फोक्सिन्टारस्थित सुनकोसी नदीमा पक्की पुल निर्माण भएपछि उदयपुर र खोटाङ सोझो यातायात सम्बन्धले जोडिएका छन्।
निर्माणाधीन गाईघाट–दिक्तल सगरमाथा लोकमार्गको फोक्सिन्टारस्थित सुनकोसीमा निर्माणाधीन पुल बनेपछि गाईघाट र दिक्तेललाई सोझो यातायातले जोडिएको हो।
नवनिर्मित पुल बिहीबारदेखि अनौपचारिकरुपमा सञ्चालन भएको छ। पुल सञ्चालन भएपछि गाईघाटदेखि साना तथा ठुला सवारी साधन सोझै खोटाङ सदरमुकाम दिक्तेल पुग्ने भएका छन्। ठेक्का लागेको झण्डै १ दशकमा पुल निर्माण भएको हो।
उदयपुरतर्फ रौतामाई गाउँपालिका ५ आँपटार र खोटाङतर्फ खोटेहाङ गाउँपालिका ३ लिच्कीराम्चेबीचमा पर्ने फोन्सिन्टारमा पुल बन्न ढिला हुँदा विगत ७ वर्षदेखि अस्थायी बेलिब्रीज जडान गरेर बर्सेनि ६ महिना यातायात आउजाउ गर्ने गरिएको थियो।
हिउँदमा पानीको सतह घटेपछि मंसिर अन्तिममा बेलिब्रीज लगाउने र वर्षा लागेपछि वैशाखमा खोल्ने गरिएको सो ठाउँमा पुल बनेपछि अव बेलिब्रीज लगाउन छाडिएको छ। लोकमार्गको स्तरोन्नति कोसी वारिपारि दुवै जिल्लातर्फ भइरहेको र झण्डै दशकअघिदेखि नै वारि र पारि यातायात चलिरहेका छन्। दुवै जिल्लातर्फका सडक सञ्चालन भइसक्दा पनि पुल नबन्दा सर्वसाधारणले आउजाउमा सास्ती भोग्दै आउनु परेको थियो।
वर्षायाममा बेलिब्रीज हटाएपछि दुवै जिल्लातर्फबाट आउने गाडीहरू रसुवा घाटसम्म पुगेर ओर्लेका यात्रुहरू झोलुङ्गे पुल तरेर अर्को गाडी चढ्नुपर्ने बाध्यता थियो। पक्की पुल सञ्चालन भएसँगै २ जिल्लावासीको कष्टकर यात्राको दिन सकिएको रौतामाई ५ का वडाध्यक्ष पाण्डव राईले बताए।
वडाध्यक्ष राईका अनुसार बेरिङकोट र एप्रोज सडक बनाउन बाँकी भए पनि स्थानीयको चर्को दबाब अनुसार २ मध्ये एउटा लेनमा यातायात चल्न दिइएको हो। निर्माण सकेर हस्तान्तरण, उद्घाटन गरेपछि मात्र गाडी चल्न दिने ठेकेदार कम्पनीको सोचाई भए पनि अति व्यस्त सडक भएकाले चर्को जन दबाबपछि पुल खोलिएको निर्माण कम्पनी गौरी–पार्वती–वाईपी जेभीलाई उद्धृत गर्दै उनले बताए।
काम सक्न बाँकी भए पनि गाईघाट दिक्तेल गर्ने साना ठुला असङ्ख्य सवारी साधनको आग्रहमा पुल सञ्चालन भएको उनको भनाई छ। एप्रोच सडक, बेरिङकोटलगायत पुलको अन्य सबै काम सक्न अझै १ महिना लाग्ने निर्माण कम्पनीले जनाएको छ।
बिहीबार खोटेहाङ गाउँपालिका अध्यक्ष उदिम राई तथा उपाध्यक्ष रुपेश राई सवार जिपसँगै अन्य सवारी साधन तारेर पुल सञ्चालनमा आएको वडाध्यक्ष राईले बताए। पुल सेक्टर १ धरानको रेखदेखमा निर्माण भएको पुलको ठेक्का २०६९ चैत्र २३ गते नै लागेको थियो। १९ करोड ६० लाख लागतमा २०७५ चैत मसान्तभित्र सक्नुपर्ने सम्झौता भए पनि विभिन्न कारण देखाएर ढिला भएपछि चाँडो सक्न दुवै जिल्लावासीको चर्को दबाब थियो।