‘इन्गेजमेन्ट’ टुट्दा व्यवसायी युवतीद्वारा आत्मदाह
२१ मंसिर २०७९
•
५ मिनेट पाठ
‘इन्गेजमेन्ट’ टुट्दा व्यवसायी युवतीद्वारा आत्मदाह
‘इन्गेजमेन्ट’ टुट्दा व्यवसायी घरानाकी एक युवतीले प्रेमीको घरमा पुगेर आत्मदाह गरेकी छन्। केल्मी नेपालकी अपरेसन म्यानेजर २७ वर्षीया पुष्पा न्यौपानेले बीभत्स ढंगबाट आत्मदाह गरेकी हुन्। काठमाडौं महानगरपालिका–४ धुम्बाराहीका २९ वर्षीय सुधन संग्रौलासँग पुष्पाको ‘इन्गेजमेन्ट’ भएको थियो। पारिवारिक स्रोतका अनुसार दुवैजनाबीच २०७८ माघमा चिनजान भएको थियो। त्यतिबेलादेखि नै उनीहरू प्रेम सम्बन्धमा थिए। त्यसबारे दुवैका अभिभावकलाई समेत जानकारी थियो। सोहीअनुसार भदौ १८ गते एक वर्षभित्र विवाह गर्नेगरी दुवैको ‘इन्गेजमेन्ट’ भएको थियो।




संग्रौला परिवारले गत शनिबार काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित न्यौपाने परिवारको घरमै पुगेर इन्गेजमेन्ट तोडेको जानकारी गराएको थियो। यसरी विवाह तोडिएपछि पुष्पा विक्षिप्त अवस्थामा पुगेकी थिइन्। आइतबार साँझ ७ बजे एकाएक धुम्बाराहीस्थित संग्रौला परिवारको घरअघि पुष्पाले शरीरमा आगो लगाएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो। उद्धारपछि उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल बर्न सेन्टरमा पु¥याइएको प्रहरीले जनाएको छ। उपचारकै क्रममा सोमबार बिहान ९ः२२ मा उनको मृत्यु भएको जनाइएको छ।

पुष्पाले दरबारमार्गस्थित केल्मी नेपालको सोरुमको नेतृत्व गर्दै आएकी थिइन्। केल्मी खेलकुद पहिरन र सामग्री उत्पादनमा अन्तर्राष्ट्रिय स्तरमै चर्चित ब्रान्ड हो। पुष्पा अध्ययन र व्यावसायिक नेतृत्वमा अब्बल ढंगबाट अघि बढिरहेको उनका काका उत्तम न्यौपाने बताउँछन्। उत्तम केल्मी नेपालको म्यानेजिङ डाइरेक्टर हुन्। ‘पढाइ र व्यवसाय दुवैमा छोरी अब्बल नै थिई। आफ्नो व्यावसायिक प्रवद्र्धनमा खेलकुद तथा सुरक्षा क्षेत्रका उच्च पदस्थ व्यक्ति र सेलिबे्रटीसँग चिनजान र डिल गर्न सक्ने हैसियत बनाएकी थिई,’ उनले भने।  

संग्रौला परिवार पनि व्यवसायमै संलग्न रहेको छ। काठमाडौंको न्युरोडस्थित रञ्जना गल्लीमा उनीहरूको पसल रहेको पुष्पाका काका उत्तमले जानकारी दिए। गत माघमा दरबारमार्गस्थित केल्मीकै सोरुममा आउँदा सुधन र पुष्पाबीच चिनजान भएको पारिवारिक स्रोतको दाबी छ। सोही चिनजानबाट उनीहरू प्रेममा परेको पुष्पाका काका उत्तमले बताए।

‘मलाई छोरीले कुनै कुरा लुकाउँदिनथी। आफ्नो प्रेम सम्बन्धबारे पनि प्रस्टसँगै भनेकी थिई,’ नागरिकसँगको कुराकानीमा उनले भने, ‘उनी (संग्रौला) हरूको परिवारसँग मेरो पहिल्यैदेखि चिनजान थियो। त्यसो भएकाले हामीले नाइँनास्ती गर्ने कुरै थिएन।’ बरु आफूले दुवैले एकअर्कालाई राम्रोसँग चिनजान गरेर उचित निर्णयमा पुग्न सुझाएको उनले बताए। ‘हामी पनि व्यवसायी र उनीहरू पनि व्यवसायी भएकाले रोजाइ मिल्न गयो। त्यसो भएकाले मैले राम्ररी चिनजान गर्ने, बानीव्यवहार बुझ्ने र अनि निर्णयमा पुग्ने सुझाव दिएको थिएँ,’ उनले भने।  

यसै क्रममा दुवै परिवार केटाकेटीसँग परस्पर घुलमिल भएको उत्तमको दाबी छ। ‘सुधनका आमाबुवा नै छोरीसँग बढी घुलमिल भएका थिए। सुधनकी आमा नै खाजादेखि खानासम्म छोरीलाई पु¥याउँथिन्,’ उनले भने।  

यति धेरै कुरा अगाडि बढिसकेपछि भदौ १८ गते दुवै परिवारको सहमतिमा एक वर्षभित्र विवाह गर्नेगरी ‘इन्गेजमेन्ट’ भएको थियो। ‘इन्गेजमेन्टपछि पारिवारिक सम्बन्ध झन् झाँगिएको थियो,’ मृतक पुष्पाका काका उत्तमले भने, ‘छोरीको खुसीमा हामी पनि खुसी नै थियौं।’ गत दसैंताका सुधनका बुवा दिनेशले आफूलाई फोन गरेर विवाहबारे सन्देहात्मक कुरा गरेको पुष्पाका काका उत्तम सम्झन्छन्। उनी भन्छन्, ‘उहाँले फोन गर्नुभयो। आफ्नो छोरालाई तनाव दिएको कुरा गर्दै थिए। मैले भेटेर कुरा गरौं भने।’ त्यसपछि भेटेर कुरा गर्दा अहिल्यै आवेगमा कुनै निर्णय नलिन आफूले अनुरोध गरेको बताए।  

यसै क्रममा गत शनिबार (१७ गते) बुद्धनगरस्थित न्यौपानेको परिवारको घरमा आएर संग्रौला परिवारले इन्गेजमेन्ट तोडेको पुष्पाका काका उत्तमले जानकारी दिए। त्यसक्रममा इन्गेजमेन्टमा लिएदिएका जनैसुपारी, दक्षिणा र गरगहनासमेत फिर्ता गरिएको उनले बताए। त्यसपछि पनि आइतबार (१८ गते) पुष्पालाई आफ्नो घर बोलाएर मानसिक तनाव दिने काम भएको उत्तमको दाबी छ। ‘सम्बन्ध तोडिसकेपछि किन बोलाउनु ? बारम्बार किन टर्चर दिनु ?’ उनले भने। त्यसपछि बाहिर निस्किएर घरको गेटमा आई पुष्पाले आत्मदाहको प्रयास गरेको उनको दाबी छ।  

आत्महत्या दुरुत्साहनको आरोप  

पुष्पाको मृत्युपछि न्यौपाने परिवारले संग्रौला परिवारविरुद्ध आत्महत्या दुरुत्साहनको आरोप लगाएको छ। सोमबारै पुष्पाका काका उत्तमले केटा सुधन, उनका बुवा ५७ वर्षका दिनेश संग्रौला, आमा ५७ वर्षीया बिन्दु र दाइ २९ वर्षीय मधु संग्रौला गरी चारजनाविरुद्ध ‘आत्महत्या दुरुत्साहन’को आरोपमा महानगरीय वृत्त महाराजगन्जमा किटानी जाहेरी दिएका छन्।

जाहेरीमा निश्चय भएको विवाह एकाएक तोडेर पुष्पालाई मानसिक यातना दिएको, त्यसअघि पनि मानसिक यातना दिने गरेको, पुष्पाले ‘म मर्नुभन्दा अर्को विकल्प रहेन’ भनेर जानकारी गराउँदागराउँदै पनि फेरि घरमा बोलाएर मानसिक यातना दिएर मर्न बाध्य पारेको उल्लेख छ। यस्तै आफ्नै घरको गेटमा पुगेर पेट्रोल छर्केर आत्महत्या गर्न लाग्दा त्यसलाई रोक्नुको साटो उल्टै दुरुत्साहन गरेको आरोप जाहेरीमा लगाइएको छ। आगो लगाइसकेपछि पनि बचाउनुको सट्टा आफूलाई फोन गरेर ‘तपाईंको छोरीजस्तै लाग्ने महिलाले शरीरमा पेट्रोल खन्याई आगो लगाएर आत्महत्या गर्दै छिन्’ भनेर दुरुत्साहन गरेको जाहेरीमा उल्लेख छ।  

‘जेसुकै भए पनि आत्महत्या गर्न खोज्दा बचाउनु मानवीय धर्म हो। उहाँहरूले बचाउनसम्म खोज्नुभएन,’ पुष्पाका काका उत्तमले भने, ‘प्रहरीले आएर उद्धार गर्दासम्म उहाँहरू मूकदर्शक भएर हेरिरहनुभयो।’ जाहेरीपछि सोमबारै प्रहरीले आरोपित चारैजनालाई पक्राउ गरेको थियो। त्यसपछि मंगलबार चारैजनालाई जिल्ला अदालत काठमाडौंमा पेस पनि गरेको थियो। तर अदालतले सुधनबाहेक अन्यलाई हिरासतमा राख्न अनुमति दिएन। त्यसपछि बाँकी तीनजनालाई हाजिरी जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
३१ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस