भक्तपुरमा सिलिन्डर पड्केर सोमबार एक जना महिला घाइते भएकी छिन्।
जिल्लाको सूर्य विनायक नगरपालिका वडा नं ३ बालकोटमा ग्यास सिलिन्डर पड्केर तारा घले थपलिया घाइते भएकी हुन्।
भक्तपुर प्रहरीले जनाए अनुसार स्थानीय वर्ष ६५ का रामप्रसाद थपलियाको साढे दुई तल्ले घरको बाहिरतर्फ भर्याङमा सटाएर बनेको भान्सा कोठामा ग्यास सिलिन्डरबाट लिक भएको ग्यास जम्मा भई एक्कासि विस्फोट भएको थियो।
विस्फोटबाट रामप्रसादकी श्रीमती तारा घले घाइते भएकी हुन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
विस्फोटबाट भान्साको वाल, सिसालगायत पार्किङ गरी राखेको गाडीको सिसामा समेत क्षति पुगेको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए।