मिक्चर मेसिनको ठक्करबाट शुक्रबार राति एक जना ओभरसियरको मृत्यु भएको छ।
निर्माणाधीन मदन भण्डारी लोकमार्गअन्तर्गत मोरङको लेटाङ नगरपालिका–९ मा मिक्सचर मेसिनको ठक्करबाट २४ वर्षीय ओभरसियर सुनील साहको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। सोही ठाउँको तेली खोलाको पुल निर्माणमा प्रयोग गरिँदै आएको को १ ख ४०७७ नम्बरको मिक्सचरले ठक्कर दिएको थियो। मिक्सचरले ठक्कर दिँदा सिरहाको लाहान नगरपालिका ओभरसियर सुनील साहको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।
सूर्य एण्ड सन्स कन्सट्रक्सनले पुल निर्माणको काम गरिरहेको र मृतक साह सोही कन्सट्रक्सनका ओभरसियर पदमा काम गर्दै आएका थिए। प्रहरीका अनुसार ट्रकमा जडान गरेर प्रयोग गरिँदै आएको मिक्सचरले घोला पु¥याएर पछाडि सार्ने क्रममा शुक्रबार राति पौने ९ बजेतिर ठक्कर दिँदा साहको घटनास्थलमै मृत्यु भएको हो।
प्रवक्ता श्रेष्ठका अनुसार मिक्सचरको ठक्करबाट मृत्यु भएसँगै मिक्सचर र चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–४ कालाबन्जरका ३५ वर्षीय शम्भु राजधामीलाई पक्राउ गरी अनुसन्धान थालेको छ।