मतदातामा उत्साह देखिएन, बागलुङमा ५३.५६ प्रतिशत मत खस्यो
०४ मंसिर २०७९
•
४ मिनेट पाठ
मतदातामा उत्साह देखिएन, बागलुङमा ५३.५६ प्रतिशत मत खस्यो
बागलुङ नगरपालिका-४ कुँडुलेको कुँडुले मावि मतदान केन्द्रमा मतदान गर्न आएका ज्येष्ठ नागरिक जुक्तिबल्लव सापकोटा। तस्विरः संगम/नागरिक।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन-२०७९ अन्तर्गत बागलुङमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ।




बागलुङमा छिटफुट साना तिना विवाद बाहेक निर्वाचन बिथोलिने गरी कुनै पनि घटना र गतिविध भएनन्। जिल्लाको जैमिनी नगरपालिका -४ सर्कुवा जनता मावि मतदान केन्द्रमा दिउँसो केही समय विवाद भएपछि मतदानका लागि समय थप गरेर सम्पन्न गरिएको छ। साँझ साढे ६ बजेसम्म मतदान सम्पन्न भएको बताईएको छ। जिल्लाका अन्य सबै ठाउँमा मतदान सम्पन्न भएको बागलुङका मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले जानकारी दिए।  

यो पटक निर्वाचनमा मतदाताको खासै उत्साह देखिएको छैन। ग्रामिण क्षेत्रमा मात्र नभई बजारकै बीचमा रहेका मतदान स्थलमा पनि मतदाता उपस्थीति कम देखिएको छ। जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञप्रसाद रिजालका अनुसार यो पटक करिब ५३.५६ प्रतिशत मत खसेको छ। कुल एक लाख ९२ हजार २ सय २७ मतदातामध्ये एक लाख २ हजार ९ सय ६३ मत खसेको हो। स्थानीय निर्वाचनमा ६९ प्रतिशत मत खसेको बागलुङमा अहिलेको निर्वाचनमा १५ प्रतिशत कम मत खसेको आँकलन गरिएको छ। ‘मतदान अधिकृतहरुले फोनमा उपलब्ध गराएको तथ्याङ्क अनुसार करिब ५४ प्रतिशत मत खसेको देखिन्छ,’रिजालले भने,‘ आधिकारिक डाटा आउँदा केही तलमाथि हुनसक्छ।’  

बागलुङ क्षेत्र नम्बर १ को जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा र क्षेत्र नम्बर २ को बुर्तिबाङमा मतगणना हुनेछ। आईतबार मतपेटिकाहरु संकलन गर्दा नै राती हुने भएकाले सोमबार दिउँसोबाट मात्रै मत गणना सुरु हुनसक्ने रिजालले बताए। दुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको बागलुङमा एक लाख ९२ हजार २२७ जना मतदाता रहेका छन्। 

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा गरी बागलुङका सबै क्षेत्रमा ३१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।  बागलुङ क्षेत्र नम्बर १ बाट पाँच दलीय सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र एमालेबाट डा. सूर्य पाठक उम्मेदवार छन्। यसका अतिरिक्त राष्ट्रिय स्वतन्त्र पार्टीबाट खिमानन्द कँडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटा, नेपाली काँग्रेस वीपीबाट शिवलाल सापकोटा र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्री पनि चुनावी मैदानमा रहेका छन्। यो क्षेत्रमा ९६ हजार ६ सय ६६ मतदाता रहेका छन्।  

क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा ५० हजार ५ सय ८० मतदाता रहेका छन्। यहाँ गठबन्धनबाट काँग्रेसका पूर्व जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र एमालेका तर्फबाट जिल्ला अध्यक्ष हिराबहादुर खत्री उम्मेदवार छन्। उनीहरुसंगै राप्रपा नेपालका डिल्लीप्रसाद आचार्य, समाजिक एकता पाटीृका भक्तबहादुर विक र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमाल पनि चुनावी प्रतिस्पर्धामा उत्रिभएका छन्। क्षेत्र नम्बर १ प्रदेशसभा ख मा गठबन्धनबाट काँग्रेस युवा नेता डिल्लीराम सुवेदी र एमालेका नवराज पौडेल मुख्य प्रतिस्र्धी रहेको  ठानिएको छ। उनीहरुसंगै राप्रपा नेपालका गोविन्द सापकोटा र मंगोल नेश्नल अर्गनाईजेसनका सहवीर थापा उम्मेदवार छन्। यहाँ ४६ हजार ८६ मतदाता रहेका छन्।

९५ हजा पाँच सय ६१ मतदाता रहेको बागलुङ क्षेत्र नम्बर २ मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं माओवादी केन्द्रका सचिव देबेन्द्र पौडेल गठबन्धन र मञ्जु शर्मा चालिसे एमालेको तर्फबाट उम्मेदवार बनेका छन्। उनीहरुसंगको प्रतिस्पर्धामा जनमुक्ति पार्टीका चित्रप्रसाद गुरुङ, दलित पार्टीका टेकप्रसाद कामी, राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्री, स्वतन्त्र उम्मेदवार तुलसीराम अर्याल र डिलबहादुर कार्की उम्मेदवार छन्। कार्कीले केही दिन अघि मात्रै आफ्नो उम्मेदवारी मिड प्याक गरेका छन्। 

क्षेत्र नम्बर २ को प्रदेश सभा क मा दुई जना मात्रै प्रतिस्पर्धी छन्। गठबन्धनको तर्फबाट काँग्रेस जिल्ला सभापति जितबहादुर शेरचन र स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीबीच यहाँ प्रतिस्पर्धा छ। घर्तीलाई एमालेले समर्थन गरेको छ। यहाँ ५४ हजार तीन सय ३४ मतदाता छन्।  

४१ हजार दुई सय २७ मतदाता रहेको क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा गठबन्धनबाट काँग्रेस नेता दोर्णकुमार कुँवर र एमालेका जिल्ला उपाध्यक्ष लक्ष्मण पुन उम्मेदवार छन्। उनीहरुसंगै जनता समाजवादी पार्टीका जंगबहादुर घर्ती, मंगोल नेश्नल अर्गनाईजेसनका ताराबहादुर घर्ती, स्वतन्त्र उम्मेदवारह नरबहादुर गुरुङ र दुर्गादेवी घर्ती पनि प्रतिस्पर्धामा छन्। यस पटकको निर्वाचन बागलुङका तीन उम्मेदवारले आफैलाई मतदान गर्न नपाउने भएका छन्। 

बागलुङ क्षेत्र नम्बर १ का गठबन्धन उम्मेदवार चित्रबहादुर केसी, क्षेत्र नम्बर २ का गठबन्धन उम्मेदवार देवेन्द्र पौडेल क्षेत्र नम्बर २ प्रदेश क का उम्मेदवार जितबहादुर शेरचनले आफैलाई मतदान गर्न नपाउने भएका हुन्। आफ्नो मतादता नामावली भएको भन्दा फरक क्षेत्रबाट उम्मेदवार बनेकाले आफैलाई मतदान गर्न नपाएका हुन्।

चित्रबहादुर केसीको तिलोत्तमा नगरपालिका रुपेन्देहीमा मतदाता नामावली छ। पौडेलको क्षेत्र नम्बर १ का अमलाचौरमा शेरचनको क्षेत्र नम्बर २ प्रदेश (ख) अन्तर्गत गर्ने ढोरपाटनमा मतदाता नामावली रहेको छ। निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि दुई हजार ७ सय ९० कर्मचारी र स्वयंसेवक खटिएका थिए। नेपाल प्रहरी र म्यादी प्रहरी गरी करिब दुई हजार सुरक्षाकर्मी साथै सशस्त्र प्रहरी र नेपाली सेना पनि खटाईएको थियो।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१८ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस