रिखिदेउ गाउँमा स्वास्थ्य इकाई स्थापना, स्थानीयवासी हर्षित
०९ मंसिर २०७९
•
२ मिनेट पाठ
रिखिदेउ गाउँमा स्वास्थ्य इकाई स्थापना, स्थानीयवासी हर्षित
सर्वसाधारणको स्वास्थ्यमा पहुँच विस्तारका लागि जुम्लाको हिमा गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको छ। सामान्य स्वास्थ्य उपचारका लागि ४ देखि ५ घण्टा हिँडेर स्वास्थ्य चौकीमा पुग्न बाध्य सर्वसाधारणलाई ध्यानमा राखेर हिमा गाउँपालिकाले वडा नम्बर २  रिखिदेउ गाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो।  




स्वास्थ्य चौकी सरहको सेवा सुविधा दिनेगरी गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको गाउँपालिका अध्यक्ष  लक्ष्मण शाहीले बताए। रिखिदेउ गाउँका स्थानीयलाई स्वास्थ्य सेवा सहजरूपमा दिने उदेश्य छ। उनले भने, ‘अब स्थानीयले सहजै सेवा पाउनेछन्। उनका अनुसार  त्यो गाउँमा ३९ घरधुरी छन्।सामुदायिक स्वास्थ्य इकाई स्थापनाका कारण सिटामोलका लागि ४र५ घण्टासम्म  हिँड्नुपर्ने बाध्यता हटेकोमा स्थानीय उत्साहित छन्। स्वास्थ्य सेवाको पहुँचबाट कोही पनि टाढा नहुन् भन्ने लक्ष्यकासाथ दुर्गम गाउँमा स्वास्थ्य इकाई सुरु गरिएको हो।अध्यक्ष शाहीले भने,‘अब यस ठाउँका जनताले एक प्याकेट जीवनजल र सिटामोलको ट्यावलेट लिन घण्टौं उकालो हिँड्न पर्दैन’। 

स्वास्थ्य इकाईमा अहिले तत्कालै १ जना अनमि र १ जना कार्यालय सहयोगीको प्रबन्ध मिलाइएको छ। सामान्य  बिरामी हुँदा घर देखि टाढा ५र६ घण्टा हिँडेर जानु पर्ने बाध्यता थियोे। यो समस्या हल भएको उनले बताए। अहिले गाउँमै सिटामल,सामान्य चेकजाँच  घर नजिकै गराउन पाउँदा स्थानीय नागरिक धेरै खुसी भएका छन्। 

स्थानीय सरकारको महसुस हुन थालेको लागेको स्थानीय पदमकला रोकायाले बताइन्। उनका अनुसार सुत्केरी हुँदा पनि स्टेचरमा बोकेर लैजानुपर्ने र रातिको समयमा बिरामी भए जङ्गलको बाटो जानुपर्ने समस्याको अब समाधान भएको उनी बताउँछिन्। सामान्य चोटपटक लागे पनि स्वास्थ्य चौकी जानु पर्ने हुन्थ्यो हामीलाई घर नजिकै सामुदायिक स्वास्थ्य इकाईमा गएर उपचार गर्न पाइने उनले तर्क गरिन्।जुम्लाको सबै भन्दा दुर्गम विकट ठाउँमा रहेको बस्ती वरिपरि जङ्गलले ढाकेको गाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो।
अर्को समाचार
‘विहेबारी बीस वर्षपारी’
०८ पौष २०७८
•
२ मिनेट पाठ
‘विहेबारी बीस वर्षपारी’
बालविवाह रोकथाम गर्ने जुम्लाका स्थानीय तह सक्रिय हुनुपर्नेमा यहाँका सरोकारवालाले जोड दिएका छन्। बालविवाहसम्बन्धी सरोकारवालासँगको अन्तर्क्रिया कार्यक्रममा बालविवाह न्यूनीकरण अभियानमा अघिबढ्ने प्रतिबद्धता जनाएका छन्।




हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले बालविवाह गाउँमा व्यापक रुपमा भइरहेकोले न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम भइरहेको बताए। उनले भने, 'गाउँमा बालविवाह लुकिछिपी भइरहेका छन्। सो तथ्याङ्क सङ्कलन हुन सकेको छैन।

स्थानीयतहले तथ्याङ्क सङ्कलन गरेर बालविवाह हुनुको कारण बारेमा पहिचान गर्ने छ। यो अभियानमा जनप्रतिनिधि, कर्मचारी र गाउँपालिकावासी जागरुक भएर लाग्नुपर्ने बेला आइपुगेको छ। शिक्षक, कर्मचारी,जनप्रतिनिधिबाटै बालविवाहलाई प्रोत्साहन दिने काम भइरहेको छ। उनीहरुलाई कानुनको दायरामा ल्याउनुपर्ने गाउँपालिका उपाध्यक्ष रोकायाले बताए।'

गाउँपालिकाले नीति तथा कार्यक्रममै ‘विहेबारी २० वर्षपारी’ भन्ने कार्यक्रम अघि बढाइसकेको छ।  राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका अधिकृत धनराज शाहीले समाजले बालविवाहलाई सहज रुपमा स्वीकार गरेकोले नै बालविवाह बढेको बताए।

प्रहरी निरीक्षक युवन चौधरीले बालविवाह गरेको उजूरी अहिलेसम्म नपरेको जानकारी दिए।आर्थिक वर्ष २०७५/७६ मा दुई बालविवाहका उजूरी परेका थिए। त्यो भन्दा पछिल्लो समयमा उजूरी नपरेका जिल्ला प्रहरी कार्यालय जनाएको छ। बालविवाहविरुद्ध जिल्लाभर अभियान सञ्चालन गर्नुपर्ने सामाजिक विकास कार्यालयका प्रमुख तुलरज चौलागाइँले बताए।

बालविवाहलाई सरकारले कुरीतिका रुपमा घोषणा गरिसकेको अवस्थामा कानुनी ज्ञान फैलाउनुको विकल्प नभएको निमित्त प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले बताए। प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र क्याड नेपालको आयोजनामा बालविवाहसम्बन्धी सरोकारवालासँग अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको थियो।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस