बागलुङको काठेखोलाले दीर्घरोगीलाई जीवन निर्वाह खर्च दिने
०९ माघ २०७९
•
४ मिनेट पाठ
बागलुङको काठेखोलाले दीर्घरोगीलाई जीवन निर्वाह खर्च दिने
बागलुङको काठेखोला गाउँपालिका अध्यक्ष राजु थापा।
जिल्लाको काठेखोला गाउँपालिकाले दीर्घरोगीहरुलाई जीवन निर्वाह खर्च दिने भएको छ।काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले १२ औं गाउँसभामा समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाले दीर्घरोगीहरुको लगत संकलन गरी उनीहरुलाई जीवन निर्बाहका लागि प्रति महिना ५ हजार रुपैयाँ भत्ता स्वरुप प्रदान गर्ने व्यवस्था गरिएको जानकारी दिए।गाउँपालिका भित्र रहेका सबै दीर्घरोगीहरुलाई यो सेवा उपलब्ध गराईने उनको भनाई छ।




थापाले गाउँपालिकाका नागरिकलाई प्राकृतिक प्रकोपको रुपमा रहेको चट्याङको प्रकोपबाट बचाउनका लागि प्रदेश सरकारसंगको सहकार्यमा चट्याङबाट हुने क्षति न्यूनिकरण गर्ने परियोजना सञ्चालन थालिएको बताए।अध्यक्ष थापाले गाउँपालिका भित्र सञ्चालन भैरहेको सवारी साधनको भाडा समायोजनका लागि छलफल सुरु गरिएको, काठेखोलाको गौरबको आयोजनाको रुपमा रहेको पाला,धम्जा, तंग्राम सडक, बिहुँ, अक्षेते र तंग्राम जोड्ने सडकको स्तरोन्नीको काम अगाडि बढेको बताए।अध्यक्ष थापाले यस आर्थिक वर्षमा ११ वटा विद्येयकहरु तयार गरिएको, ५८४ जना किशोरीहरुका लागि आत्मरक्षा तालिम प्रदान गरिएको, किसान सूचीकरणका लागि गणनाको तयारी गरिएको गाउँसभामा जानकारी गराए।

उक्त गाउँसभाले आर्थिक वर्ष २०७९÷०८० को संशोधित बजेट पारित गरेको छ।काठेखोला गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापा तिलकले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷०८० को संशोधित बजेट गाउँसभाले पारित गरेको हो।गत असारमा सम्पन्न गाउँसभामा संघीय सरकारबाट प्राप्त हुने ४८ करोड ४४ लाख ४५ हजार, प्रदेश सरकारबाट २ करोड ९१ लाख ७८ हजार, आन्तरिक स्रोतको ४० लाख, मालमोततर्फ ५ लाख र संचितकोषमा ३ करोड १० लाख गरी कुल ५४ करोड ९१ लाख २३ हजारको बजेट पारित गरेको थियो।अहिले राष्ट्रपति शैक्षिक सुधार र अर्थिङ लगायतको बजेट थपिएर आएकाले गाउँपालिकाको कुल बजेट ५७ करोड ८७ लाख ४० हजार दुई सय ४३ रुपैयाँ पुगेको गाउँपलिका उपाध्यक्ष थापाले बताए।

गाउँपालिकाको चालु बजेट ३३ करोड ६५ लाख १७ हजार दुई सय ४३ र पूँजीगततर्फ २४ करोड २२ लाख २३ हजार रुपैयाँ रहेको छ।चालु बजेटको ४५.९५ प्रतिशत र पूँजीगततर्फ ६.७५ प्रतिशत मात्रै बजेट खर्च भएको छ।आर्थिक वर्षको पहिलो ६ महिनामा गाउँपालिकले आर्थिक विकासतर्फ १३.४३ प्रतिशत, सामाजिक विकासतर्फ ५.३३ प्रतिशत, पूर्वाधार विकासतर्फ ५.७२ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ६.८७ प्रतिशत र कार्यालय सञ्चालनमा १३.२६ प्रतिशत वित्तीय प्रगति भएको छ।गाउँपालिकाले ६ महिनाको अवधीमा कुल ४५ वटा शिर्षकबाट २९ लाख ९३ हजार एक सय २३ रुपैयाँ कर संकलन गरेको छ।

गाउँपालिकाले आर्थिक विकासतर्फ कृषि तथा पशुमा २१.०९ प्रतिशत, उद्यम विकासको १५.५ प्रतिशत, सहकारीको १२.५ प्रतिशत वित्तीय प्रगति भएको छ।सामाजिक विकासतर्फको शिक्षा युवा तथा खेलकुदमा ५७.०९ प्रतिशत, स्वास्थ्यमा ४१.५ प्रतिशत, महिला बालबालिका ज्येष्ठ नागरिक ७४.४५ प्रतिशत वित्तीय प्रगती भएको गाउँपालिकाले जनाएको छ।चालु आर्थिक वर्षमा काठेखोला गाउँपालिकामा कुल ३३९ योजनामध्ये जम्मा १५४ वटा योजना सम्झौता भएको छ।सम्झौता भएकामध्ये २१ वटा योजना मात्रै निर्माण सम्पन्न भएका छन्।प्रदेश तथा संघीय निर्वाचनका कारण योजना सम्झौता तथा कार्यान्वयनमा ढिलाई भएको गाउँपालिकाले जनाएको छ।

१२ औं गाउँसभाले समपुरक कोषको एक करोड ४० लाख र संचित कोषको दुई करोड ५ लाख गरी कुल तीन करोड ४५ लाख बजेट विनीयोजन गरिएको छ।उक्त बजेटबाट २४ वटा योजना सम्बोधन गरिएको उपाध्यक्ष थापाले बताए।गाउँसभाले विभिन्न विद्येयकहरु पारित गरेको छ।गाउँसभामा सामाजिक विकास समिति संयोजक खडक थापाले गाउँ शिक्षा विद्येयक तथा स्वास्थ्य तथा सरसफाई विद्येयक, आर्थिक विकास समिति संयोजक लक्ष्मण पुनले कृषि विकास विद्येयक, सहकारी ऐन सभामा प्रस्तुत गरे।

उपाध्यक्ष तेजबहादुर थापाले आर्थिक ऐन, राजस्व व्यवस्थापन ऐन, विपद व्यवस्थापन समिति संयोजक ज्ञामनाथ कँडेलले वन वाताबरण तथा विपद् व्यवस्थापन विद्येयक, पूर्वाधार विकास समिति संयोजक परमानन्द कँडेलले पूर्वाधार विकास विद्येयक, कार्यपालिका सदस्य सुन्तली विकले तथ्याङ्क तथा अभिलेख विद्येयक र कार्यपालिका सदस्य एवं गाउँपालिकाका प्रवक्ता टिका संगम विकले आर्थिक कार्यविधि तथा नियमित गर्न बनेको ऐन गाउँसभामा प्रस्तुत गरेका थिए।गाउँसभाले बजेट संशोधन विद्येयक सहित विभिन्न १२ वटा विद्येयक र ऐनहरु पारित गरेको गाउँपालिकाका प्रवक्ता टिका संगम विकले जानकारी दिए।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
३८ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस