भारत भ्रमणमा प्रधानमन्त्री शाहले संयुक्त पत्रकार सम्मेलनमा के भने ? (पूर्णपाठ)
०७ मंसिर २०८३
•
५ मिनेट पाठ
भारत भ्रमणमा प्रधानमन्त्री शाहले संयुक्त पत्रकार सम्मेलनमा के भने ? (पूर्णपाठ)
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबिच भएका समझदारी तथा परियोजनाको प्रतिफल आम नागरिकसम्म पुग्नुपर्ने बताएका छन्।




भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै शाहले सहकार्यबाट किसान, युवा, विद्यार्थी र उद्यमीले लाभ पाउनुपर्ने बताएका हुन्।

शाहले नेपाल र भारतबिचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र पारस्परिक विश्वासमा आधारित रहेको बताए। प्राकृतिक विपद् र कठिन परिस्थितिमा भारतले नेपाललाई सहयोग गर्दै आएको भन्दै उनले आभार व्यक्त गरे।

उनले नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई स्वागत गर्दै नेपालमा स्थापना हुने आईआईटीमा भारतीय विद्यार्थीले पनि अध्ययन गर्ने वातावरण बनाउनुपर्ने बताए।

त्यस्तै, दुवै देशका सहरबिच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा उनले जोड दिए। नेपाल र भारतको साझा समृद्धिका लागि संयुक्त दृष्टिकोणपत्र र संयुक्त प्रेस विज्ञप्तिमार्फत उपलब्धि सार्वजनिक गरिने उनले बताए।

सम्बोधनको पूर्णपाठ हेर्नुस्
भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीज्यू,
का छन्।
हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्छ; युवाका हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ; विद्यार्थीका सपनामा नयाँ सम्भावनाका रूपमा विस्तार हुनुपर्छ र उद्यमीले नयाँ बजार, लगानी तथा व्यावसायिक विस्तारका अवसरका रूपमा अनुभूत गर्न पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ।
 भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीज्यू,
आदरणीय मित्रहरू,
नमस्कार।
भगवान् श्री पशुपतिनाथ, माता जानकी तथा करुणामय मत्स्येन्द्रनाथको आशीर्वाद एवम् नेपाली जनताको स्नेह, प्रेम अनि सद्भाव भारत र यहाँका आत्मीय जनताहरूको लागि लिएर भारतको राजकीय भ्रमणमा आएको छु।
यस हार्दिक निमन्त्रणा तथा न्यानो आतिथ्यताका लागि म महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु। पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल-भारत सम्बन्धको मूल आधारशिला हो। अतुलनीय यस सम्बन्धको केन्द्रमा हाम्रा दुई देशका जनताहरू रहेका छन्।
नेपाल र भारतबिचको सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल छ। यो यस्तो आत्मीय निकटता हो, जसलाई शब्दको सीमिततामा बाँध्न सकिँदैन। एक विश्वसनीय छिमेकीका रूपमा भारतले हरेक प्राकृतिक विपद् र कठिन घडीमा अग्रपङ्क्तिमा रहेर सहयोग गर्दै आएकोमा म भारत सरकार र जनताप्रति कृतज्ञता व्यक्त गर्दछु।
भर्खरै हाम्रो प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न भएको छ। शताब्दीऔँ पुरानो ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र युगसापेक्ष बनाउने उद्देश्यसहित हामीले द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षमा गहन, सार्थक र दूरगामी छलफल गरेका छौं। यस क्रममा नेपाल-भारत सहकार्यका विविध क्षेत्रमा महत्त्वपूर्ण समझदारी तथा पूर्वाधारहरूको उद्घाटन एवं शिलान्यास समेत सम्पन्न भएका छन्।
हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्छ; युवाका हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ; विद्यार्थीका सपनामा नयाँ सम्भावनाका रूपमा विस्तार हुनुपर्छ र उद्यमीले नयाँ बजार, लगानी तथा व्यावसायिक विस्तारका अवसरका रूपमा अनुभूत गर्न पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ।
मित्रहरू,
यी ऐतिहासिक उपलब्धिहरूले नेपाल-भारत सम्बन्धलाई नवीन उचाइमा पुर्‍याउने कुरामा म पूर्ण विश्वस्त छु। आजको आवश्यकता भनेको यही चिरस्थायी सम्बन्धको सुदृढ जगमा उभिएर भविष्यका लागि बलिया स्तम्भहरू निर्माण गर्नु हो।
स्वच्छ जलका स्रोत हाम्रा हिमालयहरूले यस क्षेत्रका करोडौँ जनतालाई जीवन दिइरहेका छन्। हिमालयबाट बगेर गङ्गामा मिसिने निर्मल नदीहरूले हाम्रो भविष्य र गन्तव्यको स्मरण गराउँदै जलवायु परिवर्तनका चुनौतीलाई सहकार्यमार्फत सम्बोधन गर्नुपर्ने आवश्यकता उजागर गर्दछन्।
नेपाल र भारतबिचको सम्बन्ध भगवान् श्रीराम र माता जानकीको पावन युगदेखि नै ऐतिहासिक, सांस्कृतिक र सभ्यताको आधारमा गाँसिएको छ। आज हामीले यस सम्बन्धलाई थप जीवन्त बनाउन रेल सेवाको शुभारम्भ गरेका छौं।
हाम्रा पूर्खाले स्थापित गरेको यस बलियो ऐतिहासिक जगलाई आधार बनाएर आपसी विश्वास, सहकार्य र साझा समृद्धिमार्फत नेपाल-भारत सम्बन्धलाई नयाँ युगको आवश्यकता अनुरूप रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्ने एवं हाम्रा नवयुवापुस्ताका लागि सम्भावनाको ढोका खोल्ने असाधारण जिम्मेवारी आज समयले हामीलाई सुम्पेको छ।
मित्रहरू,
यही अवसरमा हाम्रो साझा आर्थिक समुन्नतिमा साझेदारीका निम्ति भारतीय लगानीकर्ताहरूलाई नेपालमा हार्दिक स्वागत गर्दछौं। आगामी दिनमा, भारतीय विद्यार्थीहरू नेपालमा स्थापना हुने 'आईआईटी' मा अध्ययन गर्न आउने वातावरण बनाउनुका साथै नागरिकको सहज आवागमनका लागि दुवै देशका सहरबिच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्ने दिशामा हामी अघि बढ्नुपर्छ।
हाम्रा दुई मुलुकको समृद्ध भविष्यको लागि मिलेर काम गर्न हामीले 'Joint Vision Document' एवम् हाम्रा साझा उपलब्धिहरू 'Joint Press Release' मार्फत यहाँहरू समक्ष प्रस्तुत गर्दैछौं।
यस महत्त्वपूर्ण अवसरमा महामहिम श्री नरेन्द्र मोदीज्यूलाई सम्पूर्ण नेपाली जनताको तर्फबाट नेपाल भ्रमणको लागि हार्दिक निमन्त्रणा दिन चाहन्छु। साथै, मित्रराष्ट्र भारतका आत्मीय जनतालाई हिमालयको काखमा अवस्थित मुक्तिनाथ, भगवान् श्री पशुपतिनाथ, तराईको समथर भूमिमा रहेकी माता जानकी, जीवित देवी कुमारी एवं शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल नेपालको भ्रमणका लागि हार्दिक निमन्त्रणा दिन चाहन्छु।
नेपाल र भारतबिचको मित्रता यस्तो होस्, जहाँ विश्वास हिमालझैँ अग्लो होस्, सहकार्य नदीझैँ अविरल बहोस् र दुवै राष्ट्रको समृद्धि हाम्रो साझा आकाशमुनि फक्रियोस्।
हामी सबैको जय होस्।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
५१ मिनेट अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस