दुई वर्षअघि दैलेखका हिक्मत वादीले कर्णालीभरिका बादी समुदायलाई सुर्खेतमा जम्मा गराएर आन्दोलन सुरु गरे। लगातार तीन सातासम्म कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिएपछि पाँच बुँदे सहमति भयो। सहमतिमा बादी समुदायका लागि खाना, नाना र छानासँगै बालबालिकाको शिक्षाको विषय समावेश थियो।
सरकारले सहमति कार्यान्वयन नगरेपछि हिक्मतले बादी बालबालिकाको खाना, नाना, छाना र शिक्षाका लागि अभियान सुरु गरे। सात वर्षदेखि हिक्मतले गाउँका केही बालबालिकालाई ल्याएर सुर्खेतको वीरेन्द्रनगरमा पढाउँदै आएका थिए। बादी सरोकार मञ्चको स्थापना गरेका उनी फेन्सी र स्टेशनरी पसल चलाउँथे। अरु सामाजिक काम पनि पनि गर्थे। गाउँमा भने आफ्ना समुदायका बालबालिका स्कुल नगएको, अभिभावकले नपठाएको, स्कुल जाँदा पनि विभेदको सामना गर्नु परेको यथार्थ उनले भोगेको थिए।
हिक्मतले अहिले ११० बालबालिकाको अभिभावकत्व ग्रहण गरिरहेका छन्। उनले आफ्ना समुदायका बालबालिका पढाउन गरेको दुःखको फेहरिस्त लामै छ। बालबालिकालाई पढाउनकै लागि उनले सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालनमा रहेका फेन्सी पसल विक्री गरे। ३८ जना बालबालिका पढाउन सुरु गरेका हिक्मतसँग अहिले कर्णालीका मात्रै होइन, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका गरेर ११० जना बादी समुदायका बालबालिकाले आश्रय लिइरहेका छन्।
‘कर्णालीका झण्डै एक हजार बाढी समुदायका नागरिकहरूले तीन साता कर्णाली सरकारविरुद्ध आन्दोलन गर्यौं, सरकारले पाँच बुँदे सहमति गर्यो,’ बादी समुदायका अगुवा हिक्मतले भने, ‘सरकारले सहमति कार्यान्वयन नगर्दा फेन्सी पसल विक्री गरेर बालबालिका पढाउन सुरु गरेको हुँ।’
हिक्मतले ‘हिक्मत’ गरेर आफ्ना समुदायका बालबालिका पढाउन सुरु गरेपनि उनीहरुलाई बिहान–बेलुकाको छाक टार्न समस्या हुन थाल्यो। हिक्मतले श्रीमती संगीता बादीले सञ्चालन गरिरहेको फेन्सी पसल ११ लाखमा विक्री गरे। त्यतिले ११० बालबालिका पढाउन एक वर्ष पनि पुगेन। फेरि उनले वीरेन्द्रनगरको पीपीरामा रहेको पुस्तक पसल पनि साढे छ लाखमा विक्री गरे।
उनले ५७ जना छात्रा र ५३ जना छात्र राखेका छन्। छात्र–छात्राका लागि वीरेन्द्रनगरमा दुई वटा घर भाडामा लिएका छन्। दुई घरको भाडा मासिक एक लाख तिर्नुपर्छ। ‘बालबालिकालाई आश्रय दिन, उनीहरुलाई स्कुल पढाउनका लागि मासिक नौदेखि १० लाख रुपैयाँ खर्च हुन्छ,’ उनले भने, ‘राज्यले सम्झौता अनुसारको जिम्मेवारी नलिँदा बालबालिका राख्न र पढाउन समस्या भइरहेको छ।’ हिक्मतले एक सय १० जना बालबालिकालाई खाना पकाउन, खुवाउन र स्याहार गर्नका लागि आठ जना कर्मचारी राखेका छन्। उनीहरुलाई मासिक एक लाख बढी पारिश्रमिक दिनुपर्छ।
दुई वर्ष अघिसम्म उनको आम्दानी राम्रै थियो। श्रीमतीले फेन्सी पसल गर्थिन्। आफू स्टेशनरी पसल चलाउँथे। मासिक एक–डेढ लाख रुपैयाँसम्म आम्दानी गर्थे। दुःख गरेर प्लस टु सकाएका हिक्मतले आफ्नो समुदाय पछि पर्नुको कारण अशिक्षा हो भन्ने बुझे। आफ्ना समुदायका बालबालिकालाई शिक्षामा पहुँच पुर्याउने उद्देश्यले २०७७ फागुन ९ गतेदेखि २६ गतेसम्म प्रदेश राजधानी वीरेन्द्रनगरमा आन्दोलन गरे।
आन्दोलनको बलमा पाँच बुँदे सम्झौता भयो। ‘जुन उद्देश्यका लागि हामीले आन्दोलन गरेर पाँच बुँदे सहमति गरेका थियौँ, त्यो उद्देश्य पूरा भएन्,’ हिक्मतले भने, ‘सरकारले सम्झौता अनुसार काम नगरेपछि दुई वटा पसल विक्री गरेर बालबालिका पढाउन सुरु गरेको हुँ।’
हिक्मतसँग अव ‘हिक्मत’बाहेक केही बाँकी छैन्। उनको पुर्ख्यौली जमिन छैन्। बालबालिकाको लालन पालन र विद्यालय पढाउँदा ३४ लाख बढी ऋण लागिसकेको छ। अझै कति ऋणमा डुब्ने हुन्, त्यो पनि पत्तो छैन्। जतिसुकै ऋणमा डुबे पनि आफ्ना समुदायका बालबालिकालाई उच्च शिक्षासम्म पढाउने उनको दृढ भने कायमै छ।
कर्णालीका समाजसेवी डाक्टर नवराज केसीले बालबालिकाका लागि मासिक २५ हजार सहयोग गर्छन्। बालबालिका बिरामी हुँदा औषधि उपचार पनि निःशुल्क गरिदिन्छन्। कहिले काहीँ जन्मदिन मनाउनेहरू पनि आएर बालबालिकाको आश्रय स्थलमा सहयोग गर्छन्।
‘घर भाडा तिरिदिने र बालबालिकालाई स्कुल पढ्नका लागि खर्च व्यहोरिदिने कोही भइदिए सहज हुन्थ्यो,’ उनी भन्छन्।
उनले पढाउन सुरु गरेका १४ वादी समुदायका बालबालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर अहिले प्लस टु पढ्दै छन्। गाउँमा वादी समुदायका बालबालिकामाथि भेदभाव हुने भएकाले बिचैमा पढाई छोड्ने गरिएकाले सहरमा ल्याएर पढाउने अभियानको सुरुवात गरिएको उनी बताउँछन्। ‘वादी समुदायका बालबालिका भन्ने बित्तिकै गाउँमा स्कुलमै विभेद हुन्छ, त्यहीँ भएर गाउँमा वादी समुदायका बालबालिका पढ्न सक्ने वातावरण छैन्,’ उनले भने, ‘ठाउँ छोड्दा विभेद पनि कम हुनुका साथै राम्रो शिक्षा पाइने भएकाले सहरमा ल्याएर बालबालिका पढाउन सुरु गरेका हौँ, यसले विभेद हट्नुका साथै बालबालिकाले पढ्ने वातावरण पनि पाउँछन्।’ बालबालिकालाई आश्रय दिनका लागि वादी सरोकार मञ्च नेपाल नामको संस्था स्थापना गरेका छन्। २०४८ सालमा दैलेखको चामुण्डा–विद्रासैनी नगरपालिकाको जबमुकाँधमा जन्मिएका हिक्मतको आफ्नै जीवनको सङ्घर्षको फेहरिस्त पनि ठुलै छ। हिक्मतका सात दिदी–बहिनी र एक भाइ छन्।
बुवा मजदुरी गर्थे। घरको आर्थिक अवस्था निकै कमजोर थियो। कमाउनलाई जमिन थिएन। बादी समुदायका अधिकांश बालबालिका कक्षा पाँचमाथि पढ्न सक्दैनन्। समाजमा मात्रै होइन, विद्यालयमा पनि वादी समुदाय भन्ने बित्तिकै देह व्यापार गर्ने जातिका रुपमा लिइन्थ्यो। अछामको तुर्माखाँदको बिन्द्रासैनी माविबाट एसएलसी उत्तीर्ण गरेका हिक्मतले मजदुरी गरेरै प्लसटुसम्मको अध्ययन सकाए।
उच्च शिक्षा अध्ययनका लागि उनीसँग पैसा थिएन। व्यवसाय गर्नका लागि दैलेखबाट सुर्खेत झरे। ऋण गरेर पुस्तक र फेन्सी पसल सञ्चालन गरे। व्यवसाय गर्दा पनि जातीय विभेद भोग्नुपर्यो। यसले उनलाई आफ्नो समुदायका लागि केही गर्ने हुटहुटी चल्न थाल्यो। सिङ्गो समुदाय नै विभेद र गरिबीमा बाँच्नुपर्ने अवस्था आएपछि समाज रुपान्तरण गर्ने अठोट लिए।
वादी समुदायका लागि केही गर्ने उद्देश्यले वादी सरोकार मञ्चको स्थापना गरेँ। वादी समुदायका सबै बालबालिकाले पढ्न पाउनुपर्छ भनेर वकालत गर्न लागे।
‘जबसम्म मानिस शिक्षित हुँदैन तबसम्म समाज रुपान्तरण हुन सक्दैन, विभेद पनि कम हुँदैन भन्ने आफैले भोगेँ,’ उनले भने, ‘त्यसैले मेरो पहिलो अभियान शिक्षाबाट सुरु भयो।’
सुरुमा वादी सरोकार मञ्चमार्फत उनले केही बालबालिकालाई गाउँबाट ल्याएर पढाउन थाले। सरकारले बादी समुदायका बालबालिका पढाउने गरेको सम्झौता कार्यान्वयन नभएपछि उनलाई नैतिक सङ्कट आइपर्यो।
‘जुन उद्देश्यका लागि आन्दोलन गरियो, राज्यले सम्झौता गर्यो, तर पूरा नहुँदा आफैलाई सङ्कट आइलाग्यो,’ उनले भने, ‘राज्यले आफ्नो दायित्व पूरा नगरे पनि नैतिकताका आधारमा आन्दोलनपछि सबै बालबालिकाहरूलाई ल्याएर पढाइराखेको छु।’
हिक्मतको अभियानले अहिले आकार लिँदै छ। बादी बालबालिकाहरूले गुणस्तरीय शिक्षा पाइरहेका छन्। गाउँको जस्तो विभेद ती बालबालिकाले सहरमा भोग्नु परेको छैन्। विद्यालय छोडेर कमाउन काला पहाड जानुपर्ने, छाक टार्नका लागि मजदुरी गर्नुपर्ने, देह व्यवहारमा लाग्नुपर्ने अवस्थाको अन्त्य हुँदै गएको छ। बालबालिकाका अभिभावकहरू ढुक्कले मजदुरी गर्न पाएका छन्। ‘पहिले–पहिले बालबालिकालाई लिएर अभिभावकहरू मजदुरी गर्न काला पहाड जानुहुन्थ्यो, यस कारण पनि बालबालिकाले पढ्न पाउँदैनथे,’ उनले भने, ‘अहिले पढ्ने उमेरका सबैलाई हामीले ल्याएका छौं, अभिभावकहरू ढुक्कसँग काला पहाड गरेर मजदुरी गर्नुहुन्छ।’
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...