प्रक्रियामा गए सुकुमवासी समस्या सहजै समाधान
२० पौष २०७९
•
३ मिनेट पाठ
प्रक्रियामा गए सुकुमवासी समस्या सहजै समाधान
राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्ला समितिले सुकुमवासी समस्या व्यवस्थित रूपमा प्रक्रियामा लिएर गए सजिलै समाधान हुने दाबी गरेको छ। सोमबार भूमि आयोग काठमाडौं समितिमा भएको पत्रकार भेटघाट र अन्तरक्रियामा समितिका पदाधिकारीले सहज प्रक्रियालाई काठमाडौं महानगरपालिकाले जटिलतातर्फ धकेलेको दाबी गरे।  




काठमाडौं समितिका अध्यक्ष श्यामकृष्ण प्रजापतिले संघीय सरकारबाट गठन भई भूमि आयोग समस्या समाधानको प्रक्रियामा अघि बढिसकेको अवस्थामा काठमाडौं महानगरपालिकाले यसलाई किन जटिल बनायो भनेर बुझ्न नसकिएको बताए। ‘लगत संकलनदेखि संकलित लगतको छानबिनको आदि काम गर्न काठमाडौं महानगरपालिकाले भूमि आयोगसँग सम्झौता पनि गरिसकेको छ, तर काठमाडौं महानगरपालिका प्रक्रिया छाडेर बलजफ्तीको बाटोमा किन अघि बढ्यो बुझ्न सकिएन।’ अध्यक्ष प्रजापतिले भने।

सम्झौताअनुसार महानगरले प्रक्रिया अघि बढाई लगत संकलन गरी आवश्यक छानबिन पनि गरेको भए अहिलेसम्ममा वास्तविक सुकुमवासीको पहिचान भई समस्या समाधानसम्म पुगिसक्ने दाबी प्रजापतिको हो। ‘काठमाडौं महानगरले भनिरहेजस्तै हामीले पनि सुकुमवासीलाई सार्वजनिक जग्गाबाट हटाउने नै भनेका हौं, तर प्रक्रियागत ढंगबाट व्यवस्थित रूपमा हटाउने हो। बल प्रयोग गरेर होइन’ प्रजापतिले थपे।  

भूमि आयोग काठमाडौं समितिकी सदस्य सुशीला खतिवडाले आफूहरू समितिमा पदभार ग्रहण गरे आएसँगै काम सुरु गरेको तर निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागु भइसकेको अवस्थामा सबै काम रोक्न निर्देशन दिएपछि रोकिएको बताइन्। अब निर्वाचन आचार संहिताको अवधि सकिएको अवस्थामा आफूहरू सक्रिय रूपमा अघि बढेको र यस क्रममा सुकुमवासी व्यवस्थापनका लागि आवश्यक प्रक्रिया थाल्न काठमाडौं जिल्लाका ११ मध्ये ८ वटा स्थानीय तहसँग सम्झौता भइसकेको जानकारी पनि खतिवडाले दिइन्। ‘सम्झौता भइसकेका अन्य नगरपालिकामा आवश्यक प्रक्रिया पनि अगाडि बढाइँदै छ। भूमिहीन सुकुमवासीका लागि कार्यविधि बनिरहेको अवस्थामा काठमाडौं महानगरमा मात्र डोजरको सहायतामा अस्तव्यस्त बनाउनुपर्ने अवस्था थिएन। कार्यविधिमा टेकेर अगाडि बढ्दा यो समस्या सहज रूपमा समाधान गर्न सकिन्छ’, खतिवडाले भनिन्।  

भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको लगत संकलन, संकलित छानबिनदेखि जग्गा वितरणसम्मको प्रक्रिया पूरा गर्न भूमि आयोगले सम्बन्धित स्थानीय सरकारसँग सम्झौता गरिरहेको छ। सो सम्झौताअनुसार स्थानीय सरकारले वडामार्फत लगत संकलन, निवेदकमाथि छानबिन, प्रमाणीकरण आदि काम गर्ने छ। यसै क्रममा आयोग काठमाडौं समितिले काठमाडौं जिल्लाभित्र ११ मध्ये ८ वटा स्थानीय तहसँग सम्झौता गरिसकेको छ। अब कीर्तिपुर नगरपालिका, नागार्जुन नगरपालिका र शंखरापुर नगरपालिकासँग मात्र सम्झौता बाँकी रहेको र ती नगरपालिकामा छलफल भइरहेको समितिले जनाएको छ।  

त्यस्तै समितिका अर्का सदस्य मोतीलाल लामाले वास्तविक सुकुमवासी पहिचान गर्दै व्यवस्थापनका लागि आफूहरू अहोरात्र खटिइरहेको दाबी गरे। आवश्यक समन्वय र सहकार्य गर्दै समस्या समाधानमा जुट्न सबै सरोकारवाला निकायलाई काठमाडौं समितिले आग्रह गरेको छ। समितिका अनुसार राष्ट्रिय भूमि आयोग गठनपश्चात् काठमाडौं जिल्लाबाहेक अन्य जिल्लामा १२ सय बढी लालपुर्जा वितरण भइसकेको छ। १३ लाख ५० हजार लगत संकलन भएकोमा ७ लाख बढी विवरण कम्प्युटर प्रणालीमा प्रविष्टी भइसकेको छ।
अर्को समाचार
अन्योलमा सुकुमबासी आयोगका दुई पदाधिकारी
१० असोज २०७८
•
३ मिनेट पाठ
अन्योलमा सुकुमबासी आयोगका दुई पदाधिकारी
१२ दिनअघि नियुक्त गरिएका सुकुमबासी आयोगमा दुईजना मात्र पदाधिकारी छन्। आयोगमा नौजना पदाधिकारी नियुक्त हुनुपर्नेमा दुईजना मात्र नियुक्त गरिएकोमा उनीहरू पनि अलमलमा छन्। नियुक्त गरिएका ती पनि भागबण्डामा नियुक्त गरिएका हुन्। एकजना नेपाली कांग्रेसको कोटाबाट र अर्को एकजना माओवादी केन्द्रको कोटाबाट नियुक्त गरिएका छन्।




भदौ २९ गते शेरबहादुर देउवा नेतृत्व सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेको थियो। त्यसलगत्तै ती पदाधिकारी नियुक्त गरिएको थियो। नियुक्त गरिएका पदाधिकारीहरूले आयोगमा अरू पदाधिकारी नियुक्त गर्न सरकारलाई ताकेता गरिरहेका छन् तर सरकारले आयोगलाई पूर्णता दिन सकेको छैन। आयोगका पदाधिकारीहरू केशव निरौला र नहेन्द्र खड्काले शनिबार गृहमन्त्री बालकृष्ण खाँणलाई भेटी जतिसक्दो चाँडो आयोगलाई पूर्णता दिन आग्रह गरे। ‘दुईजना मात्रै हुँदा सोचेजति काम गर्न सकिँदो रहेनछ। त्यसैले तत्काल आयोगलाई पूर्णता गृहमन्त्रीलाई भेटेर आग्रह गरेका छौं,’ निरौलाले भने, ‘अहिले हामी अलमलमा परेको जस्तो भएको छ।’

सरकार फेरिनेबित्तिकै आयोग पनि फेरिएको छ। पूर्ववर्ती केपी ओली नेतृत्व सरकारले देवी ज्ञवालीको अध्यक्षतामा गठन गरेको भूमिसम्बन्धी समस्या सामधान आयोगलाई देउवा सरकारले विघटन गरेको थियो। त्यसको ठाउँमा नयाँ आयोग गठन गर्ने निर्णय गरिएको थियो। ज्ञवाली आयोगले करिब ११ लाख फाराम वितरण गरेको थियो र त्यसमध्ये एक लाख ८४ हजार फाराम इन्ट्रिसमेत गरिएको थियो। देउवा सरकारले बनाएको आयोगले फास्ट ट्र्याकबाट सुकुमबासी र अव्यवस्थित बसोवासीलाई जग्गा वितरण गर्ने सोच बनाएको छ तर सरकारले आयोगलाई पूर्णता नदिँदा आयोगका पदाधिकारीको अहिलेको काम भनेको आयोगलाई पूर्णता दिनका लागि सरकारलाई दबाब दिनु मात्र रहेको छ। लामो समयदेखि विभागीय मन्त्रालय भूमि व्यवस्था मन्त्रालयमा मन्त्री छैनन्। 

प्रधानमन्त्रीले भूमि व्यवस्थाको जिम्मेवारी सम्हालेका छन्। विभागीय मन्त्री नै नभएपछि आयोगका पदाधिकारीले गृहमन्त्रीलाई भेट्न गएका थिए। सरकारले गत भदौ २९ गते आयोग अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा नहेन्द्र खड्कालाई नियुक्त गरेको थियो। नियुक्तिलगत्तै प्रधानमन्त्री तथा विभागीयमन्त्री शेरबहादुर देउवाले आयोगका अध्यक्षलाई शपथ खुवाएका थिए। निरौला यसअघि कांग्रेसनिकट नेपाली शिक्षक संघका अध्यक्ष समेत थिए। खड्का भने माओवादी केन्द्रनिकट किसानमा संगठनमा आवद्ध थिए।

टेकनारायण पाण्डे भूमि व्यवस्था सचिव भएको बेला भूमि व्यवस्था मन्त्रालयले राष्ट्रिय भूमि आयोग गठन प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थियो। ओली सरकारले गठन गरेको सुकुमबासी आयोग १३औं आयोग थियो। उक्त सरकारले केन्द्र र ७७ वटै जिल्लामा सुकुमबासी आयोग गठन गरेको थियो।  

देउवा सरकारले गठन गरेको आयोग १४औं आयोग हो। सुकुमबासी समस्या समाधान गर्ने नाममा यसअघि नै १३ वटा आयोग गठन भइसकेका छन्। २०७१ सालमा शारदाप्रसाद सुवेदीको अध्यक्षतामा गठन गरिएको सुकुमबासी आयोगले आठ लाख ६१ हजार सुकुमबासीको निवेदन संकलन गरेको थियो। सर्वोच्च अदालतको २०७१ माघ ८ को आदेशपछि उक्त आयोग र आयोगका जिल्ला समिति निस्क्रिय भएका थिए। 

मन्त्रालयको तथ्यांकअनुसार सरकारले २०१३ यता ४६ हजार ६ सय बिघा जग्गा सुकुमबासीलाई वितरण गरिसकेको छ। दलहरूको आयोगमा आफूनिकट कार्यकर्ता भर्ना गर्न पुरानो विघटन गर्ने र नयाँ आयोग गठन गर्ने परम्परा जस्तै भएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस