बाँके राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्र अन्तरगत पर्ने राप्ती नदीमा ‘दुर्लभ’ घडियाल छाडेको छ। विश्व सिमसार दिवसको अवसरमा नदीमा घडियाल छाडिएको हो।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित बाँसखोली गाउँको नदी किनारमा बिहीबार ८ वटा पोथी र २ वटा भाले गरी १० वटा घडियाल संरक्षणका लागि छाडिएको हो।
बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा करिव ८ वर्षसम्म हुर्काइएका वयस्क घडियाल बाँके ल्याइएको हो। बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भण्डारीले बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहलाई औपचारिक रुपमा घडियाल हस्तान्तरण गरेका थिए।
नदीमा गोही छाड्दै लुम्बिनी प्रदेशका मन्त्री केसीले घडियाल गोहीको संरक्षणसँगै पर्यटकलाई भित्र्याउने खालका कार्यक्रम ल्याउनुपर्ने बताइन्।
राप्ती सोनारी गाउँपालिका अध्यक्ष पौडेलले राप्ती सोनारीको समृद्धि र विकासका निम्ति पर्यटनलाई जोड्न जरुरी रहेको बताए। उनले भने, ‘हामी सबैको सहकार्यबाट संरक्षणका सवालमा अगाडी बढ्न जरुरी छ, नदीमा आश्रित समुदायको जिविकोपार्जन र संरक्षणको अभियान हासिल गर्न सकिन्छ।’

‘निकुञ्जको माध्यमबाट सिमसार क्षेत्रको कसरी संरक्षण गर्न सक्छौं, यहाँ घडियाल लाई हेर्ने निहुँमा पर्यटकलाई कसरी भित्र्याउन सक्छौं, यसतर्फ ध्यान पुर्याउन जरुरी छ’ केसीले भनिन्।बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले प्रकृति संरक्षणमा जोड दिदै घडियाल लाई प्राकृतिक बासस्थानमा ल्याएर छाडिएको बताए। गोही दुई प्रजातीको हुने जानकारी दिदै घडियाल गोही शान्त स्वभावको हुने बताए।
‘मगर प्रजातीको गोही भन्दा यो एकदमै शान्त स्वभावको हुन्छ, यसले मान्छेलाई आक्रमण गर्दैन, यसको आहारा नै माछा हो, सफा पानीमा मात्र यो बस्न रुचाउँछ,’ उनले भने।संरक्षित सूचीमा रहेको जन्तुका रुपमा रहेको घडियाल गोहीको शिकार गरेमा वा मारेको ठहर भएमा १ लाखदेखी ५ लाख सम्म जरिवाना वा एक वर्षदेखी १० वर्षसम्म कैद वा दुबै सजाय हुने ब्यवस्था रहेको बताए। ‘नदीमा आश्रिमत हुने समुदायका लागि नियम संगत रुपमा हामीले लाइसेन्स दिएका छौं, तर उनीहरु बल्छी लिएर मात्रै माछा मार्न पाउँछन्, नदीमा जाल प्रयोग गर्न पाउँदैनन,’ उनले भने ‘यदी जाल प्रयोग गरियो भने घडियाल संरक्षणमा बाधा पुग्नेछ।’