेर कायलनामा अनुसार समयमै काम सकेन भने कारबाही गरिन्छ।’ काम थालेको ३ वर्षभित्र कालोपत्रे गरिसक्ने गरी २६ करोड लागतमा सम्झौता गरेको ठेकेदारले ७ वर्षसम्म ३४ प्रतिशत मात्र काम गरेर लापरबाहीको नमुना प्रदर्शन गरेको पाण्डेको गुनासो छ।
त्यस बेला कोभिड र अन्य बहाना बाजी गरे पनि अब त्यस्तो गर्न नदिने भन्दै उनले यसअघि चरम लापरबाही गरेकै कारण ठेक्का तोड्न सिफारिस गरिसकेको बताए। तर, गाउँपालिका अध्यक्षको आग्रहमा अन्तिम मौका दिइएको भन्दै उनले प्रतिबद्धता अनुसार काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।
लोक मार्ग निर्देशनालयका प्रमुख (सुई) हरि पोखरेलले ठेकेदार कम्पनीले समयमा काम नगरेको गुनासो गाउँपालिका, आयोजना कार्यालय र स्थानीयवासीले जानकारी गराएपछि छिटो काम गर्न ताकेता गर्दै गरेको बताए। गाउँपालिकाले ठेकेदार कम्पनीलाई कायलनामा गराएर अहिले काम सुचारु भइरहेको र प्रगति राम्रै भएको सुनेको उनले बताए। आउँदो असारभित्र कालोपत्रे सक्ने गरी धमाधम भइरहेको खबर स्थानीयले दिएको जानकारी पनि सुई पोखरेलले दिएका छन्।

दुवैतर्फबाट ठेक्का तोड्नुपर्ने माग उठेका बेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले ठेक्का तोडेर नयाँ प्रक्रियाको झन्झट बेहोर्नुभन्दा आपसी समझदारीमा काम अघि बढाउँदा राज्य, ठेकेदार र स्थानीय तीनै पक्षको जित हुने उपाय सुझाए।‘पहिलाकै ठेकेदारलाई काम गर्न दिऊँ तर, निश्चित समयभित्र काम सक्ने प्रतिबद्धता जाहेर गरेको कायलनामापत्र ठेकेदारले गर्नुपर्छ’ उनको यो प्रस्तावमा निर्माण कम्पनी सहमत भयो। जस अनुसार ०८० असारभित्र कालोपत्रेको काम पुरा गर्ने समय सीमा तोकेर कायलनामापत्र लेखी आयोजना कार्यालय प्रमुख (डिई) दीपेन्द्र पाण्डेको रोहबरमा निर्माण कम्पनी प्रतिनिधि मदन अधिकारीले अध्यक्ष राईलाई हस्तान्तरण गरे।
माघ पहिलो सातादेखि काम सुरु गरी अन्तिम सातासम्ममा सबबेसको काम सक्ने ८ बुँदे कायलनामापत्र अनुसार सडक निर्माण कार्य सुचारु भयो। चखेवा भन्ज्याङबाट ‘सबबेस लेईङ’ को काम सुरु गरेको महिना दिनको नतिजा अहिले देखिन थालेको स्थानीय बताउँछन्। माघ २५ गतेभित्र सबबेस लेइङ सकेर २६ गतेदेखि ‘बेस लेईङ’ कार्य सुरु गर्ने ‘डेडलाइन’ कायलनामापत्रको २ नं. बुँदामा उल्लेख भए अनुसार यो समाचार तयार पार्दासम्म सबबेस लेईङको काम अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष राईले बताए।
ठेक्का तोडेर नयाँ प्रक्रिया थाल्दा ७ वर्षमा नसकिएको काम अरु ५/६ वर्ष नलाग्ला भन्ने कुनै ग्यारेन्टी नभएकाले मध्यमार्गी उपाय अपनाउँदै ठेकेदारलाई कायलनामा गराएर काम सुचारु गर्दा ७ वर्षमा नभएको काम महिना दिनमै भएको अध्यक्ष राईको भनाई छ।
उनका अनुसार फागुन मसान्तभित्र ‘कंक्रिट पेभमेन्ट’ को काम सकेर चैत पहिलो सातादेखि वैशाख अन्तिमभित्र डिबिएसटीको काम सक्ने ठेकेदार अधिकारीले प्रतिबद्धता जाहेर गरेका छन्।काम गुणस्तरीय भए नभएको हेर्न आयोजना कार्यालयले नियमित अनुगमन, निरीक्षण र आवश्यक निर्देशन दिईरहेको र आफूलगायत जनप्रतिनिधिले पनि चासोका साथ काम गराइरहेको अध्यक्ष राईको भनाइ छ।