श्रीमतीलाई जागिर दिएको विषयमा छानबिन गर्न माग
०८ पौष २०७९
•
२ मिनेट पाठ
श्रीमतीलाई जागिर दिएको विषयमा छानबिन गर्न माग
कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुका युवाहरु। तस्विर: नागरिक
खाँडाचक्र नगरपालिकाका प्रशासन शाखा प्रमुख अबिराज शाहीमाथि छानविन गर्न माग गरिएको छ।




नेकपा एमाले र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले शाहीमाथि छानविनकाे माग गर्दै नगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालय कालिकोटमा ज्ञापन पत्र बुझाएका छन्। शाहीले श्रीमती प्रगती ठकुरीलाई नियुक्ती दिएर जागिर खुवाएको विषयको समाचार नागरिक दैनिकमा आएपछि उनीमाथि छानविन गर्न माग गरिएको हो।    

‘खाँडाचक्र नगरपालिका प्रशासन शाखा प्रमुखमा कार्यरत अबिराज शाहीले आफ्नो श्रीमतीलाई आफैं नियुक्ती दिएर जागिर खुवाएको विषय र २०७८ फल्गुन १ गतेबाट तलव पाउने गरी आफ्नो श्रीमती प्रगती ठकुरीलाई नियुक्ती गरी हाजिर आफंै लगाई असोज सम्मको तलव आफैं बुझेको विषयमा ध्यानाकार्षण गर्दै यसरी जिम्मेवार  व्यक्तीबाट गैर कानुनी रुपमा काम गर्ने शाखा प्रमुख अबिराज शाहीलाई कानुनी कार्वाही गरी दुरुपयोग गरिएको राज्यको सम्पती असुर उपर गर्न गराउन माग गदैछौं।’, हिक्मतजंग मल्ल र सुनिल शाहीद्वारा लेखिएको पत्रमा भनिएको छ।

अघिल्लो सरकारले नियुक्ती गरेको करार कर्मचारीलाई हटाउने र नयाँ कर्मचारी भागबण्डाको आधारमा नियुक्ती गरेको निर्णय विरुद्घ कर्मचारी संगठनले विज्ञप्ती निकालेर ध्यानाकार्षण गराएको थियो।

शाहीले २०७८ साल फागुन १ गते बाट तलव पाउने गरी सामाजिक परिचालक तह पाँचौमा ठकुरीलाई नियुक्ती दिएर आफैं हाजिर गर्ने र तलव भत्ता श्रीमतीको खातामा जम्मा गरेका थिए।  

अबिराज शाहीले भने नगरप्रमुखको तोक आदेशमा श्रीमती ठकुरीलाई नियुक्त गरिएको दावी गर्दै कुनै पनि गैरकानुनी नभएको बताएका छन्।  

लेखा शाखा प्रमुख धिरवहादुर शाहीले भने आफूलाई नियुक्ती पत्र आएकाले ८ महिना अर्थात् २०७८ साल फागुन देखि २०७९ साल असोज सम्मको तलव निकासा गरेको बताए।

अनेरास्ववियुका युवा नेता हिक्मतजंग मल्लले यो विषय छानबिनको लागि माग गरेको र अब छिटै छानबिन हुने बताएका छन्।
अर्को समाचार
खाँडाचक्र नगरपालिकाका नासु विरूद्व अख्तियारमा मुद्दा दर्ता
१३ पौष २०७९
•
१ मिनेट पाठ
खाँडाचक्र नगरपालिकाका नासु विरूद्व अख्तियारमा मुद्दा दर्ता
खाँडाचक्र नगरपालिकाका नायब सुब्बा दीपकराज देवकोटाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले मंगलबार विशेष अदालतमा उनीविरूद्ध आरोपपत्र दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।




उनीमाथि एक लाख ९७ हजार ८९५ रुपैयाँ हिनामिना गरेको आरोप छ। अख्तियार प्रवक्ता भण्डारीका अनुसार खाँडाचक्र नगरपालिका पोल्ट्री बंगुर फार्मलाई ४२० वटा कुखुरा उपलब्ध गराउने सम्झौता भएको थियो। तर देवकोटाले उक्त फार्मको नाममा भुक्तानी लिएर चेक लुकाएका थिए।

त्यसबापत उनले घुस मागेको भन्ने सूचना अख्तियारले पाएको थियो। उक्त सूचनापछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो। खाँडाचक्र नगरपालिकाले वडा नं. ३ र ४ मा लघु उद्यम विकास अन्तर्गत कुखुरा पालन सीप विकास तालिम कार्यक्रम आयोजना गरेको थियो।

देवकोटाले कुखुराको साकोनी जातको चल्ला सम्झौताकर्ताबाट खरिद गरी तालिम कार्यक्रम आफैंले सञ्चालन गर्ने भनी सम्झौता गरेका थिए।

तर आफैंले गरेको सम्झौताविपरीत समयावधि तालिम सञ्चालन नगरिएको पाइएको प्रवक्ता भण्डारीले बताए। उनले एक दिन तालिम सञ्चालन गरी १५ दिन सञ्चालन गरेको देखाएर कार्यक्रम पूर्ण रूपमा सञ्चालन भएको भनेका थिए।

कार्यक्रमका झूटा बिल भरपाइ तथा कागजात तयार गरी कार्यालयबाट एक लाख ९७ हजार ८९५ रुपैयाँ भुक्तानी लिई हिनामिना गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

उनीविरूद्ध उक्त रकम बिगो कायम गरी कैद र जरिवाना समेत माग गरिएको छ।

त्यस्तै फार्मलाई चल्ला किनेबापत एक लाख ८० हजार १८० रुपैयाँ सम्झौताअनुसार भुक्तानी दिनुपर्ने थियो। त्यसबाट पनि उनले ३० हजार १८० रुपैयाँ घुस लिएको देखिएको अख्तियारले जनाएको छ। उक्त रकम बिगो बमोजिम जरिवाना जफत गरी अदालतमा आरोपपत्र दायर भएको हो।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३६ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस