रेडियो नेपालका उदयपुर संवाददाता गजेन्द्र राईलाई पक्राउ गरेको घट्नाप्रति नेपाल पत्रकार महासंघ उदयपुर, नेपाल फोटो पत्रकार महासंघ र नेपाल आदिवासी जनजाति महासंघले आपत्ती जनाएका छन्। विद्युतीय ऐनविरुद्ध अपराध आरोपमा शनिबार दिउँसो ४ः०० बजे रिपोर्टिङ गरिरहेकै बेला राईलाई पक्राउ गरेकोप्रति उनीहरुले छु्ट्टाछु्ट्टै विज्ञप्ती प्रकाशित गरी आपत्ती जनाएका हुन्।
पत्रकार महासंघ उदयपुरका पूर्व सहसचिव, फोटो पत्रकार महासंघका निवर्तमान अध्यक्ष, प्रेस सेन्टर नेपाल १ नं. प्रदेश कमिटी सचिव तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ केन्द्रीय सदस्यसमेत रहेका राईलाई प्रहरीले रिपोर्टिङमा रहेकै बेला अमानवीय तरिकाले पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको उनीहरुले जनाएका छन्।
सत्यतथ्य विवरणको आधारमा समाचार लेखेको विषयलाई लिएर पत्रकारमाथि साईबर क्राईम मुद्धा पर्नु सम्पूर्ण प्रेस जगतका लागि दुःखद कुरा रहेको र यसले प्रेस स्वतन्त्रतालाई कुण्ठित गरेको महासंघको विज्ञप्तीमा उल्लेख छ। समाजमा घटेका सहिसत्य कुरा र गलत प्रबृत्तिको उजागर गर्ने काम गर्दा यसरी प्रेस जगतमाथि आक्रमण गर्नेहरुप्रति सचेत हुनु पर्ने महासंघका सचिव विश्वराज तामाङले जारी गरेको विज्ञप्तीमा जनाइएको छ। त्यस्तै फोटा पत्रकार महासंघका सचिव लक्ष्मी पोखरेल र फोनिज सचिव बुद्धि चामलिङको विज्ञप्तीमा यो कार्यलाई निन्दनीय र भत्र्सनायोग्य भनिएको छ।
रार्ई आफैले सञ्चालन गरेको निगरानी पोष्ट डटकमको आधिकारिक युट्युव च्यानलमा नातामा काका ससुरा र बुहारी रहेका महिला र पुरुषबीचको सम्बन्धबारे भिडियो समाचार प्रकाशन गरेकोमा राईलाई मुद्धा परेको महासंघले जनाएको छ। राज्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको अवस्थामा राईमाथि परेको साईवर अपराधबिरुद्ध मुद्धा र प्रहरीले गरेको अमानवीय व्यवहारप्रति घोर आपत्ती प्रकट गर्दै आगामी दिनमा यस्ता घट्ना नदोहोर्याउन विज्ञप्तीमा सचेत गराइएको छ।
साथै समाचार लेखेको विषयलाई लिएर मुद्धा परेकाले यसको छिनोफानो गर्ने जिम्मा अद्र्धन्यायिक संस्था प्रेस काउन्सिल नेपाललाई दिन पनि महासंघले माग गरेको छ।
प्रहरीले भने प्रधान कार्यालय साईबर क्राईम व्युरो र काठमाडौँ जिल्ला अदालतको पक्राउ आदेशका आधारमा राईलाई नियन्त्रणमा लिइएको जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले साईबर क्राईमबारे कारबाही गर्ने अधिकार आफुसँग नभएकाले आवश्यक अनुसन्धान र कारबाहीका लागि पक्राउ परेलगत्तै पत्रकार राईलाई काठमाडौँ पठाइएको बताए।