दैलेखको गुराँस गाउँपालिकाले बस्तीमै योजना सम्झौता गर्ने
१३ पौष २०७९
•
१ मिनेट पाठ
दैलेखको गुराँस गाउँपालिकाले बस्तीमै योजना सम्झौता गर्ने
गुरासँ गाउँपालिकाको कार्यालय दैलेख। तस्बिर: गोविन्द केसी/नागरिक
दैलेखको गुराँस गाउँपालिकाले उपभोक्ताहरुलाई सहज होस् भनेर साना योजनाहरु बस्तीमै पुगेर सम्झौता गर्ने निर्णय गरेको छ। योजना सम्झौताका लागि उपभोक्ता समितिका पदाधिकारीहरु पालिकामै पुग्दा खर्च र दुःख बढी हुने भएकाले अबदेखि बस्तीमै सम्झौता हुने गाउँपालिकाले निर्णय गरेको हो।




उपभोक्तालाई दुःख नहोस भनेर गाउँपालिकाले आफ्ना कर्मचारी मार्फत बस्तीमै योजनाको सम्झौता गर्ने निर्णय गरेको जनाइएको छ। गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको नेतृत्वमा कर्मचारी गाँउमै खटाई योजना सम्झौता घुम्ति शिविर संञ्चालन गरिएको गुराँस गाँउपालिकाका प्रवक्ता दिपेन्द्र ओलीले बताए। 

गाउँ बस्तीमै योजना सम्झौता हुन थालेपछि स्थानीयबासीले गाउँमै सिंहदरबार आएको अनुभव लिएका छन्। सम्झौतका लागि घुम्ती शिविर निश्चित समय लिएर गाउँगाउँ पुग्नेछ। गाउँबाट पालिका मुकाम जान उपभोक्ताहरुलाई दुरी र खर्चका हिसावले महंगो हुने गर्दछ। जसका कारण विकासका बजेट सम्झौता गर्ने जादाँ आउदा समेत खर्च हुने गरेको थियो। त्यो खर्च बचत हुने भएपछि स्थानीयबासीहरु खुसी भएका छन्।

चालू आर्थिक वर्षका स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गतका योजना सम्झौता गर्न वडाहरुमा घुम्ति शिविर सञ्चालनमा ल्याइएको हो। पुस १३  गते ६ नम्बर वडाबाट सम्झौता गर्ने कार्य सुरु भएको छ। शिविर टोली सवै वडामा पुग्ने छ। वडा कार्यालयले वडाभित्रका योजनाहरु, उपभोक्ता समितिहरु र सम्झौताका लागि आवश्यक कागजातहरु तयार पार्ने र घुम्ती शिविरमा पुगेका प्रमुख प्रशासकिय अधिकृत सहितका कर्मचारीहरुले सम्झौता गरेर फर्कने गरेका छन्। 

यसअघि वडाबाट गाउँ पालिका पुग्दा भिड् बढी हुने, धेरै दिन लाग्ने र उपभोक्ताको खर्च बढी हुने भएकाले झन्झटिलो हुने गरेको उपभोक्ताहरु बताउँछन्।  
अर्को समाचार
पर्यटकीय सम्भावनाले भरिपूर्ण गुराँस गाउँपालिका
०७ माघ २०८०
•
५ मिनेट पाठ
पर्यटकीय सम्भावनाले भरिपूर्ण गुराँस गाउँपालिका
काठमाडौंबाट कर्णाली घुम्न आएको एउटा टोली रारा जाने दौरानका क्रममा गुराँसेमा रोकिए। सो टोलीको योजना गुराँसेमा बस्ने नभए पनि त्यहाँको रमणीय दृश्यहरू देखिन थालेपछि उनीहरूको प्रतिक्रिया थियो, हा, कस्तो राम्रो ठाउँ। यस क्षेत्रलाई स्थानीय सरकार र नजिकै रहेको प्रदेश सरकारले पर्यटन प्रवद्र्धन गरी अझै आनन्दको वातावरण बनाउन सकिन्छ होला।




यस्तो अनुभूति गुराँस क्षेत्रमा पुग्ने जो कोहीलाई पनि हुने गर्दछ। अर्कोपटक घुम्न अवश्य पनि आउने सबैले भनने गर्दछन्। यो क्षेत्रलाई साविकको कर्णाली अञ्चलको प्रवेशद्वारका रुपमा लिने गरिन्छ। यहाँ लालीगुराँस फुल्ने समयदेखि हिउँद्को समयमा हिउँ पर्नेसम्मको आनन्द लिन सकिन्छ।

गुराँसेमा रहेको दृश्यावलोकन स्तम्भ (भ्यु टावर) बाट चारैतिरका रमणीय दृश्यसँगै भारतको लखनउ र तिब्बतका केही भागहरूको समेत अवलोकन गर्न सकिन्छ। बाह्रै महिना सिरोटो हावा चलिरहने यस ठाउँमा प्राकृतिक सौन्दर्यतासँगै विभिन्न हिमालहरूको अवलोकन गर्न सकिन्छ।

यहाँ जाने स्वदेशी वा विदेशी पर्यटकले प्राकृतिक सौन्दर्यदेखि धार्मिक, सांस्कृतिक र स्थानीय रहनसहनको अलग्गै स्वाद लिन सक्नेछन्। वडा नं १ मा रहेको देउराली गुफाले धेरैलाई अनौठो अनुभूति गराउँछ। यो गुफा हेर्न आउनेको संख्या दिनानु दिन बढ्ने गरेको छ भने अहिले यस ठाउँमा मगर संस्कृतिका परिकार र नाचहरू देखाउने गरिन्छ।

यहाँँ पाहुनाका लागि मगर होमस्टे पनि सञ्चालन गरिएको छ। होम स्टेमा कोदोको रोटी, ढिडो, आँटो, सिस्नोलगायतका अर्गानिक खानाको व्यवस्था गरिएको वडाध्यक्ष धर्मबहादुर रावल बताउँछन्। ‘हाम्रो संस्कृति जोगाउन र पर्यटन प्रवद्र्धन गर्न यहाँका रमणीय ठाउँहरूको अवलोकन गराउने गरेका छौं’ उनले भने। यस वडामा रहेका अन्य रमणीय ठाउँ र झरनाहरू हेर्न लायक छन्। अहिले बेडुगाउँमा भ्यु टावर समेत बनेको छ।

वडा नं २ मा रहेको डुङ्गेल मन्दिरमा पुजा गर्दा सन्तान नहुनेको सन्तान हुने धार्मिक विश्वास छ। यस मन्दिरमा शुक्रबार र शनिबार भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। यस मन्दिरको दर्शन गरेमा सवारी दुर्घटना हुँदैन भन्ने धार्मिक मान्यताका कारण कर्णाली राजमार्ग हुँदै जुम्ला कालीकोट जाने यात्रुहरूले यहाँ दर्शन र पूजापाठ गर्दछन्।

सामाजिक, धार्मिक र पुरातात्विक सम्पदाले भरिपूर्ण वडाको प्रचारप्रसारमा ध्यान दिइएको वडाध्यक्ष शेरबहादुर रावल बताउनुहुन्छ। कर्णाली नदीको कलकल आवाजले धेरैलाई लोभ्याउने गर्दछ। त्यहाँ पाइने माछाको स्वादसँगै कर्णालीमा जलयात्रा गर्दाको मज्जा बयान गरेर साध्य छैन्। यस वडामा रहेको झरना पनि हेर्नलायक छ।

पाँच भाइ पाण्डपहरूले निर्माण गरेका पञ्चदेवल, मुग्राहरू र ढुङ्गे धाराहरू वडा नं ३ मा रहेका छन्। विभिन्न चित्रहरू अंकित यी पञ्चदेवलहरूको अवलोकन गर्दा पुरानो सभ्यताको याद आउने गर्दछ। त्यसैगरी यहाँबाट कर्णाली र डुङ्गेश्वरको फाँटलाई अवलोकन गर्न सकिन्छ भने विभिन्न रमणीय ठाउँहरू यस क्षेत्रमा रहेका छन्। वडाध्यक्ष काशी शर्माका अनुसार यस क्षेत्रमा तामा खानी रहेको विश्वास गरिन्छ।

गाउँपालिकाको मुटुमा रहेको वडा नं ४ को रतिखोलामा परापूर्वकालमा रातो गाई खोलाले बगाएको किम्बदन्ती छ। त्यो गाईको अवशेष अहिले पनि देख्न पाइने बुढापाकाहरू बताउँछन्। यस वडाको गुराँसे लेकबाट धेरै हिमालहरूको दृश्यावलोकन गर्न सकिन्छ भने बसन्त ऋतुमा लालीगुराँसको फुलेको देख्दा मन आनन्दित हुने गर्दछ।

गर्मीयाममा शीतलताको आनन्द लिन र लालीगुराँसको सुगन्धमा रमाउन सुर्खेत, नेपालगञ्जबाट धेरै मानिस यस क्षेत्रमा आउने गर्दछन्। वडाध्यक्ष खड्गबहादुर शाहीले यो ठाउँ भएर नै रारालगायतका उच्च स्थानमा जाने भएकाले पर्यटकहरूलाई आकर्षित गर्न प्रदेश सरकार र गाउँपालिकाको पहलमा दृश्यावलोकन स्तम्भ(भ्यु टावर) निर्माण गरिएको बताए।

भ्यु टावरबाट विभिन्न हिमालहरूका दृश्यसँगै सँगै तिब्बतका केही भाग र भारतको लखनउसम्म अवलोकन गर्न सकिन्छ। पर्यटकीय क्षेत्रमात्र नभएर तरकारीको लागि पनि यो क्षेत्र उपयुक्त छ। यहाँ खाना बस्नको लागि होटेल र लजहरूको राम्रो व्यवस्था छ।

गाउँपालिकाको सबैभन्दा धेरै जनसंख्या रहेको वडा नं ५ पनि पर्यटकीय हिसाबले धेरै अगाडि रहेको छ। यो वडाको जन्ती बस्ने गुफालाई महत्वपूर्ण पर्यटकीय गन्तब्यको रुपमा लिन सकिन्छ। यहाँ परापूर्व कालमा बिबाहमा गएको एक हुल जन्ती बसेको र सबैको त्यही स्थानमा मृत्यु भएको त्यहाँका बुढापाकाहरूको कथन छ।

अहिले पनि अवशेषको रुपमा त्यहाँ जन्ती, बेहुलाबेहुली र उनीहरूले बोकेका सामानहरूको चित्रहरू प्रष्ट देख्न सकिन्छ। यससँगै मालिकादेबीको मन्दिरलाई पनि पर्यटकीय क्षेत्रको रुपमा लिने गरिएको वडाध्यक्ष भूपेन्द्र चन्द बताउनु्हुन्छ। जनै पूर्णिमाको दिनमा यहाँ धार्मिक मेला लाग्ने गर्दछ। यस मन्दिरमा पूजा गर्दा सबै रोग निको हुने धार्मिक विश्वास छ।

वडा नं ६ कुन्तडा, लामातडाका फाँटहरू निकै आकर्षक देखिन्छन्। यस वडाको सबैभन्दा हेर्न लायक ठाउँ भनेको भिउचुला नै हो। भिउचुलाको माथी लिलेकोट डाँडाबाट धेरै रमणीय ठाउँहरू देख्न सकिन्छ। धाउखानी गुफाको संरक्षण भइरहेको छ। यो गुफाभित्र ७० मिटरसम्म बाटो छ। वडा नं ७ को लात्तेको छहरा पनि पर्यटकको आकर्षण बन्न सक्दछ।

समुद्री सतहदेखि करिब २७ सय मिटर उचाइमा रहेको यस छहरा दुई सय मिटर लामो रहेको छ। बैशाखसम्म हिउँ पर्ने बुँरास लेक र तलतिर टोटनाउला पाटनहरूमा विभिन्न जडीबुटी पाइन्छ। यहाँ अहिलेसम्म छ वटा गुफा फेला परेको छन्।  ती गुफाहरू पनि संरक्षणका लागि प्रदेश र स्थानीय र प्रदेश सरकारले पहल गर्नुपर्ने वडाध्यक्ष नन्दबहादुर विसी बताउँछन्।

वडा नं ८ का पोखराचौर, घिउपोखरी, लगायतका ठाउँहरू रमणीय हुन्। पाखापानी नजिकै पर्यटन पार्क निर्माण भएको छ भने धरमपोखरामा रहेको शिव मन्दिरको दर्शन गर्दा पाप नष्ट हुने विश्वासले गर्दा धेरै मानिस यहाँ आउने गर्दछन्।  

के छ गाउँपालिकाको योजना ?

गाउँपालिकाका पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धनको लागि गाउँपालिकबाट विभिन्न योजनाहरू बनाइको उपाध्यक्ष शिवाकुमारी खड्का बताउँछन्। उनी भन्छन्, ‘पर्यटकीय क्षेत्रको संरक्षण र प्रचारप्रसार गरी पर्यटक आगमन बढाउन पर्यटन सुचना केन्द्र, पर्यटन संग्रहालय, रैथाने बाली संरक्षण गर्ने गरी नीति लिएका छौं।’ यो पालिकाले राउटेलाई परिचय पत्र दिएर आफ्ना नागरिक बनाएको छ। राउटे लगायतका जातिहरूको संस्कृतिलाई संरक्षण गरेर पर्यटन आकर्षण गरिने उनको भनाइ छ।  –रासस
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस