पोखरामा आत्मदाहको प्रयास गर्दा दुईजना घाइते, एकको अवस्था गम्भिर
१५ माघ २०७९
•
१ मिनेट पाठ
पोखरामा आत्मदाहको प्रयास गर्दा दुईजना घाइते, एकको अवस्था गम्भिर
पोखरामा आफैलाई आगो लगाएर ज्यान फाल्ने प्रयास गर्दा एकजना महिला र अर्का एकजना पुरुष गरि दुईजना  घाइते भएका छन्। पोखरा महानगरपालिका–१३, काँहुखोलामा आगलागीले जलिरहेका दुइजनालाई प्रहरीले उद्धार गरेर उपचारार्थ अस्पताल पु¥याएको थियो। आगो लगाएर जल्नेमा एकजना महिला र अर्का एकजना पुरुष रहेका छन्।




कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक सुवास तिमिल्सेनाका अनुसार आत्मदाहको प्रयास गर्दै आफ्नै शरिरमा आगजनी गरेको अवस्थामा उनीहरुलाई प्रहरीले उद्धार गरेको हो। आगोले जलिरहेको बेला उनीहरुलाई उद्धार गरेर अस्पताल पु¥याइएको उनले बताए।  

‘पुरुषले पहिला शरिरमा आगो लगाएको देखिएको छ। त्यो आगो निभाउन जाने क्रममा महिला पनि जल्न पुगेकी हुन,’ उनले भने, ‘आफैले आफैलाई आगो लगाउनुको कारण खुलेको छैन।’ आफैले आफैलाई आगजनी गरेका उनीहरु फरक परिवारका सदस्य रहेको प्रहरीले बताएको छ। गोपनियताका लागि प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन।  

आगलागीबाट जलेका दुवैजनाको अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। अस्पतालका एकजना चिकित्सकका अनुसार महिलाको अवस्था गम्भिर छ। महिलाको करिब ९० प्रतिशत भाग जलिसकेको ती चिकित्सकले बताए। पुरुषको भने करिब २५ प्रतिशत मात्र भाग जलेको छ।

‘महिलाको अवस्था गम्भिर हो, पुरुष बोल्न सक्ने अवस्थामा छन,’ ती चिकित्सकले भने। ती चिकित्सकले पनि पहिला पुरुषले आफुलाई आगो लगाएको र महिलाले निभाउन जाने क्रममा महिलाको शरिरमा आगो सल्केको थियो।  

पोखरा–१३ का अध्यक्ष किरण बरालका अनुसार आगजनीमा परेकी महिलाको घरमा पुरुष भाडामा बस्दै आएका थिए। ‘प्रहरीले अनुसन्धान गरिरहेको छ। घाइतेको उपचार भईरहेको छ,’ बरालले भने, ‘पेट्रोल छर्केर आगजनी गरेको बुझिएको छ। आगलागीको कारण खुलेको छैन।’
अर्को समाचार
माइतीघरमा नागरिकता माग्दै युवकले गरे आत्मदाहको प्रयास
३० जेष्ठ २०८०
•
१ मिनेट पाठ
माइतीघरमा नागरिकता माग्दै युवकले गरे आत्मदाहको प्रयास
नागरिकताको माग गर्दै काठमाडौंको माईतीघरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन्। मंगलवार काठमाडौंको माईतीघर मण्डलामा नागरिकताको माग गर्दै आत्मदाहको प्रयास गरेका हुन्।




जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागकिरता विधेयकमाथि सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको थियो।

सोही क्रममा एक युवकले मंगलवार आफैँलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन्। आत्मदाह प्रयास गर्नेमा मोरङ कटहरीका निरजकुमार कामत रहेका छन्। उनी नागरिकताविहीन संघर्ष समितिका सदस्यसमेत हुन्।  

आत्मदाहको प्रयासपछि माईतीघर मण्डालमा सर्वोच्च अदालत र सरकारको बिरोध भएको छ। उनीहरुले सर्वोच्च अदालतले आफूहरुलाई न्याय नदिएसम्म काठमाडौंमा आन्दोलन गरेर बस्ने चेतावनी दिएका छन्।

आफूमाथि पेट्रोल खन्याएपछि प्रहरीले उनको उद्धार गरेर ट्रमा सेन्टर लगेको छ।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस