द्वन्द्वमा संग्लन नभएका पीडितलाई राज्यले चासो दिएन
०५ पौष २०७९
•
४ मिनेट पाठ
द्वन्द्वमा संग्लन नभएका पीडितलाई राज्यले चासो दिएन
सशस्त्र द्वन्द्वपछि घाइते भएका कालिकोटको तिलागुफा नगरपालिका– २ भाटपानीका आनन्द पाण्डे। तस्बिर: नागरिक
कालिकोटको तिलागुफा नगरपालिका– २ भाटपानीका आनन्द पाण्डेसँग सशस्त्र द्वन्द्वसँग कुनै साइनो थिएन। सशस्त्र द्वन्द्व सकिएपछि २०६७ असारमा बम विस्फोटमा परेर गम्भीर घाइते भए। स्कुलबाट घर आएर मकैबारीमा खेल्दै गर्दा पाण्डेले ढुंगाले छोपेको फलामे बस्तु भेटे। त्यही बस्तु खेलाउने क्रममा विस्फोट भयो। द्वन्द्वसँग साइनो नभएका पाण्डे त्यही द्वन्द्वका कारण अपांग भए। ‘नेपालमा चलेको द्वन्द्व समाप्ति हुँदा म ६ वर्षको थिएँ’, उनले भने, ‘द्वन्द्वका बारेमा केही जानकारी नभएको मलाई त्यसैले जीवनभरका लागि पीडा दिएर गयो।’




बम विस्फोटमा परेर उनका दुवै आँखाको ज्योति गुमेको छ। पाण्डेलाई न राज्य पक्षले हेरेको छ न त तत्कालीन विद्रोही पक्षले। ‘मेरो घटना सशस्त्र द्वन्द्वकाल (वि.सं २०५२–६३) मा नभए पनि त्यसैको कारणले भएको हो’, पाण्डेले भने, ‘बम त त्यही बेला छाडिएको हो नि ? तर सरकारी निकायबाट अहिलेसम्म कुनै सहयोग प्राप्त भएको छैन।’

आफूजस्ता अपांगता भएका नागरिकका समस्या नसुल्झाइएको पाण्डेले बताए। ‘त्यो बेलाका दुवै पक्ष पटकपटक सरकारमा गए’, उनले भने, ‘तर अहिलेसम्म पनि हाम्रो समस्या बुझेका छैनन्।’

म्याग्दीको बेनी नगरपालिकाका ३२ वर्षीय सुरेन्द्र खत्री २०६२/६३ को शान्तिकालमा गाउँनजिकै ब्राखा चराउन गएका बेला २०६३ साल असार १२ का दिन जंगलमा छाडिएको विस्फोटक पदार्थ खेलाउँदा दुवै हात गुमाएँ। ‘जंगलमा प्लास्टिकमा बेरेर राखेको एउटा बस्तु भेट्टाएँ, भित्र के होला भनेर खोतल्दा त्यो बस्तु विस्फोट भएर मेरा दुवै हात गुम्नुका साथै शरीर क्षतविक्षत् भयो’, खत्री सम्झन्छन्, ‘म न द्वन्द्वमा संलग्न भएको थिएँ, न त कुनै पक्षले त्यो बेला द्वन्द्व गरिरहेको थियो। म अपांगता हुनुको कारण त्यही द्वन्द्व थियो।’

रुकुमपश्चिम बाँफीकोट नगरपालिकाका प्रेमाकुमारी विक ११ वर्षको उमेरमा गोली लागेर खुट्टा नचल्ने अपांगता भएकी छन्। तत्कालीन माओवादीले विद्रोह गरिरहेका बेला सपरिवार घरबाट बाँके आउने क्रममा उनको खुट्टामा गोली लागेको हो। कसले किन गोली हान्यो भन्ने अहिलेसम्म थाहा नभएको उनले बताइन्। ‘खै के कारणले मेरो खुट्टामा गोली हानियो’, उनले भनिन्, ‘मेरो खुट्टामा गोली लागेर अहिले अपांगता भएकी छु।’

२०५६ सालमा माओवादीले दाइको हत्या गरेपछि आफूहरू त्यहाँ बस्न नसक्ने भएपछि भागेर आउँदै गर्दा माओवादीले हानेको गोली लागेर आफू घाइते भएको बताइन्।

२०६३ मंसिर ५ मा तत्कालीन विद्रोही पक्ष र सरकारबीच शान्ति सम्झौता भयो। दसबर्से ‘जनयुद्ध’ का क्रममा दण्डहीनताले सीमा नाघेको थियो। द्वन्द्व समाप्ति भएको १६ वर्ष पूरा हुन लाग्दा पनि द्वन्द्वपछि तत्कालीन माओवादी विद्रोही र राज्यबाट अलपत्र पारेर छाडिएका बम तथा अन्य हातहतियारबाट घाइते तथा अपांग बनेकाहरू अहिलेसम्म पनि समस्यामा छन्। उनीहरूले उपचार तथा क्षतिपूर्ति पनि पाउन सकेका छैनन्।

तत्कालीन समयमा कुनै पनि पक्षमा नलागेका उनीहरू अहिले द्वन्द्वमा संलग्न पक्षहरू सत्तामा हुँदा कसैले चासो नदिएका कारण समस्यामा परेका हुन्। द्वन्द्वमा संलग्न नभएका तर त्यही कारणले अपांगताका भएका नागरिकको हक अधिकार र उनीहरूको जीवनयापनमा सुधार ल्याउनका लागि उनको औषधोपचारका लागि आफ्नै पहलमा २०७५ सालमा द्वन्द्वपीडितको राष्ट्रिय सञ्जाल गठन गरेको खत्रीले जानकारी दिए। ‘यस्ता समस्या भएका नागरिकका समस्या समधानका लागि द्वन्द्वपीडितका सवाल उजागर गर्न सञ्जाल गठन गरिएको हो’, उनले भने, ‘अहिले हामी द्वन्द्वपीडित अपांगताका सवालमा कुरा उठाइरहेको छौं।’

दसबर्से जनयुद्धको समयमा हजारौं नागरिक द्वन्द्वका कारणले अपांगता भएका र त्यसपछि द्वन्द्वमा छाडिएका हातहतियार तथा विस्फोटक पदार्थबाट अन्य धेरै नागरिक अपांगता भएकाहरू अहिले पनि खान, बस्न तथा औषधोपचारमा समस्या भएको अपांगता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र खत्रीले बताए। ‘गाँस, बास, कपास र आधारभूत आवश्यकतासँग लड्नुपरेको छ’, उनले भने, ‘द्वन्द्वका कारणले अपांगता भएका नागरिकले अहिलेसम्म सरकारले द्वन्द्वपीडितका लागि उपलब्ध गराएको राहतसम्म पाउन सकेका छैनन्।’

परिचयपत्रसमेत पाइएन

सुर्खेतको लेकबेसी नगरपालिका– ४ का गोपी खत्री र तुलबहादुर मगरलाई तत्कालीन शाही नेपाली सेनाले २०५९ साल माघ ९ मा नियन्त्रणमा लियो। सेनाले नियन्त्रणमा लिएर एक महिना बेपत्ता बनायो। त्यही समयमा खत्री र मगरलाई तत्कालीन शाही नेपाली सेनाले चरम यातना पनि दियो। यातनाका कारण उनीहरू अपांगता भए।

अहिले उनीहरू यातनाका कारणले औषधोपचार गरिरहनुपर्छ। औषधोपचार तथा अपांगता भएका कारणले समस्या भएको र परिचयपत्रसमेत पाउन नसकिएको खत्रीले बताए। ‘हामी कुनै पक्षमा संग्लन थिएनौं, तर हामी कुनै न कुनै रूपमा द्वन्द्वपीडित भयौं’, उनले भने, ‘राज्यले दिने सेवा सुविधा नपाउँदा समस्यामा छौं। एउटा परिचयपत्रसमेत पाउन सकेका छैनौं।’
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
४ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस