सिरहा प्रहरीले नवराजपुर गाउँपालिका - २ मझौराबाट लागूऔषध ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको छ।
सोही ठाउँका ओमप्रकाश यादवको घरमा छापा मारेर प्रहरीले ब्राउन सुगर जस्तो देखिने सेतो पदार्थ २८ ग्रामसहित ९ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ओमप्रकाश यादव, २२ वर्षीय अमित कुमार यादव, २५ वर्षीय देवराम कुमार यादव, लहान नगरपालिका - १२ का ५१ वर्षीय मदन कुमार चौधरी, २३ वर्षीय नरसिंह चौधरी, लहान नगरपालिका - ५ का २७ वर्षीय इरफान हुसेन, लहान नगरपालिका-१ का १९ वर्षीय कृष्णा पासमान, सप्तरीको शम्भूनाथ नगरपालिका - १२ अर्नाहाका २३ वर्षीय रमेश पासमान र सप्तरीकै शम्भूनाथ नगरपालिकाका - २२ वर्षीय सुरेश कुमार पासमान छन्।
पक्राउ परेकाको साथबाट डिजिटल मेसिन १ थान, मोबाईल ८ थान, मोटरसाईकल ४ थान र नगद ४ हजार ८८५ रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ।