लागू औषध ब्राउनसुगरसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय, लागू औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले चार सय ४० मिलिग्राम लागू औषध र नगद रुपैयाँसहित वीरेन्द्रनगर–३ को गण्डकी टोलबाट मालती बैगारलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी सुरज कार्कीका अनुसार माइती घरमा आएकी २८ वर्षीय बैगारलाई लागू औषधसहित ८४ हजार एक सय रुपैयाँ र दुई वटा मोबाइलसहित पक्राउ गरिएको हो। ‘वीरेन्द्रनगर–३ को गण्डकी लाइनमा रहेको हिरा बैगारको घरमा लागू औषधको कारोबार भइरहेको सूचनाका आधारमा प्रदेश प्रहरी, लागू औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयबाट गएको संयुक्त टोलीले चार सय ४० मिलिग्राम लागू औषधसहित नगद र मोबाइल बरामद गरेका छौं,’ प्रवक्ता कार्कीले भने, ‘बैगारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं।’