नेपालमा गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
१३ पौष २०७९
•
३ मिनेट पाठ
नेपालमा गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
नेपालमा गैँडा संरक्षणको विभिन्न उद्देश्यका साथ अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। ‘एसिया राईनो रेन्ज कन्ट्रिज मिटिङ’ नाम दिइएको सम्मेलन आगामी माघ २० देखि २२ गते ९फेब्रुअरी ३ देखि ५ तारिख० सम्म चितवनमा हुनेछ।




सम्मेलनमा एसियामा गैँडा पाइने देश नेपाल, भारत भूटान, मलेसिया र इण्डोनेसियाका सम्बन्धित सरकारी प्रतिनिधि, गैँडा संरक्षणमा काम गर्ने साझेदार संस्थाहरू, सरोकारवाला विशेषज्ञ समूहलगायतको सहभागिता रहनेछ। यस्तो सम्मेलन यसअघि पहिलो पटक इण्डोनेसियमा र त्यसपछि भारतमा भइसकेको छ।

गैँडा संरक्षणमा देखिएका समस्याहरू, गैँडाको बासस्थानको क्षयीकरण, खण्डीकरण र विनाश, चोरी शिकार र अङ्गको अवैध व्यापार, जलवायुजन्य जोखिमको समाधान, गैँडाको जलवायु अनुकूलन गर्ने क्षमतालगायत विषयमा सम्मेलनमा छलफल हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

यस बाहेक गैँडा र मानवबीचको द्वन्द्व समाधान, स्थानीय समुदाय र निजी क्षेत्रलाई गैँडालाई आर्थिक उपार्जनको माध्यम पर्यापर्यटनबाट कसरी जिविकोपार्जनमा टेवा पुर्याउन सकिन्छ भन्ने सम्बन्धमा असल अभ्यासको आदानप्रदान गरिने विभागका महानिर्देशक डा महेश्वर ढकालले जानकारी दिए।

सम्मेलनमा गैँडा संरक्षणका लागि प्रविधिको प्रवद्र्धन, गैँडाको बासस्थानलाई सुरक्षित गर्ने, द्वन्द्व व्यवस्थापन गर्ने, जलवायु उत्थानशीलता बढाउने विषय र जनचेतना बढाई स्थानीय र राष्ट्रिय समृद्धिमा टेवा पुर्याउने उद्देश्य राखिएको छ। यसले अन्तर्राष्ट्रियस्तरमा नेपालको जैविक विविधताको पहिचानलाई अझ उच्च र चम्किलो बनाउने उदेश्य रहेको डा ढकालले बताए।

सम्मेलनको उद्घाटन वन तथा वातावरण मन्त्रीबाट उद्घाटन गर्ने गरी तयारी गरिएको छ। उद्घाटनपछि प्राविधिक सत्रमा सम्बन्धित देशका गैँडाको अवस्थासम्बन्धी कार्यपत्र प्रस्तुत गरिनेछन्। केही विज्ञले कार्यपत्र प्रस्तुत गर्ने र त्यसपछि अहिलेसम्मको समीक्षा गरी आगामी दिनमा गर्नुपर्ने रणनीतिका बारेमा छलफल गरिने विभागका इकोलोजिष्ट डा गणेश पन्तले जानकारी दिए।

त्यसपछि सम्मेलनमा चितवन घोषणापत्र सार्वजनिक गरिनेछ। सम्मेलन गैँडा संरक्षणको वर्तमान अवस्था, चुनौती र भावी व्यवस्थापन गर्नेलगायतका विषयमा केन्द्रित हुनेछ भने सम्बन्धित देशका सरकारी प्रतिनिधि र विज्ञसहित १०० भन्दा बढीको सहभागिता रहने डा पन्तले बताए।  

नेपालमा गैँडाको अवस्था

संसारमा हात्तीपछिको सबैभन्दा ठूलो स्थलचर जीव गैँडा हो। हाल संसारमा रहेका गैँडाका पाँच प्रजातिमध्ये ठूलो एकसिङ्गे गैँडा नेपाल, भारत र भूटानमा पाइन्छ। संसारमा एकसिङ्गे गैँडाको सबैभन्दा धेरै सङ्ख्या भारतमा रहेको छ भने दोस्रो ठूलो सङ्ख्या नेपालमा रहेको छ।

कुनै समय नेपालको सबै तराईका क्षेत्रमा विचरण गर्ने एकसिङ्गे गैँडा हाल चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा तिनीहरूको आसपासका वन क्षेत्रमा रहेका छन्। गैँडा विश्वबाट लोप हुने अवस्थमा पुगेको दुर्लभ वन्यजन्तु हो।

नेपालमा प्रत्येक तीनदेखि पाँच वर्षको अन्तरालमा गैँडा गणना हुने गर्दछ। नेपालमा गैँडा गणना सन् १९८६ देखि हुन थालेता पनि नेपाली प्राविधिकहरूले आफैँ गणना गर्न थालेको सन् १९९४ देखि हो।

यसअघि सन् २०००, २००५, सन् २००८, सन् २०११ र सन् १०१५ मा गैँडा गणना गरिएको थियो। सन् २००० मा गरिएको गणनामा नेपालमा छ सय १२, सन् २००८ मा चार सय ३५, सन् २०११ मा पाँच सय ३४ र सन् २०१५ मा छ सय ४५ वटा गैँडा पाइएको थियो। नेपालमा पछिल्लो समय गैँडा गणना २०७७ साल चैत ९ देखि २८ गते सम्पन्न भएको थियो।

राष्ट्रिय गैँडा गणना २०७७ मा सङ्कलन भएका विवरणको विश्लेषणबाट नेपालमा प्राकृतिक बासस्थानमा सात सय ५२ एक सिङ्गे गैडा रहेको यकिन गरिएको छ। त्यसमध्ये वयस्क भालेको सङ्ख्या एक सय ४६ र पोथीको सङ्ख्या एक सय ९८ छ भने लिङ्ग पहिचान नभएको सङ्ख्या चार सय आठ छ। त्यस्तै वयस्क गैँडा पाँच सय २०, अर्ध वयस्क ९६ र बच्चा एक सय ३६ छन्।

नेपालमा हाल सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लाफँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा तीन गैँडा रहेका छन्।

सन् १९५० सम्म नेपालमा आठ सय गैँडा रहेको अनुमान गरिन्छ। तर १९६० को दशकमा घटेर करिब एक सय हाराहारीमा पुगेको थियो। सरकारले संरक्षणका लागि गरेको विभिन्न पहलसँगै गैँडाको सङ्ख्या क्रमशः बढ्दै गएको छ।रासस
अर्को समाचार
गैँडा मार्न निकुञ्ज भित्र २० दिन बसेका थिए तस्कर
१४ मंसिर २०८०
•
२ मिनेट पाठ
गैँडा मार्न निकुञ्ज भित्र २० दिन बसेका थिए तस्कर
चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा खाल्टोमा पारी दुईवटा गैँडा मारेको आरोपमा आठ जना पक्राऊ परेका छन्। उनीहरूलाई चितवनको राप्ती नगरपालिकाबाट यही मंसिर ९ र ११ गते पक्राउ गरिएको हो। पक्राउ पर्नेमा २८ देखि ७७ वर्ष उमेर समूहका पुरुष रहेको चितवन राष्ट्रिय निकुञ्जले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ।




निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए। अन्दाजी १८ र ६ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तस्कर पक्राउ गर्न खटिएको थियो। मङ्सिर ९ गते पूर्वी चितवनको राप्ती नगरपालिका–६ बाट छ र ११ गते सोही नगरपालिकाको वडा नम्बर ५ बाट दुई जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा मकवानपुरका ३३ वर्षीय रमेश खाती, चितवनका स्थित राप्ती नगरपालिका ११ का ४२ वर्षीय आइते सिंह मोक्तान, मकवानपुरस्थित राक्सीराङ ९ का ४४ वर्षीय सम्शेर थीङ, राक्सीराङ ६का ५६ वर्षीय थीङ बाजे भन्ने सीताराम थीङ, रोल्पा सुनछहारी गाउँपालिका ६ का २८ वर्षीय अर्जुन रोका, गोरखाको बारपाक गाउँपालिका घर भई भरतपुर बस्ने ७७ वर्षीय धन बहादुर गुरुङ, राप्तीका ४० वर्षीय उन बहादुर स्यन्ताङ र मनहरीका स्याङ्बो भन्ने इन्द्र बहादुर तामाङ रहेका छन्। पक्राउ परेका रमेश खाती मुख्य योजनाकार रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.सिन्धुप्रसाद ढुंगानाले जानकारी दिए।

रमेश खातीलाई एक पटक चोरीको आरोपमा सोधपुछका निकुञ्ज ल्याइएको थियो। तर पुष्टि हुन नसकेपछि उनी फर्किएका थिए। मोक्तान, स्याङतान र घलेले गैंडा मारेको उनले बताए। अन्य बिक्री वितरण गर्ने मुख्य योजनाकार रहेका छन्। उनीहरूको साथबाट दुई थान खाग, कालो झोला एक थान, भरुवा बन्दुक एक थान, बिड नभएको बञ्चरो एक थान, चक्कु एक थान, भरुवा बन्दुकमा प्रयोग हुने फलामको टुक्रा पाँच थान, गुलेली एक थान, टर्च लाइट एक थान, डिक्ची (भाडा) एक थान, ब्याङकेट दुई थान र दुई वटा मोटरसाइकल समेत बरामद भएको थियो।

उनीहरुले २० दिन लगाएर गैंडा मारेको ढुंगानाले जानकारी दिए। ‘गैंडा मार्नका लागि उनीहरुले सानो मचान बनाएर बसेको देखिन्छ,’ उनले भने ‘खाल्टो खन्दा घाँस हालेर मिलाएका छन्।’ उनीहरु एक किलोमिटर टाढा बसेको देखिन्छ। घट्ना आर्मी ब्यारेकबाट करिब तीन किलोमिटरको दुरीमा भएको हो । ‘त्यहाँ आर्मी पाँच दिन अगाडि पुगेको छ’ उनले भने ‘सुरक्षामा महत्त्व नदिएको भन्न मिल्दैन।’ निकुञ्ज भित्र आगो फुक्नेदेखि मचान बनाउनेसम्मको काम उनीहरुले गरेका छन्।

निकुञ्जको गस्ती भइरहने क्षेत्रमा गैँडा मारिएपछि वन तथा वातावरण मन्त्रालयले अध्ययनका लागि टोली गठन गरेको थियो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा गठित टोलीले स्थलगत रूपमा अध्ययन गरेर यही मङ्सिर १२ गते विभागका महानिर्देशक ढुङ्गानालाई प्रतिवेदन बुझाएको छ। तर त्यो प्रतिवेदन भने अनुसन्धानको कारण देखाई सार्वजनिक गरिएको छैन। 
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस