किराँती समुदायको नयाँ वर्ष ‘यले दुङ (किरात संबत) ५०८३’ सुरु भएको छ।
प्रथम किराँती राजा यलम्बर हाङको राज्यकालदेखि चलिआएको यो संबत पुस अन्त्य सकिएर माघ १ गतेदेखि नयाँ वर्ष सुरु हुने मान्यता छ।
थारु समुदायको माघी, मगर समुदायको माघे संक्राती र नेवार समुदायको चाकु पर्वकै समय किराँती समुदायको नयाँ वर्ष पनि हो। जस अनुसार नेपाली संबत २०७९ को पुस अन्त्यसँगै यले संबत ५०८२ समाप्त भएर माघ १ गतेदेखि ५०८३ नयाँ वर्ष सुरु भएको किरात राई यायोक्खाले जनाएको छ।
यायोक्खाका अनुसार काठमाडौं खाल्डोमा २९७० वर्षसम्म शासन गरेका किराँती राजालाई लिच्छवी वंशले पराजित गरेर शासन सत्ता हातमा लिएका थिए। इतिहास अनुसार यलम्बर हाङबाट सुरु भएको किराँती शासन हाङ जिते दस्तीको पालामा आएर समाप्त भएको हो।
‘राज्यले किरातीहरुको सबै लिखित दस्ताबेजहरु नष्ट गरेर प्रचलनमा ल्याउन दिएन, तर पनि गोप्यरुपमा प्रयोग र चलनमा ल्याउन छाडेनन्’ यायोक्खाका पूर्व उपाध्यक्ष ज्ञानबहादुर राई भन्छन् ‘लिपीमाथि बन्देज थियो तर भाषा, संस्कार र संस्कृतिहरू चाहिँ मौखिक रुपमा पुस्तान्तरण गर्दै अहिलेसम्म कायम रहेको छ।’
‘प्रजातन्त्रले दिएको पहिचानको सुरुवातीकाललाई माओवादीको १० वर्षे जनयुद्धकालले सतहमा ल्यायो’ त्रियुगा जनता क्याम्पस गाईघाटका प्राध्यापक भाषा शास्त्री डा. कैलाश राई भन्छन् ‘जनयुद्धकालको पहिचान अभियानलाई सङ्घीयतासम्म आईपुग्दासम्म बामे सार्दै पाइला चाल्ने अवस्थासम्म आईपुगेको छ।’
दशकअघि नेपाल प्रज्ञा प्रतिष्ठानले किरात संबतको इतिहास र चलनबारे खोज अनुसन्धान कार्य गर्दा प्राप्त तथ्य अनुसार यो संबत सतहमा आएको उनी बताउँछन्। त्यसपछि निरन्तर अनुसन्धान भइरहेको भए पनि निष्कर्ष निकाल्न बाँकी रहेको यायोक्खाले पनि जनाएको छ।
हुन त सर्वस्वीकार्य चाडको रूप हो माघ १ गते। हिन्दुले मकर नुहाउने, थारुले माघी मनाउने, नेवार, मगरले संक्राती भनेर आआफ्नो तरिकाले मनाउने यो दिनलाई किराँती समुदायले नयाँ वर्षसँगै माघे सक्राती भनेर पनि मनाउँदै आएको छन्।
खास गरी गैर हिन्दु समुदायले पनि यो चाडलाई उत्तिकै महत्त्व दिएको पाइन्छ। किराँती समुदायमा भने साकेला उँधौलीको अन्त्यमा आउने यो चाडमा छोरी चेली माइती आउने, जमघट गरेर मिठा परिकार बनाएर रमाई रमाई खाने प्रचलन रहिआएको यायोक्खा उदयपुरकी अध्यक्ष गंगा राई बताउँछन्।
नयाँ संबतको अवसरमा यले दुङ ५०८३ लाई स्वागत गर्दै उदयपुर सदरमुकाम गाईघाट, चौदण्डीगढीको बेलटार, बसाहा, बेलकाको रामपुर, कटारीको कटारी बजारलगायत बिभिन्न ठाउँमा शनिबार साँझ दीप प्रज्वलन गरिएको छ।
यायोक्खाको आयोजनामा नयाँ संबतलाई स्वागत गर्दै दीप प्रज्वलन, अन्तरक्रिया र शुभकामना आदान प्रदान कार्यक्रम गरिएको अध्यक्ष राईले बताएकी छिन्।

महिशपाल वंशी शासकलाई हराएर झण्डै ३ दशक लामो शासन गरेका किराँती शासन लिच्छवि वंशीहरूले पराजित गर्दै सत्ता हातमा लिएपछि अन्त्य भएको इतिहास छ।शासन अन्त्यसँगै किराँती राजाहरूले अवलम्बन गरिआएका राजनीतिक, सांस्कृतिक, धार्मिक, सामाजिक र व्यवहारिक गतिविधिहरूमाथि एकपछि अर्को बन्देज लाग्दै आयो। धेरै कुरामाथि राज्यले बन्देज लगाए पनि किरातीहरुले आफ्नो लिपी, भाषा, संस्कार र परम्परा भने छाडेनन्।
‘राज्यले किरातीहरुको सबै लिखित दस्ताबेजहरु नष्ट गरेर प्रचलनमा ल्याउन दिएन, तर पनि गोप्यरुपमा प्रयोग र चलनमा ल्याउन छाडेनन्’ यायोक्खाका पूर्व उपाध्यक्ष ज्ञानबहादुर राई भन्छन् ‘लिपीमाथि बन्देज थियो तर भाषा, संस्कार र संस्कृतिहरू चाहिँ मौखिक रुपमा पुस्तान्तरण गर्दै अहिलेसम्म कायम रहेको छ।’
यायोक्खाले पछिल्लो समय किराँती समुदायको पहिचानयुक्त गतिविधिहरू गर्दै आएको छ। चिच्छबी वंशीले सुरु गरेको बन्देजको सिलसिला शाहकाल, राणा शासन हुँदै पञ्चायतसम्म कायम थियो।०४६ मा पञ्चायतको अन्त्य र बहुदल प्राप्तिपछि किराँती पहिचानका अवयवहरु बिस्तारै सतहमा आउन थालेको राई बताउँछन्। देशमा प्रजातन्त्र आएपछि मौलिक हक अधिकारको कुरा उठ्ने क्रममा किराँती समुदायले पनि आफ्ना मौलिक गतिविधिहरू गर्न थालेको हो।
‘प्रजातन्त्रले दिएको पहिचानको सुरुवातीकाललाई माओवादीको १० वर्षे जनयुद्धकालले सतहमा ल्यायो’ त्रियुगा जनता क्याम्पस गाईघाटका प्राध्यापक भाषा शास्त्री डा. कैलाश राई भन्छन् ‘जनयुद्धकालको पहिचान अभियानलाई सङ्घीयतासम्म आईपुग्दासम्म बामे सार्दै पाइला चाल्ने अवस्थासम्म आईपुगेको छ।’
डा. राईका अनुसार किरात संबत विश्वमै पुरानो सभ्यता भएको हुनसक्ने अनुमान छ।इश्वी संबतभन्दा ३००६१ वर्ष पुरानो यले दुङ विक्रम आदित्यले सुरु गरेको नेपाली संबतभन्दा ३००४ वर्ष जेठो भएकाले यो विश्वकै सबभन्दा पुरानो सभ्यताको संबत हुनसक्ने डा. राई बताउँछन्। तर, यसबारे अझै अनुसन्धान गर्न बाँकी रहेकाले तथ्य नजिक भए पनि प्रामाणिक सन्दर्भहरु जुटाउन बाँकी रहेको उनको भनाई छ।