बलात्कार अभियोग लागेका बेलबारी नगरपालिका–२ का वडा सदस्य विजय तोलांगी जेल चलान भएका छन्। २६ वर्षीय तोलांगी बिहीबार पुर्पक्षका लागि मोरङ जेल चलान भएका हुन्।
तोलांगीले २४ वर्षीया युवतीलाई जबरजस्ती करणाी गरेको अभियोगमा मोरङ जिल्ला अदालतका न्यायाधीश मोहन सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश सुवेदीको इजलासले तोलांगीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नका लागि आदेशको दिएको हो।
साउन १८ गते युवतीलाई मोरङको जेफालेमा लगेर बलात्कार गरेको भन्दै युवतीले इलाका प्रहरी कार्यालय बेलबारीमा जबरजस्ती करणी मुद्दामा उजुरी दिएकी थिइन्। उजुरी परेसँगै बेपत्ता भएका तोलांगी मंसिर २६ गते बेलबारी प्रहरीमा आफैं उपस्थित भएका थिए। उनी नेपाली काँग्रेसबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन्।