अपराध संसारका जीवित किस्सा शोभराज:‘बाँकी जीवन न्यायिक लडाइँमा बिताउँछु’
०९ पौष २०७९
•
५ मिनेट पाठ
अपराध संसारका जीवित किस्सा शोभराज:‘बाँकी जीवन न्यायिक लडाइँमा बिताउँछु’
काठमाडौंबाट फ्रान्स पठाइएका चार्ल्स शोभराज विमानभित्र। तस्बिर: एएफपी
‘बिकिनी किलर’का नामले विश्वभर चर्चित चार्ल्स शोभराजले आफ्नो बाँकी जीवन न्यायिक लडाइँमा बिताउने घोषणा गरेका छन्। सर्वोच्च अदालतको आदेशपछि शुक्रबार जेलमुक्त भई स्वदेश (फ्रान्स) फर्किने क्रममा शोभराजले आफूलाई कानुनी सहायता गरेका वरिष्ठ अधिवक्ता गोपाल शिवाकोटी ‘चिन्तन’सँग यस्तो बताएका हुन्। शिवाकोटीका अनुसार शोभराजले आफूविरुद्ध विश्वका विभिन्न देशका सञ्चारमाध्यमले झुटो र अफवाहपूर्ण समाचार प्रकाशन गरेर अतिरञ्जना गरेको टिप्पणी गरेका छन्।




‘अदालतको फैसलापछि म उनीसँग चार–पाँच घन्टाजति बसेको छु। यसबीच तमाम कुराकानी भयोे,’ नागरिकसँग कुराकानी गर्दै वरिष्ठ अधिवक्ता शिवाकोटीले भने, ‘उनले बिबिसी, सिएनएन, नेटफ्लिक्सलगायत सञ्चार माध्यमले पैसा कमाउने उद्देश्यले आफूविरुद्ध अतिरञ्जित हुनेगरी सामग्री प्रकाशन/प्रसारण गरेकोमा चित्त दुखाएका रहेछन्। ती संस्थाविरुद्ध बाँकी जीवन न्यायिक लडाइँ लड्छु भनेका छन्।’ शोभराजले त्यसका लागि उत्कृष्ट कानुन व्यवसायीको समूह चाहिने बताएको शिवाकोटी बताउँछन्।

उनी भन्छन्, ‘मैले गरेको कानुनी सहायताले खुसी भएको बताउँदै उनले त्यसमा मलाई पनि राखेर काम गर्ने भनेका छन्।’ शिवाकोटीका अनुसार शोभराजलाई नेपालको कारागारबाट यति सजिलै छुट्नेमा विश्वासै थिएन। ‘शोभराजले जेलबाट छुट्दा सरप्राइज महसुस गरेको मैले पाएँ। त्यसका लागि सबै कानुन व्यवसायी, अदालत सबैलाई धन्यवाद भनेका छन्,’ शिवाकोटी भन्छन्, ‘नेपाली सञ्चारमाध्यमले पनि आफूबारे नराम्रो नलेखेको भन्दै उनले खुसी व्यक्त गरेका छन्।’

शिवाकोटी जेल पर्दा जुरेको संयोग

वरिष्ठ अधिवक्ता शिवाकोटी र शोभराजको पहिलो भेट ‘कैदी’का रूपमा केन्द्रीय कारागार सुन्धारामा भएको थियो। शिवाकोटी ठगी मुद्दामा परेर २०७५ चैतमा पुर्पक्षका लागि केन्द्रीय कारागार पठाइएका थिए। त्यहीँ शोभराज २०६० सालदेखि कैद थिए।

शिवाकोटी जेल पर्दा शोभराजको मुद्दा लड्ने कुरा त परै जाओस् भेट हुन्छ भन्ने पनि सोचेका थिएनन्। तर त्यो सम्भव भयो। त्यो पनि कारागारकै चौकीदारमार्फत!

‘कारागार प्रशासनका केही कर्मचारीसँग शोभराजको कुराकानी हुने रहेछ। प्रशासनका कर्मचारीले कारागारमा एकजना राम्रो वकिल पनि परेको भनी बताएछन्,’ शिवाकोटीले भने, ‘त्यसैबेला कोभिड १९ को महामारी पनि फैलियो। मैले कारागारको अवस्था देखेर कैदी बन्दीलाई रिहा वा सजाय कम गर्न माग गर्दै सर्वोच्चमा रिट दिएँ। जसको सकारात्मक आदेश आएपछि शोभराज कन्भिन्स्ड भएका रहेछन्।’ त्यसपछि चौकीदारमार्फत शोभराजले आफूसँग सम्पर्क गर्न चाहेको उनले बताए।

‘सुरुमा त्यस्तो डरलाग्दो मान्छेसँग कसरी भेट्ने भन्ने लाग्यो। फेरि कानुन व्यवसायी नै भएकाले भेट्नुपर्ने लाग्यो। भेट पनि भयो,’ शिवाकोटीले भने, ‘मेरा बारेमा पहिल्यै पढिसकेको भनेर तारिफ गरे, कानुनी सहायता माग्न थालेपछि सुरुमा कागजात तयार पारिदिने तर खुलेर मुद्दा नलड्ने भनेको थिएँ।’ पछि कागजात अध्ययन गर्दै जाँदा नेपालको कानुनअनुसार छाड्न मिल्ने र जेलभित्र देखिएको आचरण र व्यवहारले पनि सरल देखेपछि खुलेरै उनका पक्षमा लागेको शिवाकोटी बताउँछन्।

‘नेपाली कानुन र स्वास्थ्य अवस्थाअनुसार २०७४/७५ मै छुट्नुपर्ने रहेछ। तर राम्रो वकिल नपाएकाले बढी सजाय भोग्न बाध्य देखें। त्यसमा झन् सरकारले एक मिनेट पनि अगाडि छाड्न नचाहेको देखियो। जुन कुरा जस्तोसुकै अपराधी भए पनि मानवोचित थिएन। त्यसैले आफैं खुलेर लागें,’ उनले भने, ‘त्यसपछि २०७५ असार २० गते पाटन उच्च अदालतमा शोभराजका तर्फबाट जेल सजायमा छुट गरी रिहाइको माग गर्दै रिट निवेदन दिएँ।’ जहाँबाट २०७५ फागुन १२ गते फैसला भई शोभराजले ७५ प्रतिशत सजाय भुक्तान गरिसकेकाले मानवोचित र विवेकपूर्ण निर्णय गर्न आवश्यक रहेकाले तीन महिनाभित्र आवश्यक निर्णय लिन आदेश भयो।

उनका अनुसार त्यस आदेशका सन्दर्भमा सरकारले खासै चासो देखाएन। त्यसपछि उच्च अदालतको आदेश पालन नभएपछि शिवाकोटी २०७८ पुस २ गते बन्दी प्रत्यक्षीकरणको पहिलो रिट लिएर सर्वोच्च पुगे। सर्वोच्चबाट सोही दिन उमेर, भोगिसकेको कैद र अब भुक्तान हुने कैदको अवधि, निजलाई मुटुको रोग लागेर सर्जरी गर्नुपर्ने अवस्था र चालचलन हेरी एक महिनाभित्र निर्णय लिनू भनेर गृह मन्त्रालयका नाममा परमादेश जारी भएको थियो। त्यसअनुसार पनि सरकारले निर्णय नलिएपछि शिवाकोटीले फेरि सर्वोच्चमा अर्को बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। बुधबार सर्वोच्चले सोही रिटको अन्तिम फैसला गर्दै शोभराजलाई कैदमुक्त गरेर १५ दिनभित्र उनकै देश (फ्रान्स) पठाउन सरकारका नाममा आदेश दिएको थियो।

यसरी कैदीका रूपमा केन्द्रीय कारागारमा शोभराज र शिवाकोटीबीचको भेट नै शोभराज कैदमुक्त भएर स्वदेश फर्कने बाटो खुलेको छ। शिवाकोटीले निर्णायक भूमिका खेले पनि मुद्दाको बहसमा शोभराजलाई पहिल्यैदेखि कानुनी सहायता दिँदै आएका वरिष्ठ अधिवक्ताहरू लोकभक्त राणा र रामबन्धु शर्माका साथै शोभराजकी ‘सासू’ शकुन्तला थापा र ‘पत्नी’का रूपमा परिचित निहिता विश्वास पनि सहभागी थिए।

फास्ट ट्र्याकबाट डिपोर्ट

सरकारले अदालतको फैसलाको कार्यान्वयन शुक्रबार एकै दिन फटाफट गरेको छ। केन्द्रीय कारागारले सम्पूर्ण प्रक्रिया पूरा गरेर शुक्रबार दिउँसो अध्यागमन विभागलाई बुझाएको थियो। त्यसपछि अध्यागमनले फटाफट आफूसँग बाँकी रहेको ५० हजार रूपैयाँ जरिवाना असुल गरेर डिपोर्ट (निर्वासन) को प्रक्रिया पूरा गर्दै साँझ फ्रान्स नै पठाइदिएको छ।

‘हामीले शोभराजको भिसामा रहेको अनियमितताको ५० हजार रूपैयाँ जरिवाना असुल गर्‍यौं। त्यसपछि फ्रान्सेली दूतावाससँग कन्ट्याक्ट गरेर टिकेटिङ प्रक्रिया पूरा गर्‍यौं। गृह मन्त्रालयबाट पनि फटाफट स्वीकृत भयो,’ विभागकी निमित्त प्रमुख प्रदर्शनी कुमारीले नागरिकसँग भनिन्, ‘यसरी अध्यागमन ऐनअनुसार १० वर्षसम्म नेपाल आउन नपाउने गरी शुक्रबारै डिपोर्ट गरेका छौं।’

शोभराज शुक्रबार साँझ ६ बजेको कतार एयरवेज विमानबाट पेरिसका लागि उडेका छन्। उनी शनिबार बिहान करिब ६ बजे पेरिस पुग्नेछन्। ‘शोभराज शुक्रबारै स्वदेश फर्कन चाहन्थे। कारागार प्रशासन र अध्यागमन विभागले पनि शीघ्रताका साथ काम गर्‍यो। मैले न्यानो लुगा, जुत्ताको व्यवस्था गरिदिएँ। खल्तीमा ६ सय डलर पनि हालिदिएँ,’ वरिष्ठ अधिवक्ता शिवाकोटीले भने, ‘त्यसपछि एयरपोर्टसम्म पुगेर बिदाइ गर्‍यौं। खुसी हुँदै गए।’  
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
३१ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस