नेपाल मगर संघका सह–अध्यक्ष गंगा थापा मगरले मगर पुर्खाहरू वीर, सुरा र साहसिला भएको दावी गरेका छन् । शुक्रवारदेखि गाईघाटमा सुरु ‘१ नं. प्रदेश दोस्रो अधिवेशन’को उद्घाटन गर्दै उनले राजनीतिक परिवर्तनका लागि ज्यान आहुति दिने नेपालकै पहिलो सहिद लखन थापा मगरदेखि विभिन्न राष्ट्रिय विभूतिहरू समेत मगर समुदायको रहेको र उनीहरू वीर, साहसी र सुरा रहेको बताए ।
नेपालको प्रथम प्रधानमन्त्री भीमसेन थापा मगर समुदायकै रहेको दावी गर्दै उनले तर, उनलाई तत्कालीन राज्यसत्ताले जबरजस्ती क्षेत्री समुदायको भएको इतिहास बनाएको दावी गरे । ‘भिमसेन थापा, भक्ति थापा, अमरसिंह थापाजस्ता वीर पुरुषहरू सबै मगर समुदायका थिए’ मगरको दावी थियो ‘तर, राज्यसत्ताको पहुँचमा पुगेपछि उनीहरू रातारात क्षेत्री भए÷बनाइए ।’ सह–अध्यक्ष मगरले राज्यको उच्च तहमा पुगेका धेरै मगर पात्रहरू तत्कालीन राज्यसत्ताकै कारण जात बढुवा गरेर क्षेत्री समुदायमा रूपान्तरण भएको पनि बताए ।
मगरहरू पछि परेको भनेर हेला होचो गर्ने गरिएको गुनासो गर्दै यो समुदाय पछि परेको नभई राज्यसत्ताद्वारा पछि पारिएको जिकिर उनको थियो । इतिहास निर्माणदेखि वर्तमानसम्म मगर समुदायको ऐतिहासिक र महत्त्वपूर्ण भूमिका रहे पनि आफुलाई चिन्न नसक्दा सदियौँ वर्ष पछि पर्नु परेको उनले बताए ।
०४६ सालको प्रजातन्त्रपछि गोरे बहादुर खपाङ्गीले मगर समुदायको आँखा खोल्ने काम गरेको श्रेय दिँदै उनले ‘मगरहरू कान नसुन्ने र आँखा नदेख्ने हुनाले कानमा झिर (स्ईरो)ले घोप्नुपर्ने खपाङ्गीको भनाई उद्धृत गरे । उनले लेखपढ कम र चतु¥याई नहुँदा सिंगो समुदाय पछि पर्नु परेको बताउँदै नेपाल मगर संघले देशव्यापी रूपमा मगर पहिचान र अधिकारको लडाई लड्दै आएको बताए । उनले पछिल्लो समय मगर युवायुवतीलाई निशूल्क लोकसेवा कक्षा सञ्चालन गर्न थालेको बताउँदै अव लोप हुँदै गएको संस्कार, संस्कृति र भाषा नयाँ पिँढीलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेश १ का पूर्व मन्त्री राम रानामगर, प्रदेश सांसदहरू नारायण बुर्जा मगर र कमला मगर, त्रियुगा नगरपालिका १४ का वडाध्यक्ष हिमराज मगर लगायतले मगर समुदायको हक, अधिकार र संगठन बिस्तारमा जोड दिन आग्रह गरे । उनीहरूले मगर संघले देशभरका सम्पूर्ण मगरहरूलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बताउँदै त्यसको सफलताको कामना गरेका थिए । मगर संघले उठाएका पहिचान र संस्कार संस्कृति प्रबद्र्धनका मागहरू जारी पहिचानको आन्दोलनको समयमा सही भएको भन्दै त्यसलाई स्थापित गर्न प्रदेश सांसद र सम्बन्धित ठाउँमा आफूहरूले सक्दो आवाज उठाउने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा मगर भाषाका शिक्षक इलामका दाताराम खनाललाई प्रसंसापत्र र मायाको चिनो प्रदान गरिएको थियो । गाईघाट ढिम्कीस्थित चप्पन सामुदायिक वन उपभोक्ता समूहको वनभोज स्थलमा सुरु भएको अधिवेशन शनिवार सम्म चल्ने आयोजक प्रदेश कमिटीका मुख्य सचिव केशव खपाङ्गीले बताए । प्रदेशभरका जिल्ला, नगर र गाउँपालिकाबाट प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहेको अधिवेशनले आगामी कार्यकालका लागि नयाँ प्रदेश कार्य समितिको चयन गर्ने खपाङ्गीले बताए ।
कार्यक्रमको बिच बिचमा विभिन्न सांस्कृति समूहका कलाकारहरूले मगर भाषाका गीत नथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम सुरु हुनुअघि निस्केको मगर संस्कार संस्कृति झल्काउने झाँकी गाईघाट बजार परिक्रमा गरी पैदल यात्रामार्पmत अधिवेशन स्थलसम्म पुगेको थियो ।