कर्णालीमा एमाले प्रतिनिधि छनोट सम्पन्न
१८ मंसिर २०८२
•
३ मिनेट पाठ
कर्णालीमा एमाले प्रतिनिधि छनोट सम्पन्न
नेकपा (एमाले)ले आगामी ११औँ राष्ट्रिय महाधिवेशनका लागि कर्णाली प्रदेशमा प्रतिनिधि छनोट प्रक्रिया सकिएको जनाएको छ।




प्रदेशका १० जिल्लाबाट जम्मा ९७ जना प्रतिनिधि चयन भएका छन्। चयन भएका प्रतिनिधिमध्ये अधिकांश अध्यक्ष केपी शर्मा ओली पक्षधर रहेको एमाले स्रोतले जनाएको छ। जुम्लामा खुलातर्फ शान्तिलाल महत र देवीलाल थापा, महिलातर्फ शान्ता शाही र मेनका पछाई, दलिततर्फ रामबहादुर नेपाली र युवातर्फ धिरज जैसी सर्वसम्मत प्रतिनिधि बनेका छन्।

कालीकोटमा जिल्ला अध्यक्ष तुलाराज मल्लसहित पूर्वअध्यक्ष कुर्मराज शाही, दयाराम सिम्खडा र तपेन्द्रजंग शाही प्रतिनिधि चयन भए। महिलातर्फ सुभद्रा सिंह र जलसा बुढा, दलिततर्फ ब्यासी तिरुवा र शोभा नेपाली तथा युवातर्फ टेकबहादुर बोगटी प्रतिनिधि बने। मुगुमा खुलातर्फ जितबहादुर मल्ल र डिल्लिप्रसाद भट्ट, महिलातर्फ छिरिङ पुटी र कविता गिरी, दलिततर्फ दानसिंह परिवार र युवातर्फ जयबहादुर नेपाली प्रतिनिधि बने।

हुम्लामा खुलातर्फ ज्ञामी बुमी र लोकबहादुर हमाल, महिलातर्फ प्रतिमा लामा र विमला कुमारी शाही, दलिततर्फ पर्वत सुनार र युवातर्फ तिर्थराज बोहरा चयन भए। डोल्पामा खुलातर्फ शेरबहादुर बुढा, नन्दसिंह बुढा, विश्वचन्द्र डसाल र धावा सम्दुक गुरुङ, महिलातर्फ जुनी बुढा र चन्द्राकुमारी बुढा, दलिततर्फ गोपाल विक र युवातर्फ लंकबहादुर रोकाया सर्वसम्मत चयन भए।

सुर्खेत र दैलेखबाट सबैभन्दा बढी २०/२० जना प्रतिनिधि चयन भएका छन्। सुर्खेत-१ बाट खुलातर्फ खड्कबहादुर खत्री, मानबहादुर खत्री, टीकाराम सोमै र कबिन्द्रकुमार केसी चयन भए भने महिलातर्फ तुल्सी शर्मा र बिमला खड्लुक तथा युवातर्फ पूर्णबहादुर थापा प्रतिनिधि बने। सुर्खेत-२ मा खुलातर्फ कुलमणि देवकोटा, मोहनसिंह बडुवाल, डम्बर तिवारी, पूर्णप्रसाद पौडेल र भीमबहादुर रावत चयन भए। त्यस्तै महिलातर्फ टीका अधिकारी, निर्मला राना र टीका घले गुरुङ, युवातर्फ प्रेम खड्का तथा दलिततर्फ राजु नेपाली, सुशीला विश्वकर्मा, गंगाराम सुनार र कर्णबहादुर नेपाली प्रतिनिधि बने।सल्यानमा खुलातर्फ भीमबहादुर सेन, ओजबहादुर बुढाथोकी, लालबहादुर रावत र घनश्याम शर्मा प्रतिनिधि बने। महिलातर्फ पुष्पाकुमारी बुढाथोकी र सनसिल्ला वली (डीसी), युवातर्फ गणेशमान सिंह र दलिततर्फ भिउसेन नेपाली चयन भए।रुकुम पश्चिममा मात्र निर्वाचनमार्फत प्रतिनिधि चयन भएको प्रदेश कमिटीले जनाएको छ। 

खुलातर्फ नन्दराम देवकोटा र दिनेश चन्द, महिलातर्फ कौशिला केसी र हिमकुमारी केसी, युवातर्फ प्रकाश खड्का र दलिततर्फ शशीराम नेपाली विजयी भए।जाजरकोटमा सर्वसम्मत रूपमा लालबहादुर महतारा, करविर शाही, नगेन्द्रकुमार शाही, नारायण घर्ती र प्रेमबहादुर शाही खुलातर्फ चयन भए। महिलातर्फ तारा शाक्य, कुमारी थापा र सुनिता बोहरा तथा युवातर्फ विश्वविक्रम शाह प्रतिनिधि बने।

दैलेखमा क्षेत्र १ बाट खुलातर्फ रबिन्द्रराज शर्मा, प्रेमबहादुर थापा, नैनसिंह खत्री र हिमालयजंग शाह; महिलातर्फ तप्ता थापा, खगिसरा विसी र लक्ष्मी कार्की, युवातर्फ जनकप्रसाद न्यौपाने प्रतिनिधि बने। क्षेत्र २ मा खुलातर्फ सूर्यबहादुर शाही, रुद्रबहादुर शाही, धीरबहादुर शाही र तिलकप्रसाद रिजाल तथा महिलातर्फ विष्णु थापा, कल्पनाकुमारी थापा र नन्दाकुमारी आचार्य; युवातर्फ सुशीलकुमार थापा चयन भए। समावेशी कोटाबाट पार्वती बिसुन्के, ससिराम विक र गमता विक प्रतिनिधि बने।

कर्णालीमा प्रतिनिधि छनोट प्रक्रियामा अध्यक्ष ओली पक्षको स्पष्ट वर्चस्व देखिएको एमाले नेताहरू बताउँछन्। ओली पक्षभित्र पनि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र स्थायी कमिटी सदस्य गोरख बोगटी नेतृत्वमा दुई धार रहेको उल्लेख गरिएको छ। यी दुईबीच तीव्र प्रतिस्पर्धा रहेपनि प्रतिनिधि छनोटमा कँडेल समूह बलियो देखिएको नेताहरूको दाबी छ।

एमाले कर्णाली प्रदेश कमिटीकी उपसचिव पद्मा खड्काका अनुसार रुकुमपश्चिम बाहेक अन्य नौ जिल्लामा सर्वसम्मत रूपमा प्रतिनिधि चयन प्रक्रिया सम्पन्न भएको हो।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस