सोमबार बिहान उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्।
जिल्लाको ताप्ली गाउँपालिका ५ रुपाटारबाट कटारीतर्फ आउँदै गरेको प्र २–०१–००१ च ००५० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ताप्ली गाउँपालिका १ का ६५ वर्षीय मीनबहादुर सार्कीको मृत्यु भएको हो।
कटारी नगरपालिका १० को पालसिंहस्थित भित्री सडकमा बिहान ८ः४० बजे आफै अनियन्त्रित भई सडकदेखि १ सय मिटर तल खसेर दुर्घटना हुँदा बोलेरोमा सवार ९ मध्ये ६ जना घाइते भएका थिए। उनीहरूको उद्धार गरी उपचारार्थ कटारी अस्पताल पठाइएकोमा सार्कीको उपचारकै क्रममा साढे १०ः०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
जिपमा सवार चालकबाहेक ५ जना घाइते भएका छन्। घाइते हुनेमा सर्लाही जिल्लाको लालबन्दी बस्ने ३० वर्षीय फडिन्द्र श्रेष्ठ, उनकै ७ बर्सिया छोरी भवानी, उनकै २ बर्सिया अर्की छोरी भूमिका र ताप्ली ५ रुपटारकी २३ बर्सिया सुमित्रा गिरी रहेका छन्।
उनीहरूको मुख, हात खुट्टा र शरीरका बिभिन्न भागमा घाउ चोट लागेको छ। ताप्ली ५ रुपाटारकै ४५ वर्षीय झगडबहादुर विकको भने मुखमा सामान्य चोट लागेको छ। उनीहरु सबैको कटारी अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश पोदारले बताए।