वाल्मीकि आश्रम जान भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अझै हटेन
२० माघ २०७९
•
३ मिनेट पाठ
वाल्मीकि आश्रम जान भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अझै हटेन
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणीधाम र चितवनको माडी नगरपालिकामा रहेको वाल्मीकि आश्रम जोड्ने झोलुङ्गेपुलको निर्माण सम्पन्न भए पनि त्रिवेणीधाम हुँदै वाल्मीकि आश्रम जाने पर्यटकहरुले भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अझै पनि हटेको छैन।




त्रिवेणीधाम र वाल्मीकि आश्रम जोड्नका लागि दुई वर्षमा निर्माण सक्नेगरी २०७० सालको असार ३० गते सम्झौता गरिए पनि नौ वर्षपछि यसै वर्ष झोलुङ्गेपुलको निर्माण सम्पन्न भएको  हो। पुल बने पनि  चितवनतर्फको निकुञ्जको जङ्गलमा करिब एक हजार सात सय मिटर लामो ट्र्याक खुल्न नसक्दा वाल्मीकि आश्रम पुग्न अझै पनि भारतको बाटो प्रयोग गनु पर्ने बाध्यता रहेको विनयी त्रिवेणी–६ का वडाध्यक्ष नुरेन्द्र शाहले बताए।

उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जले पुलको चितवनतर्फको अग्रभागमा नै बार लगाएपछि वाल्मीकि आश्रम जान त्रिवेणीधाम आएका पर्यटकहरु पुलसम्म पुगेर ‘सेल्फी खिचेर’ र ‘टिकटक’ बनाएर फर्कने गरेका छन्। आश्रम पुग्ने जो कोहीले पूर्वपश्चिम राजमार्गको बर्दघाट बजारबाट २८ किलोमिटर दक्षिणमा रहेको त्रिवेणीमा नारायणी नदीमाथि बनेको गण्डक बाँध कटेर भारत विहार राज्यको वाल्मीकि नगर हुँदै वाल्मीकि टाइगर रिजर्भको जङ्गल पार गरेर वाल्मीकि आश्रम  पुग्नुपर्ने बाध्यता अझै रहेको अध्यक्ष शाहले बताए। 

पुल निर्माण सम्पन्न भए पनि चितवन राष्ट्रिय निकुञ्जमा ट्र्याक खुल्न बाँकी रहेकाले पुल सञ्चालनमा ल्याउन नसकिएको सस्पेन्सन बृज डिभिजन कार्यालयका इन्जिनियर गोपाल थापा बताउँछन्। पुलबाट वाल्मीकि आश्रम करिब एक हजार सात सय मिटर ट्र्याक खोल्ने काम सम्पन्न हुँदा साथ पुल सञ्चालमा आउने इन्जिनियर थापा बताउँछन्।

'हाम्रो दायित्वमा रहेको पुलको मुखबाट पाँच सय मिटर ट्र्याकको काम पनि निकुञ्जको अनुमतिका कारण रोकिएको छ, अनुमति आउना साथ काम हुन्छ', उनले भने। उनका अनुसार पुलको त्रिवेणीधामतर्फको मुखमा चेक पोस्ट भवनसमेत बनाउने तयारी भएको छ।

आवश्यक प्रक्रिया पु¥याएर आए ट्र्याक खोल्ने अनुमति दिने चितवन राष्ट्रिय  नकुञ्जका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए। 'निकुञ्जको सुरक्षाको कुरा पनि छ, निर्माण कम्पनीले चेक पोस्ट बनाउन बाँकी नै छ, पूर्वाधार प्रक्रिया पु¥याएर आए अनुमति नदिने भन्ने कुरा नै हुँदैन', उनले भने।

चितवन राष्ट्रिय निकुञ्जभित्र ट्र्याक खोल्न आवश्यक पहल भइरहेको जनाउँदै निकुञ्जसँग समन्वय गरेर दुई र तीन महिनाभित्रै गाउँपालिकाको पहलमा ट्र्याक खुल्ने विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए। 

वाल्मीकिले संस्कृत रामायण रचना गरेको र राम–सीताका छोरा लवकुश जन्मेहुर्केको विश्वास गरिने चितवनको माडी नगरपालिकामा पर्ने वाल्मीकि आश्रममा पुग्न भारतको बाटो प्रयोग गरेर आश्रम पुग्ने नेपाली तीर्थयात्रीलाई भारतीय सीमा सुरक्षा बलले निकै कडाइ गर्ने गरेका छन्।

बाटोमा पर्ने वाल्मीकि टाइगर रिजर्भ वनपोस्टमा टिकट नै काट्नुपर्ने र भारतीय सुरक्षा पोस्टमा ठाउँठाउँमा सोधपुछ हुने हुँदा नेपाली तीर्थयात्रीलाई सहजै आश्रममा पुग्न कठिन हुने गरेको र पुल निर्माण भएसँगै नेपालकै बाटो प्रयोग गरेर आश्रममा पुग्न सहज हुने र यसले त्रिवेणी र यस क्षेत्रको धार्मिक पर्यटनमा थप टेवा पु¥याउने अध्यक्ष गिरीले बताए। रासस
अर्को समाचार
वाल्मीकि आश्रम पुग्न पुल बन्यो, बाटो बनेन
१९ मंसिर २०७९
•
३ मिनेट पाठ
वाल्मीकि आश्रम पुग्न पुल बन्यो, बाटो बनेन
चितवनको वाल्मीकि आश्रम र नवलपरासी (बर्दघाट सुस्तापूर्व) त्रिवेणीधाम जोड्ने आकर्षक झोलुङ्गे पुल बनेको छ। नारायणी नदीमा बनेको यस पुललाई स्थानीयले लव–कुश झोलुङ्गे पुलको उपनाम दिएका छन्। यहाँ पुग्ने जोकोहीलाई यो पुलले आकर्षित गर्छ। पुल निर्माण सम्पन्न भएको करिब एक वर्ष भइसक्यो तर सञ्चालनमा आएको छैन।  




नेपालकै भू–भाग हुँदै चितवनको वाल्मीकि आश्रम पुग्न यो पुल निर्माण गरिएको हो तर पुल हुँदै चितवन प्रवेश गर्न निषेध गरिएको छ। पुलको चितवनतर्फ जाली लगाएर प्रवेश निषेध गरिएको छ । सूचनामा लेखिएको छ, ‘चितवन राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्न सख्त मनाही छ। जङ्गली जनावरबाट बचौँ र बचाउने हामी सबैको साझा दायित्व हो।’  

वाल्मीकि आश्रम प्रवेशका लागि बनाइएको पुलमा यसरी प्रवेश गर्न रोक लगाएपछि अहिले यो पुल घुम्ने र फोटो खिच्ने ठाउँ बनेको छ। अहिले दैनिक एक सयको हाराहारीमा मानिस घुम्नका लागि पुलसम्म पुग्ने गरेका छन्। पुल तर्न नपाउँदा निराश भएर फर्कनुपरेको स्थानीय नारायणप्रसाद उपाध्यायले बताए। ‘पुल जे प्रयोजनका लागि बनाइएको हो त्यसको काम नै भएन’ उनले भने, ‘अहिले यो ठाउँ घुम्ने ठाउँ मात्रै बनेको छ।’ चाँडै पुल तर्ने वातावरण बनाइदिए यहाँ पर्यटनको विकास हुने भन्दै उहाँले नेपाल हुँदै प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम पुग्ने सबै नेपालीको धोको पूरा हुने बताए।

नेपालीलाई चितवनको माडी नगरपालिका–१ मा पर्ने आश्रम पुग्न अहिले भारतीय भूमिको प्रयोग गर्नुपर्छ। गण्डकबाध तरेर झण्डै आठ किलोमिटर भारतीय भूमि हुँदै आश्रम पुग्न सकिन्छ। नेपालीलाई सहजरुपमा प्रवेश गर्न पनि दिइँदैन। त्यसैले यो पुल चाँडै सञ्चालनमा आइदिए आश्रम पुग्न सहज हुने स्थानीय रामचन्द्र चालिसेले बताए। अहिले झोलुङ्गे पुलको मुखैमा पसल सञ्चालनमा छन्। यहाँ घुम्न आउनेले यहाँको व्यापार बढाएको चालिसेले जानकारी दिए। पुलमा आएर फोटो खिच्ने क्रम बढ्दो छ। भारतको विहार, उत्तर प्रदेशबाट मान्छे यहाँ आएर फोटो खिचाउने गरेका उनले बताए।  

चितवन राष्ट्रिय निकुञ्जले व्यवस्थित बाटो र सुरक्षा पोष्ट नबनेकाले पुल सञ्चालनमा रोक लगाइएको जनाएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले पुल बने पनि सुरक्षा पोष्ट नबनेकाले अहिले सञ्चालनमा कठिनाइ भएको बताए। उनले सुरक्षाको दृष्टिकोणले निकुञ्जको कोर एरिया भएकाले सुरक्षा पोष्ट र पैदल रुट बनेपछि पुल सञ्चालन हुने जानकारी दिए। आचार्यले पैदलमार्ग निर्माणका लागि नगरपालिकाले बजेट विनियोजन गरेर निकुञ्जसँग समन्वय गरे चाँडै त्यो कामलाई अगाडि बढाउन सकिने बताए।  

यो पुल निर्माण हुन झण्डै नौ वर्ष लाग्यो। निर्माण कम्पनीसँग ०७० असारमा सम्झौता भएको थियो। दुई वर्षमा काम सक्ने गरी सम्झौता भए पनि यो पुल गत साउनमा मात्रै निर्माण पूरा भएको हो। पुलको लागत रु छ करोड ६० लाख हो। वातावरणीय प्रभाव मूल्याङ्कन नगरी पुल निर्माणको सम्झौता गरेका कारण सुरुमा काम गर्न समस्या निम्त्यिो। चितवन निकुञ्ज विश्व सम्पदामा सूचीकृत रहेकाले युनेस्कोसँग सहमति लिनुपर्छ। पछि युनेस्कोलाई पत्रचार गरेर सबै प्रक्रिया पूरा भएपछि बल्ल निर्माणको काम अगाडि बढेको हो। यसका लागि पूर्वरक्षासचिव आत्माराम पाण्डेले निकै नै दौडधुप गरेका थिए। पहिले सम्झौता भएको निर्माण कम्पनीले काम नगरेपछि चितवनका तारा पौडेलले पुल निर्माणको जिम्मा लिएका थिए। उनले निकै हण्डर खाएर जसोतसो पुल सम्पन्न गरेरै छाडेको बताए। ‘यो पुल बनाउँदा एक जना कामदार नदीमै खसे, बेलैमा उद्धार भएकाले जीवन जोगियो, पुलको लठ्ठा तान्न मात्रै सात महिनासम्म लाग्यो, यो पुल बनाउँदाको दुःख सम्झिएर साध्य छैन’, उनले भने, ‘यो पुल सञ्चालनमा आए वाल्मीकि आश्रम सहजै प्रवेश गर्न सकिन्छ। यहाँबाट आश्रमसम्म एक हजार सात सय मिटर बाटो बनाउनुपर्ने हुन्छ। रासस
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस