कपिलवस्तुमा पाँच वर्षमा १ हजार ९३९ घरेलु हिंसाका उजुरी, १ हजार ८१० मिलापत्र
११ साउन २०८३
•
३ मिनेट पाठ
कपिलवस्तुमा पाँच वर्षमा १ हजार ९३९ घरेलु हिंसाका उजुरी, १ हजार ८१० मिलापत्र
कपिलवस्तुमा घरेलु हिंसाका विषयमा पर्ने उजुरी मध्ये ९० प्रतिशत बढी मिलापत्रमा गर्ने गरिएको छ। विगत केही वर्ष अघि सम्म लाज, डर त्रास लगायतका कारण महिलाहरू आफूमाथि परेको घरेलु हिंसा सहेर बस्ने महिलाहरू अहिले भने खुलेर बाहिर ल्याउन थालेका छन्।




श्रीमान्, सासू, ससुरा लगायतबाट हिंसामा परेको उनीहरू अहिले भने न्यायका लागि बाहिर आउन थालेका हुन्। घरमा सीमित हुने घरेलु हिंसा बाहिर आए पनि जिल्लामा भने अधिकांश मुद्दा मिलापत्रमा समाधान गर्ने गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेल अनुसार कपिलवस्तुमा अधिकांश घरेलु हिंसाका मुद्दा मिलापत्रमा समाधान गर्ने गरिएको छ।

खान बस्न नदिएको, गाली गलौच गरिएको, कुटपिट, घरायसी झैझगडा, विवाह दर्ता नगराएको लगायतमा उजुरी पर्ने गरेको छ। जिल्ला प्रहरी कार्यालयमा ५ वर्षमा परेको कुल १ हजार ९३९ उजुरी मध्ये १ हजार ८१० मिलापत्र मै समाधान गरिएको छ।

गत आर्थिक वर्ष २०८२/०८३ मा कुल ३ सय ६३ उजुरी परेकोमा ३ सय ५१ मिलापत्रमा समाधान गरिएको थियो। १२ वटा मुद्दा मात्र थप कानुनी कारबाहीका लागि अदालत पठाइएको छ।

आर्थिक वर्ष २०८१/०८२ मा कुल ५ सय ९ मुद्दा परेका थिए। त्यस मध्ये ४ सय ७६ मिलापत्रमा टुंगाइएको र बाकी २१ मुद्दा अदालत पठाइएको प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी रिपेन्द्र कुमार सिंहले बताए।

आर्थिक वर्ष २०८०/०८१ मा कुल ३ सय ४७ महिला हिंसाका उजुरी परेका थिए। जसमध्ये ३ सय १२ वटा मिलापत्र गरी समाधान गरिएको थियो। आर्थिक वर्ष २०७९/०८०मा ३ सय ५२ वटा परेको उजुरी मध्ये ३ सय २१ मिलापत्र र ३१ अदालत गएको तथा आर्थिक वर्ष २०७८/०७९मा ३ सय ५० उजुरी  मध्ये १८ वटा अदालत गएको बाकी सबै मिलापत्र गरिएको थियो।

प्रहरी, र सरोकारवाला संघ संस्थाको पहलमा महिलामाथि हुने अनेक प्रकारका हिंसा र दुर्व्यवहारका गुनासो र समस्याहरु समाधान हुने गरेको सिंहले बताए। सक्दो प्रयास गर्दा पनि नमिल्ने उजुरी मात्र अदालत सम्म पुग्ने गरेको उनले बताए।

हरेक वर्ष यस्ता गुनासो र उजुरीको सङ्ख्या बढ्दै गए पनि महिलाहरूको हक अधिकारका लागि क्रियाशील संघ संस्था बिचको समन्वय र सक्रियतामा समाधान हुने गरेको छ। संघ संस्थाले मिलाउन नसके प्रहरीको सहयोगमा यस्ता समस्या समाधान हुने गरेको छ।

हिंसा र दुर्व्यवहारका उजुरी बढे पनि ९० प्रतिशत समस्या अदालत सम्म नपुगी समाधान गरिएको जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेलले देखाएको छ। घरेलु हिंसाका निवेदन मिलापत्र मै टुङ्गिने गरेको र पीडितहरू अदालत जान नचाहेकोले मिलापत्रको माग आउने गरेका प्रहरी नायब उपरीक्षक रितेन्द्र सिंहले बताए।

अरू भन्दा महिलाका समस्यालाई प्राथमिकता दिई समाधान गर्ने गरेको जिल्ला प्रहरी प्रहरी उपरीक्षक मनोहर कुमार भट्टले बताए। घर सम्हाल्ने र चलाउने महिला नै अन्यायमा परे घर परिबार बिग्रने हुँदा समाजलाई नराम्रो असर पर्ने भएकाले प्राथमिकता दिई काम गर्ने उनले बताए।

विभिन्न कारण पीडित महिलाहरू अहिले खुलेर आफ्नो समस्या बाहिर ल्याउन थाले पछि न्याय पाउन थालेको महिला अधिकारका क्षेत्रमा क्रियाशील साथी संस्था महिला सेल्टरकी संयोजक विमला घिमिरेले बताइन। ‘हामी आफै पनि पहिले संस्थामै परिवारलाई बोलाएर छलफल गछौं यहाँ नभए प्रहरीमा लैजाने गछौं’ उनले भनिन्।

प्रहरीमा पुग्दा सम्म धेरै समस्या समाधान हुने उनले बताइन। जटिल र पुग्ने पर्ने मुद्दा मात्र अदालत लगिने गरिन्छ। ‘हिंसा पीडित महिलाहरू उजुरी गर्छन् तर कारबाही प्रक्रिया अघि बढाउन खोजिए आफै मिलापत्रका लागि अग्रसर हुन्छन्,’ प्रहरी उपरीक्षक  मनोहर कुमार भट्टले भने,‘पीडित आफै पछि हटे पछि उनीहरू कै माग बमोजिम घटनाहरू मिलापत्र हुने गरेका छन्।’

अदालती प्रक्रिया लामो मात्र नभई फैसला पछि परिबार मिलेर बस्ने अवस्था नहुने हुँदा पनि मिलापत्रमै जोड दिने साथी संस्थाकी विमला घिमिरेले बताइन्। महिलाहरू सचेतना र हिंसा गर्नेलाई कानुनी कारबाही हुने हुँदा पनि हिंसाका घटना अदालत सम्म पुग्दैनन्।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
२७ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस