सदरमुकाम गाईघाटमा जारी ‘खाना परिकार मेला तथा लाखे नाच प्रतियोगिता ०७९’ को छैठौं दिन शनिबार लाखे नाचमा प्रतिस्पर्धा हुँदैछ। प्रदेशस्तरीय लाखे नाच प्रतियोगितामा १ नं. प्रदेशका ८ जिल्लाका १२ समूहले माग लिइरहेका छन्।
मेला आयोजक झिगु नेःवा पुचः त्रियुगा नगर कमिटीका अनुसार उदयपुरका गाईघाट र कटारी, खोटाङ, ओखलढुंगा, संखुवासभा, इलाम, झापा, मोरङ र सुनसरीका गरी १२ लाखे समूहले प्रतिस्पर्धा गरिरहेका छन्। त्रियुगा नगरपालिका ११ गाईघाट बजारको पिपलचोक दक्षिणतर्फ मूल सडकमै आयोजित मेलाको उत्तरार्द्धमा लाखे नाच प्रतियोगिता आयोजना भएको हो।
आयोजक पुचःका सचिव गोपाल श्रेष्ठका अनुसार लाखे नाचमा प्रथम स्थान पाउने समूहले १ लाख १ हजार नगद पुरस्कारसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ। दोस्रो स्थान पाउने प्रतियोगीलाई ७५ हजार १ रुपैँया प्रदान गरिने छ भने तेस्रो हुने प्रतियोगीले ५१ हजार एक रुपैँया पाउने छ। त्यस्तै सान्त्वना स्थान पाउने सहभागीलाई ११ हजार १ रुपैँया पुरस्कार दिइने छ।
प्रतियोगितामा सहभागीलाई पुरस्कार सबै व्यक्तिगत प्रायोजनमा दिन लागिएको सचिव श्रेष्ठले बताए। उनका अनुसार प्रथम पुरस्कारको प्रायोजन त्रियुगा नगरप्रमुख वसन्तकुमार बस्नेतले गरेका छन् भने दोस्रो पुरस्कार कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले गरेका छन्। त्यस्तै तेस्रो पुरस्कार त्रियुगा नगर उपप्रमुख महेश्वरी राईले र सान्त्वना पुरस्कार तिलकबहादुर श्रेष्ठको प्रायोजनमा वितरण गरिने छ।
शनिबार बिहानदेखि सुरु लाखे नाच प्रतियोगिता दिउँसोसम्म सञ्चालन हुने आयोजक पुचःले जनाएको छ। लाखे नाच प्रतियोगिता सुरु हुनुअघि शनिबार बिहान सहभागी लाखे समूहहरुले गाईघाट बजार परिक्रमा गरेका थिए। गत ४ गतेदेखि सुरु खाना परिकार मेलामा हरेक साँझ खुल्ला नृत्य कार्यक्रम आयोजना हुँदै आएको छ। अघिल्लो साँझ भने ‘नेःवा छमछमी सिजन ४’ अन्तर्गत नृत्य प्रतियोगिता सम्पन्न भएको थियो।
प्रतियोगितामा बिभिन्न इभेन्टका विजेतालाई १० गते आइतबार समापनका दिन पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको आयोजक पुचःका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले बताए।
मेलामा नेवारी, किराती, दनुवार, मगर, थारु परम्परागत खाना, खाजा र पेय पदार्थका परिकारहरुका दुई दर्जन स्टलहरू राखेर प्रदर्शनी तथा बिक्री वितरण कार्य भइरहेको छ। आयोजकका अनुसार सुरुका दुई दिन सामान्य सहभागी भए पनि पछिल्लो ३ दिनयता दैनिक ४/५ हजार हाराहारी सहभागीले मेला भ्रमण गर्ने गरेका छन्।
स्थानीय व्यापार व्यवसाय र आन्तरिक पर्यटनको विकास गर्ने उद्देश्यले आयोजित मेलाले स्वरोजगार स्थापना र जिल्लाको पहिचान स्थापित गर्ने कुरामा योगदान पुर्याउने आयोजक संस्थाको दाबी छ।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...