श्रीमानको हत्या गरेर सेफ्टी ट्याङ्कीमा शव लुकाउने महिलालाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार २०७४ पुस ३० गते आइतबार जाजरकोटको भेरी नगरपालिका–६ सिरनेकी भद्रकला कामीले लाठीले हानेर श्रीमान् काले कामीको हत्या गरेकी थिइन्।
श्रीमानको हत्या गरेर शवलाई शौचालयको सेफ्टी ट्याङ्कीमा लुकाएको सूचना प्रहरीले मंगलबार मात्रै थाहा पाएको थियो। सुराकीका आधारमा महिलाले पाँच वर्षअघि श्रीमानको हत्या गरेर शव सेफ्टी ट्याङ्कीमा लुकाएको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो।
प्रहरीले शौचालयको खाडल उत्खनन् गर्दा खप्पर, प्लाष्टिकको डोरीले बाँधिएको ज्याकेटसहित मानव कंकाल शौचालयको खाल्डोबाट बरामद गरेको हो। प्रहरीका अनुसार महिलाले श्रीमानको हत्या गरेर शवलाई शौचालयको खाल्डोमा पुरेपछि महिलाले गाउँलेहरूलाई आफ्नो श्रीमान् कालापहाड (भारत) गएको बताउने गरेकी थिइन्।
प्रहरीका अनुसार जेठो छोराले बुवाको बारेमा बारम्बार खोजतलास गर्न थालेपछि मात्रै घटनाबारे थाहा पाएको हो।

‘हत्यामा मृतककी श्रीमतीसहित तीन छोराको पनि संलग्नता देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख सन्तोष निरौलाले भने, ‘श्रीमती र एक छोरालाई पक्राउ गरेका छौं, बाँकी दुई छोराहरू फरार छन्।’डिएसपी निरौलाका अनुसार २०७४ पुस ३० गते दिउँसो नै श्रीमान्-श्रीमतिबीच झगडा सुरु भएको थियो। दिउँसो घरमै मदिरा सेवन गरेका उनी साँझ फेरि गाउँबाट मदिरा सेवन गरेर आएका थिए।
‘साँझ मदिरा सेवन गरेर आएपछि लाठीले कुट्न थाले, मैले त्यहीँ लाठी खोसेर टाउकोमा हान्दा पहिलो तलाबाट उहाँ आँगनमा खस्नुभयो,’ पक्राउ परेकी महिलाले प्रहरीलाई दिएको बयानमा भनेकी छन्, ‘रिसको झोकमा आँगनमा आएर पनि लाठीले हानेकी हुँ।’आमाले बुवालाई लाठीले हान्दा तीन जना छोराहरूसँगै थिए। जेठा छोरा मात्रै गाउँमा थिएनन्। प्रहरीका अनुसार घाइते कालेलाई श्रीमाती र छोराहरूले बोकेर कोठामा पुर्याएका थिए।
‘फेरि व्युझिएपछि कुटपिट गर्छन्, आज यहाँ नबसौँ भन्नुभयो,’ पक्राउ परेका छोराले बयानमा भनेका छन्, ‘राति बुवालाई कोठामै छोडेर छिमेकीको घरमा सुत्न गयौँ।’प्रहरीका अनुसार बिहान घर आउँदा कालेको मृत्यु भइसकेको थियो। त्यसपछि भद्रकलाले तीन छोराहरूसँग शव व्यवस्थापनका बारेमा सल्लाह गरिन्।
‘तिमीहरू सानै छौं, म जेल गएँ भने तिमीहरूलाई समस्या हुन्छ,’ भद्रकलाले छोराहरूलाई भनिन्, ‘दाइले र गाउँलेले सोधे कालापहाड गएको बन्नु, शव शौचालयको खाल्डोभित्र हालौँ।’आमाको सल्लाह अनुसार तीन वटै छोराहरू मिलेर शरीरमा डोरी बाँधेर लासलाई कोठाबाट घिसारेर शौचालयको ट्याङ्कीमा हालेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जेठो छोराले बुवाको बारेमा बारम्बार खोजतलास गर्न थालेपछि मात्रै घटनाबारे थाहा पाएको हो।