इन्टरनेसनल मनी एक्सप्रेस (आइएमई)को नाममा झण्डै २ करोड रुपैयाँ ठगी गरेर सनराइज मल्टिट्रेड सेन्टरका सञ्चालक रमेश पोख्रेल फरार भएका छन्। पोख्रेल सम्पर्कविहीन हुँदा सयभन्दा बढी सर्वसाधारणको लाखौं रुपैयाँ डुबेको छ।
वैदेशिक रोजगारीमा गएका युवाले घरका लागि पठाएको रकममात्र होइन, बैंक खाता खोलेर रकम जम्मा गरिदिने भन्दै पोख्रेलले प्रतिव्यक्ति १० हजारदेखि १४ लाख रुपैयाँसम्म ठगी गरेको पीडितको गुनासो छ। सञ्चालक सम्पर्कविहीन भएको र मनी ट्रान्सफरको कार्यालयसमेत ७ महिनादेखि बन्द रहेपछि पीडितहरू न्याय खोज्दै सदरमुकाम आएका छन्। उनीहरूले डुबेको रकम फिर्ताका लागि प्रहरी गुहारेका छन् भने पत्रकारहरूलाई पीडा सुनाएका छन्।
पीडितका अनुसार पोख्रेलले कहिले ‘क्यास छैन’, कहिले ‘सिस्टम डाउन छ’, कहिले ‘सर्भर चलेको छैन’ भन्दै ग्राहकलाई अपुरो पैसा दिएर पठाउने गरेका थिए। उनले कतिपय ग्राहकलाई १ लाख रुपैयाँभन्दा बढी रकम नगद झिक्न नमिल्ने भन्दै आफैं बैंक खाता खोलिदिने र खातामा जम्मा गरिदिने आश्वासन दिएका थिए। कतिपयलाई ‘भरे म पैसा घरमै ल्याइदिन्छु’ भनेर फर्काउने गरेका थिए। तर, उनले सयौं ग्राहकमध्ये कतिपयको खाता खोलेको र कतिपयको नखोलेको सूर्याेदय नगरपालिका–४ का विनोद गिरीले बताए। ‘कतिपयको खाता खोलिएछ तर पैसा जम्मा भएनछ,’ गिरीले भने, ‘कतिपयको चाहिँ खातै खोलिएको रहेनछ भने कतिपय ग्राहकलाई अहिले पनि कुन बैंकमा आफ्नो खाता खोलिएको छ भन्नेसम्म थाहा छैन।’
गिरीले सेन्टरकै सञ्चालक रहेका मनोज (श्याम) खड्काले आइएमई लाइफ इन्स्युरेन्सका लागि लिएको प्रिमियम रकमसमेत ठगी गरेको आरोप लगाए। ‘मैले १६ हजारका दरले खड्कालाई ४ किस्ता बुझाएको थिएँ तर २ किस्तामात्रै जम्मा गरिएछ,’ उनले भने, ‘मैले एजेन्टलाई हातमा पैसा थमाइदिएँ, अहिले प्रमाण छैन भनेर पन्सिँदैछन्।’ पोख्रेल फरार भएपछि खड्का भने पोख्रेलकै कारण आफूसमेत ‘फसेको’ बताइरहेका छन्।
सूर्याेदय नगरपालिका–१४ का छविलाल आचार्यले पोख्रेलले पटक–पटक गरी आफ्नो १४ लाख रुपैयाँ ठगेको बताए। ‘छोराले साउदी अरेबियाट पठाएको पैसा लिन आइएमई जाँदा प्रत्येक पटक पैसा आएको थाहा भयो तर ग्लोबल आइएमई बैंकमा खाता खोलेर जम्मा गरिदिन्छु भनेर भुक्तानी दिएनन्,’ आचार्यले दुखेसो पोखे, ‘आफू त खातामा रकम जम्मा हुँदैहोला भनेर भर परियो, पछि बैंकमा बुझ्दा खातामा १ रुपैयाँ पनि रहेनछ। छोराले खाडीमा वर्षाैं बगाएको पसिना स्वाहा भयो।’
सूर्याेदय १४ कै तेजबहादुर राईले मलेसियाबाट यही आइएमईमा पटक–पटक गरी १६ लाख ५५ हजार रुपैयाँ पठाए। तर, आइएमईले घरमा रहेकी राईकी पत्नी बिनाकुमारीलाई १२ लाख ९० हजार रुपैयाँको मात्रै बिल (चिल्कटो) दिएको छ। ‘आइएमईले दिएको चिल्कटो पनि प्रहरीले प्रमाणका रूपमा लिन नसकिने बताउन थालेको छ,’ तेजबहादुरले भने, ‘मैले विदेशमा हातखुट्टा खियाएको सबै रकम डुब्यो।’ आइएमई सञ्चालक पोख्रेलले बैंक खाता खोलेर राखिदिन्छु भनेपछि पत्नीले आइएमईमै पैसा छाडिदिएको तर जम्मा नगरिदिएको उनले बताए। ‘लाखको दरमा आइएमईमा रकम पठाएपनि पोख्रेलले अन्तिमको शून्य अंक नै नलेखेको चिल्कटो पत्नीलाई दिएका रहेछन्,’ तेजबहादुरले भने, ‘बैंकमा खाता खोलिएको भनेपछि त्यहीं जम्मा गर्न पत्नीले तरकारी बेचेर समेत २७ हजार रुपैयाँ उनै पोख्रेललाई दिएकी थिइन्, त्यो पैसा पनि जम्मा भएनछ।’
सूर्याेदय १३ का मनबहादुर बस्नेतले ज्वाइँले साउदी अरेबियाबाट पठाएको ६ लाख रुपैयाँमध्ये छोरीको हातमा ३ लाखमात्रै परेको बताए। रोङ गाउँपालिकाको शान्तिपुरका खगेन्द्र निरौलाले उनकी पत्नी लक्ष्मीलाई पठाएको पैसा पोख्रेलले बैंक खाता खोलेर राखिदिन्छु भनी झुक्याएको मनबहादुरले जनाए। ‘मेरी छोरी लक्ष्मी अहिले काठमाडौंमा उपचार गराइरहेकी छिन्,’ मनहादुरले भने, ‘पतिले पठाएको पैसा पत्नीको हातमा नपर्दा घरझगडा हुने अवस्था आएको छ।’
रोङ गाउँपालिका ३, कोल्बुङका गंगाराम सुनुवारका एउटी छोरी कुबेत र अर्की साउदी अरेबियामा काम गर्थे। उनीहरूले घरका लागि पठाएको पैसा आफूले लिनै नपाएको गंगारामले सुनाए। बैंकिङ कारोबार कहिल्यै नगरेका गंगारामलाई पनि यो आइएमईले खाता खोलेर रकम जम्मा गरिदिने भन्यो। ‘दुवै छोरीहरूले १० लाख ८७ हजार रुपैयाँ पठाएका रहेछन् तर खाता खोलेर राखिदिने भनिएको पैसा अहिले न खातामा छ, न पैसा बुझ्ने मान्छे नै सम्पर्कमा छ,’ गंगारामले भने, ‘कमाएकोजति पैसा आइएमईले नै खाइदियो, दुवै छोरीलाई अब मैले के जबाफ दिने ?’
आइएमई सञ्चालक सूर्याेदय–४ का पोख्रेल गत साउन २३ यता सम्पर्कविहीन छन्। उनले सयभन्दा बढी सर्वसाधारणको २ करोडभन्दा धेरै रकम हिनामिना गरेको अनुमान सूर्याेदय–८ का अर्का पीडित तपन श्रेष्ठले बताए। ‘हामीजस्ता करिब सय सर्वसाधारणको रकम डुबेको छ,’ उनले भने, ‘फर्केर आएर पैसा तिर्लान् कि भनेर बाटो हेरियो, उपाय नचलेपछि प्रहरीकहाँ उजुर गर्न आएका हौं।’ उनले साउन १९ तिरै आइएमईमा आफ्नो २ लाख रुपैयाँ आएको तर पोख्रेलले बैंक खाता खोलिदिने आश्वासनले पैसा अड्काइदिएको बताए। ‘आइएमईमा मेरो पैसा आएको केही दिनपछि पोख्रेल नै बेपत्ता भए,’ श्रेष्ठले भने।