नेपालको पूर्वी भेगमा लागू औषध कारोबारको ग्राफ कहाली लाग्दो अवस्थामा पुगेको छ। अन्य जिल्लाहरुको दाँजोमा मोरङ, झापा, सुनसरी र उदयपुरमा लागू औषध प्रयोग र कारोबारको अझ बढी ठूलो केन्द्र बन्दै गरेको विगत ४ वर्षे प्रहरी अभिलेखमा उल्लेख छ।
चालु वर्षको मंसिरसम्म र त्यसअघि ०७६/७७, ०७७/७८ र ०७८/७९ को त्रिवर्षीय तथ्यांकले सिंगो प्रदेश १ लाई लागू औषधको चङ्गुलमा पारेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्यांकले देखाएको छ। प्रहरीका अनुसार प्रदेशका १४ जिल्लामध्ये सबभन्दा बढी तराई जिल्लाहरु झापा, मोरङ र सुनसरीका बजारमा लागू औषधको कारोबार र बिक्री वितरण हुने गरेको पाइएको छ।
उदयपुर उनीहरुको पछिपछि दौडदैँ छ भने पाँचथर चौथो स्थानमा छ। धनकुटा, इलाम, ताप्लेजुङ, भोजपुर र खोटाङ पनि लागू औषधको कारोबार र प्रयोगबाट अछुतो रहेको देखिदैँन। चालु आर्थिक वर्ष साउनदेखि मंसिरसम्मको ५ महिनामा मात्र प्रदेशभरी ३ सय ९७ जना लागू औषध प्रयोग तथा कारोबार अभियोगमा पक्राउ परेका छन्।
जसमध्ये पुरुष ३ सय ६८ र महिला २९ जना रहेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नविनराज राईले बताए। एसपी राईका अनुसार पक्राउमध्ये २ सय ७६ जनामाथि मुद्धा चलाइएको छ। पक्राउ पर्नेमा सबभन्दा बढी मोरङबाट १ सय २७ पुरुष र १३ महिलासहित १ सय ४० जना रहेका छन्। जसमध्ये १ सय ५ जनामाथि मुद्धा चलाइएको छ।
त्यस्तै दोस्रो ठूलो संख्या पक्राउ पर्ने जिल्ला झापा हो। झापामा चालु वर्ष मात्र ९१ पुरुष र ४ महिलासहित ९५ जना पक्राउ परेकोमा ६३ जनामाथि मुद्धा चलाइएको एसपी राईले बताए। अर्को ठूलो पक्राउ पर्ने संख्या सुनसरीमा ६६ पुरुष र ३ महिला छन्। जसमध्ये ५२ जनामाथि मुद्धा चलाइएको छ।
आधा पहाडी भूगोल भए पनि आधा भित्री मधेस र तराई मिसिएको उदयउपुृरमा चालु वर्षको ५ महिनामा ३९ पुरुष र १ महिलासहित ४० जना प्रहरी नियन्त्रणमा परेका छन् भने तीमध्ये २८ जनामाथि मुद्धा चल्दैछ। उता पहाडी जिल्ला पाँचथरमा १६ जना पक्राउ परेका छन्। पुरुष मात्र पक्राउ परेको पाँचथरमा १० जनालाई मुद्धा चलाइएको छ। ताप्लेजुङमा ६, इलाममा ५, खोटाङमा २ र भोजपुरमा १ जना पुरुष लागू औषध अभियोगमा पक्राउ परेका छन्।
एसपी राईका अनुसार विगत ३ वर्षको विवरण हेर्ने हो भने प्रदेश १ मा लागू औषाधको प्रयोग र कारोबार भयानक देखिन्छ। गत आर्थिक वर्ष ०७८÷७९ मा यो तथ्यांक अझ कहाली लाग्दो देखिन्छ। ७ सय ८० वटा मुद्धा चलाइएको गत आर्थिक वर्ष प्रदेश १ का १४ मध्ये १२ जिल्लामा १ हजार ६६ पुरुष र ५२ महिलासहित १ हजार २ सय ८ जना पक्राउ परेको अभिलेख प्रहरी प्रदेश कार्यालयमा रहेको छ।
सो वर्ष पनि सबभन्दा बढी मोरङमै ४ सय १५ पुरुष र ७ महिला पक्राउ परेको प्रहरी अभिलेखले देखाउँछ। झापामा २ सय ७१ पुरुष र २८ महिला पक्राउ परेकोमा २ सय वटा मुद्धा चलाइएको छ। सुनसरीमा सो वर्ष पनि तेस्रो ठूलो संख्यामा लागू औषधको घटनामा अभियुक्त पक्राउ परेका छन्। सुनसरीमा आर्थिक वर्ष ०७८÷७९ २ सय ३८ पुरुष र १४ महिला पक्राउ परेकोमा १ सय ७४ मुद्धा दर्ता भएको एसपी राईले बताए।
यो वर्ष पनि उदयपुर चौथो स्थानमा रहेको अभिलेख प्रदेश प्रहरी कार्यालयमा छ। आर्थिक वर्ष ०७८÷७९ मा उदयपुरमा ७९ जना पक्राउ परेकोमा ५३ वटा मुद्धा चलाइएको छ। त्यस्तै धनकुटा चौथो स्थानमा रहेर १६ पुरुष र १ महिला पक्राउ पर्दा १० वटा मुद्धा चलाइएको प्रहरी खभिलेखले देखाउँछ। इलाम, संखुवासभा, पाँचथर, संघुवासभा र खोटाङ क्रमशः पाँचौँ, छैठौँ, सातौँ र आठौँ स्थानमा छन् भने नवौँ स्थानमा ताप्लेजुङ, तेरथुम र भोजपुरले लिएका छन्।
सो वर्ष इलाममा २ महिलासहित १२, संखुवासभामा ११ पुरुष, १ महिलासहित १० र खोटाङमा ५ पुरुष पक्राउ परेका छन्। जसमध्ये इलाममा ८, संखुवासभामा ६, पाँचथरमा ७ र खोटाङमा ३ वटा मुद्धा चलेका छन्। ४ मुद्धा चलेको ताप्लेजुङ र ३÷३ मुद्धा चलेको भोजपुर र खोटाङमा क्रमशः ४÷४ जना पक्राउ परेको एसपी राईले बताए।
त्यसैगरी आर्थिक वर्ष ०७७÷८९ र ०७६÷७७ मा पनि मोरङ, झापा, सुनसरी र उदयपुर नै लागू पदार्थ कारोबार र प्रयोगमा पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान पाएको प्रदेश प्रहरी अभिलेखमा उल्लेख छ। ०७७÷७८ मा प्रदेशभरी ७३ महिलासहित ९ सय ७२ पक्राउ परेकोमध्ये मोरङमा सबभन्दा बढी २ सय ८४ पुरुष र ४६ महिला पक्राउ पर्दा २ सय २४ जनामाथि मुद्धा चलाइयो। झापामा सो वर्ष २ सय ९० पुरुष र १३ महिला पक्राउ परेकोमा १ सय १५ मुद्धा चलाउनु परेको थियो।
१ स ४८ मुद्धा चलाइएको सुनसरीमा सो वर्ष ४ महिलासहित २ सय २४ जना पक्राउ परेका थिए। त्यस्तै उदयपुृरमा ६ महिलासहित १ सय २१ जना पक्राउ परेकोमा ७३ वटा मुद्धा चलाउनुृ परेको थियो। त्यसअघिल्लो वर्ष ०७६÷७७ मा प्रदेशका सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र तेरथुमबाहेक १० जिल्लामा ३५ महिला र ७ सय ६३ पुरुष पक्राउ परेका थिए भने ५ सय ३० वटा मुद्धा चलाइएको थियो।
सो वर्ष पनि मोरङमा सबभन्दा बढी २ सय ४३ पुरुष र १८ महिला पक्राउ परेका थिए भने १ सय ८६ वटा मुद्धा चलेको थियो। झापामा १ सय ८० पुरुष र १२ महिला पक्राउ पर्दा १ सय १८ वटा मुद्धा चल्दा सुनसरीमा १ सय ९० पुरुष र १८ महिला पक्राउ गरेर प्रहरीले १ सय ३२ वटा मुद्धा चलाएको थियो। उदयपुरमा सो वर्ष १ महिलासहित १ सय १९ जना पक्राउ गरेर ७४ वटा मुद्धा चलाएको प्रदेश प्रहरी अभिलेखले देखाएको छ।
यसरी दिनदिनै पूर्वी नेपाललाई लागू औषधले गाँज्दै लगिरहेको पाइएको छ। अघिल्लो प्रदेश सरकारले लागू पदार्थको दुव्र्यसनीबाट युवाहरुलाई बँचाउन ‘म अघि बढ्छु’ भन्ने नाराका साथ युवा लक्षित कार्यक्रम सुरु गरे पनि प्रभावकारी हुन सकेको छैन। तत्कालीन प्रदेश मुख्यमन्त्री शेरधन राई स्वयंको अग्रसरतामा सुरु भएको सो कार्यक्रमले निरन्तरता पाउन नसक्नुका साथै प्रभाव देखाउन नसक्दा युवाहरुको ठूलो पंति लागू पदार्थ ओसार पसार र प्रयोगले भविष्य अन्धकार पार्नुका साथै परिवार र समाज ध्वस्त हुने क्रम रोकिएको छैन।