आठ महिनाको अन्तरमा सञ्चालनमा आएका भैरहवाको गौतम बुद्धर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो ट्राफिक चाप घटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। काठमाडौंमा अन्तर्राष्ट्रिय उडानर अवतरणमा समस्या हुँदा ती दुवै विमानस्थल विकल्प बन्न सक्ने बताइन्छ।
एसियाली विकास बैंक, ओपेक फन्डर नेपाल सरकारको गरी साढे ९ अर्बको लगानीमा बनेको भैरहवा विमानस्थल गत जेठमा उद्घाटन गरिएको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋणर अनुदानमा निर्माण भएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गत पुस १७ गते गरेका हुन्।
नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानअन्तर्गतको जहाज शुक्रबार बिहान भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन सकेन। त्यसपछि विमान ‘डाइभर्ट’ भयो। काठमाडौंको विकल्प भनिएका पोखरार गौतम बुद्ध विमानस्थलको सट्टा उक्त विमान भारतको कोलकाता पुग्यो।
उक्त विमान कोलकाता गएपछि सामाजिक सञ्जाल विभिन्न प्रतिक्रिया व्यक्त भएका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताले काठमाडौंमा अवतरण हुन नसकेको अन्तर्राष्ट्रिय उडान नेपालभित्र नैरहेका अन्य दुई अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण किन नभएको वा हुन नसकेको भनेर प्रश्न उठाइरहेका छन्। त्यसमा पनि नेपाल सरकारको स्वामित्वमारहेको निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा अवतरण गर्न नसकेपछि पोखरार गौतम बुद्ध विमानस्थलमा अवतरणको प्रयास नगरी सिधै कोलकाता गएकोमा धेरैले आपत्ति जनाएका छन्।
के भएको थियो?
काठमाडौंमा शुक्रबार बिहान बाक्लो हुस्सु लागेका कारण हवाई सेवा प्रभावित बन्यो।
हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानयोग्य भिजिबिलिटी (दृश्यता) नहुँदा झन्डै मध्याह्न १२ बजेसम्मका उडानर अवतरण प्रभावित बने। त्रिभुवन विमानस्थलमा अवतरणका लागि आएका दुईवटा जहाज आवश्यक भिजिबिलिटी नहुँदा ‘डाइभर्ट’ भए। त्यसमध्ये एउटा आन्तरिक उडानअन्तर्गतको विमान थियो भने अर्को अन्तर्राष्ट्रिय उडान। आन्तरिक उडानतर्फ नेपालगन्जबाट काठमाडौं आएको श्री एअरलाइन्सको जहाज थियो, जसलाई डाइभर्ट गरी झापाको भद्रपुर विमानस्थलमा अवतरण गर्न पठाइयो। उक्त जहाजमा चालकदलसहित ५२ यात्रु थिए।
अन्तर्राष्ट्रियतर्फ नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१६ को ‘ए ३२० न्यारोबडी’ जहाज थियो। मलेसियाको क्वालालम्पुरबाट १४७ जना यात्रु बोकेको उक्त जहाज बिहान ८ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि आएको थयो। तर आवश्यक भिजिबिलिटी नभएपछि उक्त जहाज भारतको कोलकाता डाइभर्ट गर्नुपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले बताए। उनले भने, ‘बिहान काठमाडौंको भिजिलिबिटी १५ सय मिटरभन्दा कम थियो। त्यसैले त्यो जहाज बस्न नसकेकाले डाइभर्ट गर्नुपरेको हो।’
यसबाहेक भारतबाट आएका दुईवटा जहाज पनि लामो समय आकाशमा होल्डमारहे। एअर इन्डियार भिस्तरा एअरका दुईवटा जहाजसहित केही आन्तरिक उडानका जहाज होल्डमा परेका थिए। काठमाडौंको आकाश १० बजेपछि मात्रै बिस्तारै खुल्न थालेको थियो। १० बजेपछि भिजिबिलिटी १६ सयको आसपास पुगेकाले ‘आइएफआर’ विधिबाट उडानर अवतरण गर्न थालियो। विज्ञका अनुसार आइएफआरमा १६ सय देखि २२ सयसम्मको भिजिबिलिटीमा उडानर अवतरण गर्न सकिन्छ। ‘भिएफआर’का लागि पर्याप्त हुनेगरी भने दिउँसो १२ बजेपछि मात्रै आकाश खुलेको थियो। जसका लागि ३ किलोमिटर बढी भिजिबिलिटी चाहिन्छ। भिएफआरमा पाइलटले दृश्य हेरेर जहाज उडानर अवतरण गर्छन्।
बिहान कोलकाता डाइभर्ट भएको नेपाल वायुसेवा निगमको जहाज काठमाडौंको आकाश खुलेपछि दिउँसो २ बजे कोलकाताबाट फर्किएको थियो। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले शुक्रबार काठमाडौं जस्तै भैरहवामा पनि भिजिबिलिटी कम भएकाले त्यहाँ जहाज पठाउन नसकिएको बताए। ‘काठमाडौंमा अवतरण हुन नसक्दा भैरहवामा अवतरण गराउन सकिने विकल्प हुन्छ,’ उनले भने, ‘तर आज बिहान त्यहाँ पनि भिजिबिलिटीको समस्यारह्यो। त्यसैकारण जहाज अवतरणका लागि कोलकाता पठाउनुपरेकोरहेछ।’
यही कुरा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले पनि बताए। उनले भने, ‘भैरहवामा अहिले बिहानर साँझ बाक्लो कुहिरो लाग्छ। कुहिरोकै कारण भैरहवाबाट सेवा दिइरहेको जजिरा एअरलाइन्सले पनि अहिले उडान काठमाडौंबाटै भरिरहेको छ।’
प्राधिकरणका प्रवक्ता निरौलाले शुक्रबार कोलकाता पुगेको जहाज पोखरामा पनि अवतरण गर्न सक्ने अवस्था नभएको बताए। उनले भने, ‘पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि आइएफआर प्रविधि जडान नभइसकेकाले त्यहाँ अवतरण गर्न नमिल्ने अवस्था छ।’ फेब्रुअरी २६ सम्म पोखरामा आइएफआर जडान भइसक्ने उनले बताए। त्यसपछि सामान्य अवस्थामा काठमाडौंमा ट्राफिक जाम हुँदा वा यस्तै प्राकृतिक समस्या हुँदा भैरहवार पोखरामा अन्तर्राष्ट्रिय उडान डाइभर्ट गर्न सकिने प्राधिकरणका प्रवक्ता निरौलाले बताए। ‘त्यसपछि मज्जाले उता पनि अवतरण हुन सक्छन्। सस्तो पनि हुन्छ,’ उनले भने। क्षमताका हिसाबले भैरहवा विमानस्थल काठमाडौंको जस्तैरहेकोर पोखरामा पनि न्यारोबडी जहाज सजिलै उडानर अवतरण गर्न सक्ने उनले बताए।