सर्लाही प्रहरीले आठ बिगाहा गाँजाखेती नष्ट गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका १४ स्थित विभिन्न स्थानमा अवैध रुपमा लगाइएको गाँजा खेती सर्लाही प्रहरीले नष्ट गरेको हो।
अवैध रुपमा प्रतिबन्धित लागू औषध गाँजा खेती गरिएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवा र इलाका प्रहरी कार्यालय लालबन्दीबाट समेत गरी ६० जना प्रहरीको टोलीले अवैध गाँजाखेती फँडानी नष्ट गरेको हो।
चुरे डाँडाको फेँदीमा अवैध गाँजा खेती गरिएको सूचना प्राप्त भएपछि प्रहरी परिचालन गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपि विजय यादवले जानकारी गराएका छन्।